२०८० चैत्र १६

मौद्रिक नीति साउनको पहिलो साताभित्र आउने

नेपाल राष्ट्र बैङ्कले आगामी साउन ७ गतेभित्र आर्थिक वर्ष २०७८÷०७९ को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । कोरोना प्रभावित अर्थतन्त्र उकास्न तथा बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याइने केन्द्रिय बैङ्कले जनाएको छ । मौद्रिक नीतिका  लागि सरोकारवालासँग राय सुझाव समेत माग गरेको छ । केन्द्रिय बैङ्कले आफ्नो अनुसन्धान विभागमा इमेलमार्फत् सुझाव पठाउन भनिरहेको छ । हालसम्म प्राप्त भएको अधिकांश सुझाव सहुलियत माग मै केन्द्रित रहेको राष्ट्र बैङ्कले जनाएको छ


Advertisement


नेपाल राष्ट्र बैङ्कले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । राष्ट्र बैङ्कले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्दै वित्तीय स्थायित्व कायम राख्नु मौद्रिक नीतिको प्राथमिकता रहन्छ ।

सरकारले बजेट मार्फत शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म दिने बजेटमार्फत घोषणा गरिसकेको छ । यो विषय सम्भवत मौद्रिक नीति मार्फत कार्यान्वयनमा ल्याइने छ । यस्तै सहुलियत पूर्ण कर्जा, प्रभावितहरुको अवस्था मध्यनजर गर्दै बैङ्कको किस्ता तिर्ने समयावधि थप लगायतमा विषय मौद्रिक नीतिका लागि छलफल गरिरहेको केन्द्रिय बैङ्कले जनाएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap