२०८१ बैशाख १८

आर्थिक

पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

अन्तर्वार्ता, आर्थिक
२४ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले दिएको जानकारी अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ । चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए । यसैगरी वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय पु...
स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण

स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण

आर्थिक
२० साउन, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो । यहीबीचमा केही प्रहरीमा रुघाखोकी जस्तो लक्षण देखिए । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अनुसन्धान सकेर तास खेलेको आरोपमा पक्राउ परेका सबैलाई छाडियो । उनीहरु घर फर्किए । थप प्रहरी संक्रमित भएको पाइयो । जब उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी भयो, केही दिन प्रहरी थुनामा बसेर घर गएका उनीहरु पनि परीक्षणको दायरामा आए । मंगलबार थुनुमुक्त भएका एक जनासहित उनकोे सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा थुनामुक्त भएकै व्यक्तिसहित परिवारकै ४ जना छन् भने बाँकी ४ जना सम्पर्कमा आएका उनका साथीहरु रहेको स्वास्थ्य ...
सवारी साधनमा फेरि जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

सवारी साधनमा फेरि जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

अन्तर्वार्ता, आर्थिक
२१ साउन, काठमाडौं । सरकारले भोलि (विहीबार)देखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता  सहसचिव चक्रबहादुर बुढाले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला  र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर-विजोर लागू हुनेछ । जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए । उनले भने, ‘कसैले भनसुन नगर्नु होला, सरकारको निर्णय कडाइका साथ ट्राफिक प्रहरीले लागू गराउँछ ।’ सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति द...
डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

अन्तर्वार्ता, आर्थिक, स्वास्थ्य
२३ साउन, काठमाडौं। अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ । यो त आफैंमा अजिब छ ।’ उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’ उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन् । कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिन...