उद्योग परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण
नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्यतथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिन्डर हस्तान्तरण गरेको छ ।
Advertisement
यसैगरी परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।
स्वास्थ्य मन्...






