२०८१ जेष्ठ १

नेपाली शिक्षा क्षेत्रको सबै भन्दा भब्य स्वागत कार्यक्रम मनास्लु वल्र्ड कलेज द्वारा सम्पन्न

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो ।

कलेजले स्थापनाको पहिलो वर्ष कक्ष ११ मा अध्ययनरत पहिलो व्याचका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।

चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनीकरण आवश्यकता रहेको बताउँदै पुरानो पाठ्यक्रम अनुसार पढाउनाले विद्यार्थी पछाडि पर्ने बताए । कार्यक्रममा मन्त्री श्रेष्ठले विद्यार्थीहरूले राजनीतिमा पनि चासो राख्नु पर्ने बताउँदै विद्यार्थीहरुले राजनीतिमा चासो नराख्नले नै आजको नेपालको राजनीतिक भविष्य नरहेको बताए । उनले भने, ‘विद्यार्थीहरूले राजनितीलाई नकारात्मक रूपमा हेर्ने गरेकाले नै आजको नेपालको राजनितीक भविष्य उज्वल नरहेको हो ।’ श्रेष्ठले कोरोनाले पारेको असरबाट अहिले शिक्षा क्षेत्र बिस्तारै बाहिर निस्कन खोजेको पनि बताए ।

कलेजका अध्यक्ष गेन्द्र लामाले कलेज शिक्षा क्षेत्रमा केही नयाँ सोचका साथ शुरु गरिएको र विद्यार्थी भर्ना मात्र नभएर असल विद्यार्थी उत्पादन कलेजको मुख्य उदेश्य रहेको बताए । लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको पनि कार्यक्रमा जानकारी दिए । उनले विभिन्न खेलका करिब ५५ खेलाडीलाई मनास्लुले प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको पनि बताए ।


Advertisement


स्वागत कार्यकममा कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले कलेजको बारेमा जानकारी गराउँदै कलेज कोभिडकै समयमा स्थापना भएको र स्थापनाका लागि धेरै मिहेनत र खटाइ परेको बताए । उनले भने, ‘मिहेनतकै नतिजा स्वरूप हामीले पहिलो वर्षमा नै धेरै विद्यार्थी भर्ना गर्न सफल भयौं ।’

कार्यक्रममा दक्षिण एशियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णधारी मण्डेकाजी श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले २०७६ साल मंसिरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका थिए । सागको एकै संस्करणमा कराँतेमा दुई स्वर्ण जित्ने मन्डे एकमात्रै खेलाडी हुन् । कार्यक्रमा सञ्चारकर्मी ऋषि धमला, युवा सामाजिक अभियन्ता शिशिर भण्डारी र राजेन्द्र लुइँटेललाई पनि सम्मान गरिएको थियो ।

कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, राष्ट्रिय कलाकार प्रकाश सपुत, एलिना चौहान लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap