२०८१ बैशाख १३

आर्थिक

सरकारले पर्यटकीय क्षेत्र खोल्ने तयारी

सरकारले पर्यटकीय क्षेत्र खोल्ने तयारी

आर्थिक, देश, समाचार
काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ । यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको भने मन्त्र...

रुपन्देहीमा थप एक संक्रमितको मृत्यु

आर्थिक
१, कात्तिक, बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । Advertisement असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको श्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । मृतकमा कुनै दीर्घ रोग नरहेको डा. गौतमले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोेना संक्रमितको मृत्यु हुने संख्या ४८ पुगेको छ । Credit: OnlineKhabar ...
AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
AIT (Asian Institute of Technology) को PMBF (Professional Masters in Banking and Finance) ले आयोजना गर्न लागेको "सातौं सिइओ टक" मा नबिल बैंकका कार्यकारी प्रमुख अनिल केशरी शाह निमन्तृत भएका छन्। उक्त कार्यक्रम भोलि असाेज २९ गते दिउँसो १:४५ बजे (नेपाली समय) zoom webinar मार्फत हुँदैछ। Advertisement कार्यक्रम को उप शीर्षक "How NABIL future-proofed itself" भएका ले सिइओ शाह ले भविष्य लाई ध्यान मा राखी आफ्नो र नबिल बैंक को कार्य योजना विस्तृत रूप मा सुनाउने छन्। उक्त कार्यक्रम बैंकिङ क्षेत्रमा आबद्ध सम्पूर्ण का लागि प्रभावकारी भएका ले इच्छुक व्यक्ति यस लिंक बाट रजिष्ट्रेशन गर्न सक्नेछन्। https://zoom.us/webinar/register/WN_skZf4HIkS5ewQsbklipa5Q ...
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

आर्थिक, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ । Advertisement अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको बताए । ...
प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

आर्थिक, देश, समाचार, सामाजिक
साभार: रातोपाटी २ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख  कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको हो । घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो । प्रहरीले छेकेपछि कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको उनको भनाइ छ । प्रहरीले उनलाई केहीबेरपछि प्रहरी भ्यानमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगेको थियो । त्यहाँ पुगेलगत्तै गुप्ता निर्घात कुटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो र उनलाई प्रह...
अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

आर्थिक, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए। 'अब अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,' उनले भने। Advertisement यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्को १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन...
संक्रमित स्वास्थ्यकर्मीले नै गर्छन् कोरोनाका बिरामीको उपचार

संक्रमित स्वास्थ्यकर्मीले नै गर्छन् कोरोनाका बिरामीको उपचार

आर्थिक, देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १२ भदौ, काठमाडौं । काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा कोरोना संक्रमित बिरामीको उपचार गर्न कोरोना संक्रमित स्वास्थ्यकर्मी नै खटिएका छन् । लक्षण नदेखिएका ९ जना कोरोना संक्रमित बिरामीको उपचार गर्न अस्पतालमा कार्यरत ९ जना कोरोना संक्रमित स्वास्थ्यकर्मी खटिएका हुन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार संक्रमित बिरामीलाई उपचार गर्न स्वास्थ्यकर्मीको अभाव हुने देखिएपछि त्यसो गरिएको हो । उनका अनुसार यसरी उपचार गराउन जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रे, स्वास्थ्य मन्त्रालय र बिरामीको समेत स्वीकृति लिइएको छ । Advertisement ‘बिरामीमा पनि लक्षण छैन, हामीमा पनि लक्षण छैन । उपचार गर्न मिल्ने कि नमिल्ने भनेर मन्त्रालयसँग सल्लाह माग्दा लक्षणविहीनले सुरक्षा सतर्कता अपनाएर मिल्छ भन्ने आयो’ डा. ढकालले भने, ‘त्यसैल...
धेरै शाखा खोलेरै भए पनि बैंकमा भीडभाड हुन नदिनु : राष्ट्र बैंक

धेरै शाखा खोलेरै भए पनि बैंकमा भीडभाड हुन नदिनु : राष्ट्र बैंक

अर्थतन्त्र, आर्थिक, बैँक/ बीमा
साभार: रातोपाटी काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैंकहरुमा भीडभाड निकै देखिएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘त्यही भएर हामीले धेरै शाखा खोल्नुस्, भर भीडभाड हुन नदिनुस् भनेका हौं’ उनले भने ।  Advertisement राष्ट्र बैंकले सुरुमा प्रतिबैं ८ वटा शाखा खोल्न अनुमति दिएको भए पनि प्रशासनको अवरोधपछि बैंकहरुले एउटा बैंकका ४ वटा शाखा मात्रै खोल्नेगरी सहमति गरेका थिए । राष्ट्र बैंकले अहिले ५० भन्दा बढी कर्मचारी नबढ्ने गरी सम्भव भएसम्म धेरै शाखा खोल्न भनेको छ । राष्ट्र ...
Facebook founder sees wealth hit $100bn after TikTok rival launch

Facebook founder sees wealth hit $100bn after TikTok rival launch

आर्थिक
Facebook founder Mark Zuckerberg has seen his personal wealth rise to $100bn (£76bn) after the launch of a new short-form video feature. Founder and CEO of US online social media and social networking service Facebook Mark Zuckerberg reacts upon his arrival for a meeting with European Commission vice-president in charge for Values and Transparency, in Brussels, on February 17, 2020. (Photo by Kenzo TRIBOUILLARD / AFP) (Photo by KENZO TRIBOUILLARD/AFP via Getty Images) On Wednesday, Facebook announced the US rollout of Instagram Reels, its rival to controversial Chinese app TikTok. Facebook shares rose by more than 6% on Thursday. Mr Zuckerberg holds a 13% stake in the company. He joins Amazon founder Jeff Bezos and Microsoft’s Bill Gates in the exclusive so-called 'Centibillio...
लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

आर्थिक
२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो । गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ थियो । अहिले यो संख्या १ हजार ५ सय ५२ पुगेको छ । त्यसमा पनि पछिल्लो समय ट्राभल हिस्ट्री नभएका र स्रोत फेला नपरेका संक्रमित बढिरहेका छन् । प्रहरी कर्मचारीलाई कोराना संक्रमण देखिइसकेपछि थुनामुक्त भएका १ जना व्यक्तिको सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । थुनामुक्त भएका व्यक्तिका परिवारमा ४ जना र उनका साथी ४ जनामा कोरोना संक्रमण देखिएको हो । स्याङ्जामा ४१ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । प्रहरी हिरासतबाट थुनामुक्त भएका व्यक...