२०८३ बैशाख २८

स्वास्थ्य

‘मधुमेहमा पनि आँप खान हुन्छ, तर मात्रा जान्नुपर्छ’

‘मधुमेहमा पनि आँप खान हुन्छ, तर मात्रा जान्नुपर्छ’

स्वास्थ्य
काठमाडौं । मधुमेहका बिरामीले यो खान हुँदैन, त्यो खान हुँदैन हामीले धेरै सुन्दै आएका छौं । गुलियो त मधुमेहको बिरामीका लागि मन्द विष नै हो यो पनि हामीले सुनेका छौं । यस्तोमा गुलियो फलफूल पनि मधुमेहको बिरामीको लागि हानिकारक हुन सक्ला । तर डाक्टरहरुले फलफूल त स्वास्थ्यको लागि एकदमै राम्रो भनिरहेका हुन्छन् । अहिले आँपको सिजन चलिरहेको छ । जुन गुलियो फलफूलमा पर्छ । आँप गुलियो हुने र अन्य फलफूलको तुलनामा यसमा बढी सुगर हुने भएकाले मधुमेहको बिरामीले आँप खानु हुन्छ कि हुँदैन ? खाए कति मात्रामा खानुपर्छ ? यिनै विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी : मधुमेहको रोगीले आँप खानुहुन्छ कि हुँदैन ? मधुमेहको रोगीले आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको ब्लड सुगर लेभल हो । ब्लड सुगर ४०० छ भने त्यस्ता व्...
बालबालिकालाई भिडियो गेमको लतबाट कसरी जोगाउने ?

बालबालिकालाई भिडियो गेमको लतबाट कसरी जोगाउने ?

स्वास्थ्य
प्रविधिको विकास र  विस्तारसँगै मोबाइलमा बालबालिकाको पहुँच बढेको छ । अहिले अधिकांश बालबालिकाले मोबाइलमा विभिन्न किसिमका भिडियो गेम खेल्ने गर्छन् । गेमप्रति उनीहरुको लत नै लागेको छ । बालबालिका भिडियोका गेमका लागि मोबाइलमा घण्टौं घोत्लिने गरेका छन् । यति मात्रै होइन, कतिपय बालबालिकाले खेलकै लागि आपराधिक क्रियाकलाप समेत गर्ने गरेको भेटिएको छ । यसरी बालबालिकालाई भिडियो गेमले गाँजिरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई कसरी यसबाट टाढा राख्ने भन्ने विषयमा अभिभावकले सोच्न जरुरी छ । लामो समयसम्म बालबालिका मोबाइलमा घोत्लिंदा उनीहरुलाई हानी गर्ने त छँदैछ, अभिभावकलाई समेत तनाव हुन्छ । बालबालिका मोबाइलमा हिंस्रक गेम किन खेल्छन् ? बालबालिकामा नयाँ नयाँ भिडियो गेम खेल्ने चाहना हुन्छ । जसमा उमेर र पारिवारिक माहोलले महत्वपूर्ण भूमिका खेल्छ । उनीहरु नयाँ नयाँ गेम खेलेर आफू जि...
ठूला अस्पतालले धमाधम बन्द गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम

ठूला अस्पतालले धमाधम बन्द गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम

स्वास्थ्य
५ असार, काठमाडौं । सरकारले भुक्तानी नदिएपछि ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार सूचिकृत स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेका छन् । यसबाट बिमित नागरिक सेवाबाट वञ्चित हुनेछन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ । स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर भुक्तानी नपाएपछि धुलिखेल अस्पताल, राप्ती आँखा अस्पताल, राणा अम्बिका आँखा अस्पताल (भैरहवा)ले बीमा बोर्डलाई पत्र पठाएर सेवा बन्द गर्ने बताएको छ । बिरामीको भिडभाड हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले शुक...
रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

स्वास्थ्य
खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् । रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ । यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ । सुन्तला सुन्तलाले रिस कम गर्न मद्दत गर्दछ । यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ । यसका साथै यसले शरीरमा हाइड्रेसन गर्छ र यसको स्वादले रिस भुल्न मद्दत गर्छ । हरियो सागसब्जी हरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका ला...
तौल घटाउँदा शरीर कुपोषण भएजस्तो होइन, झरिलो-भरिलो हुनुपर्छ

तौल घटाउँदा शरीर कुपोषण भएजस्तो होइन, झरिलो-भरिलो हुनुपर्छ

स्वास्थ्य
बजारमा मोटोपन घटाउने सूत्र बिक्री हुन्छ । ‘१५ दिनमा यति केजी तौल घटाउने’ भन्दै गरिने प्रचारमा मान्छे झुम्मिएका छन् । यसको स्पष्ट संकेत हो, मानिसहरु मोटोपनबाट हैरान छन् । मोटोपन कसरी घटाउने ? कसरी तौल नियन्त्रण गर्ने ? मान्छेले यसमा अनेक तौरतरिका अपनाउने गरेका छन् । कोही ‘बोसो पगाल्ने’ उपकरणको सहारा खोजिरहेका छन्, कोही ‘फास्टिङ’ बसिरहेका छन् । कतिले शारीरिक व्यायामबाट त कतिले विभिन्न औषधिबाट मोटोपन नियन्त्रणको उपाय खोजिरहेका छन् । मान्छेहरु अन्धाधुन्ध मोटोपन घटाउनतर्फ लाग्छन् । हामी देख्न सक्छौं, मोटोपन घट्यो भनेर सामाजिक सञ्जालमा फोटो राखिरहेका हुन्छन् । उनीहरु दुब्लो त देखिन्छन्, तर रुपरंग नै उडेको देखिन्छ । अनुहार एवं छालाको चमक हराएको हुन्छ । किन यस्तो हुन्छ ? अन्धाधुन्ध खानपान छाडेर वा कडा व्यायाम गरेर मोटोपन घटाउँदा त्यसले अपेक्षित नतिजा त दिंदैन नै, ...
वैज्ञानिक भन्छन्- मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो

वैज्ञानिक भन्छन्- मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो

समाचार, स्वास्थ्य
साशा रोथ । उनी औषधिको प्रयोगबाट मलाशयको क्यान्सर निको भएको पहिलो बिरामी हुन् । २६ जेठ, काठमाडौं । किमो र रेडिएसन विना मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लगाएको वैज्ञानिकहरुले बताएका छन् । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार हालसालै मलाशयको क्यान्सरबाट पीडित केही बिरामीलाई डस्टरलिमाब (Dostarlimab) नामक औषधिको क्लिनिकल परीक्षण गरिएको थियो । यो उपचारबाट केवल ६ महिनामा क्यान्सर पूर्णरूपमा निको भएको पाइएको रिपोर्टमा उल्लेख छ । यो उपचार अहिले परीक्षणको अवधिमै रहेकाले आम नागरिकका लागि कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने प्रस्ट छैन । यो औषधि अनलाइन बजारमा भने उपलब्ध छ । यो औषधिको एक मात्राको मूल्य ११ हजार डलर पर्छ । भविष्यमा यसको उत्पादन बढेपछि मूल्यमा गिरावट हुने अपेक्षा गरिएको छ । अहिलेका लागि यो औषधि केवल मलाशयमा हुने क्यान्सरका लागि मात्र प्रयोग गरिएको छ । ...
स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा पेस हुने 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा पेस हुने 

समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । योसँगै औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस हुने भएको छ ।  त्यस्तै, मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश २०७९ पनि स्वीकृत गर्ने आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।  ...
सिटामोल वितरणको विशेष प्रबन्ध मिलाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

सिटामोल वितरणको विशेष प्रबन्ध मिलाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

देश, समाचार, स्वास्थ्य
काठमाडौँ — सर्वोच्च अदालतले सिटामोललगायतका औषधिको सहज वितरणको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । Advertisement न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुलुकभरका अस्पताल तथा औषधि पसलमा पर्याप्त मात्रामा सिटामोल/प्यारासिटामोलको व्यवस्था मिलाउन र त्यसबारेको प्रतिवेदन ल्याएर छलफलमा आउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश शर्माको इजलासले सविया तामाङ, टिकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै जारी गरेको अन्तरिम आदेश जारी गरेको हो । 'हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल/प्यारासिटामोल देशभरीका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन ...
१६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

१६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

देश, समाचार, स्वास्थ्य
काठमाडौं । कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । Advertisement कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ  । भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ । सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ । ...
जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

राजनीति, स्वास्थ्य
सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ । Advertisement जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमन टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट, सपिङ मल लगायत सार्वजनिक सवारी साधनमा समेत अनुगमन गरेको छ।  अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएकाले बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए। ‘नियमित रूपमा बजार अनुगमन गर्ने, यातायातका साधनहरु अनुग...