२०८१ बैशाख ४

सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु




काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियान सुरु गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरे अभियानको सुरुवात गरेका हुन् ।


Advertisement


सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा खुशी लागेको भन्दै साहले नगदरहित समाज आजको आवश्यकता भएको बताए ।



सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले डिजीटल ईको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुई मत नभएको बताए ।

Copy link
Powered by Social Snap