चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै
‘ग्लोबल मनी विक–२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ ।
युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो ।
सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ ।
नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् ।
युवामा वित्तीय ज्ञान र सीपमार्फत व्यावहारिकरूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिने ...









