२०८१ बैशाख २१

छात्रालाई होटलमा लगेर परीक्षा लिने शिक्षक जेल चलान

पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् ।

गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।


Advertisement


छात्रालाई होटलमा लगेर परीक्षा लिएको सार्वजनिक भएपछि माघ ५ गते अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालय प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको थियो । 

शिक्षक पक्राउ पछि प्रहरीले आवश्यक अनुसन्धान गरी तीनै जना बिरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । 

सो मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बस्ताकोटालाई थप अनुसन्धानका लागि कारागारमा राख्ने आदेश गरेको अदालतका सूचना अधिकारी नील प्रसाद पनेरुले जानकारी दिए ।

अदालतले परीक्षा अमर्यादित बनाएको आरोप लागेका अन्यलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । शिक्षक बस्ताकोटीले अदालती बयानमा आफूमाथिको आरोप झुटो भएको बयान दिएका थिए । उनले विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनु पर्ने बताएको बयान दिएका थिए ।

अदालतले परीक्षा अमर्यादित बनाएको अभियोगको मुद्दामा शिक्षक बस्ताकोटी र सहायक केन्द्राध्यक्ष रेग्मीसँग जनही ७५।७५ हजार धरौटीमाग गरेको छ । त्यसैगरी प्रधानाध्यापक तिवारीसँग ५० हजार र विद्यार्थीसँग ५० हजार धरौटी मागेको छ । 

शिक्षक बस्ताकोटीबाहेक अरु तीन धरौटी तिरेर छुटेका छन् । अदालतले उनीहरुलाई अनुसन्धानका क्रममा ठहरे बमोजिम थप कारवाही हुने गरी धरौटी मागेको हो । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap