२०८१ जेष्ठ २

मध्यपश्चिमाञ्चल विश्वविद्यालमा पुनःपरीक्षा नगराउन उच्च अदालतको अन्तरिम आदेश

सुर्खेत । निकै विवादित बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गतको प्रवेश परीक्षा पुनः नगराउन उच्च अदालत सुर्खेतले अन्तरिक आदेश दिएको छ ।  कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ गतेसम्म प्रवेश परीक्षा लिएको थियो ।


Advertisement


यद्यपि, परीक्षा विवादित भएपछि  नतिजा नै रद्द गरेको थियो । असन्तुष्ट विद्यार्थीको माग अनुसार  चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा तोकेको थियो ।

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । विद्यार्थीहरुको माग अनुसार नै उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap