२०८१ बैशाख ८

आर्थिक

इलामको चुनावमा पहिलो पटक दुईतिर फर्किएका खनाल र नेम्वाङ

इलामको चुनावमा पहिलो पटक दुईतिर फर्किएका खनाल र नेम्वाङ

आर्थिक, राजनीति
स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेत सँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ पहिलो पटक इलाममा फरक दलबाट यसपटकको चुनावी परीक्षामा होमिँदैछन्।  इलाम-१ बाट चुनाव लड्दै आएका खनाल यसपटक नेकपा (एकीकृत समाजवादी)का तर्फबाट चुनावी प्रतिष्पर्धामा जाने तयारी गरिरहँदा नेम्वाङ पनि आफ्नो पुरानो क्षेत्र इलाम-२ मा नेकपा (एमाले)बाट चुनाव लड्दैछन्।  यसअघिका अधिकांश चुनावमा सजिलो गणितको सहारामा चुनाव लड्दै आएका यी दुबै हेभिवेट नेता आगामी चुनावमा त्यति सजिलो हिसाबको सुविधामा छैनन्। २०५६ बाहेकका सबै चुनावमा विजेता बनेका खनालले यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनका दलको मत सुरक्षित पार्नुपर्ने चुनौती छ भने अहिलेसम्म लडेकामध्ये कुनै चुनाव नहारेका नेम्वाङलाई गठबन्धनसँग रहेको बलियो गणितको चुनौती छ। सत्तारूढ ...
आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: अर्थमन्त्री शर्मा

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: अर्थमन्त्री शर्मा

अर्थतन्त्र, आर्थिक
अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन्। नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौं जिल्ला सम्मेलनमा आज उनले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताए।  अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, ‘अब देश चलाउन भन्सारको राजश्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्छ।’ अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उनको भनाइ थियो।  देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँ-गाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरूरी रहेको उनले बताए। उनले भने,‘श्रमयोग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमा नै श्रम गर्न प्रेरित गर्नुपर्छ।’ उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उनले उत्पादनका क्षेत्रमा लगानी बढाउन राज्य तयार रहेको बताए। निजी,...
नेपालमा कोमाकी डिटी ३००० सार्वजनिक, फुल चार्जमा १६० किलोमिटर माइलेज दिने

नेपालमा कोमाकी डिटी ३००० सार्वजनिक, फुल चार्जमा १६० किलोमिटर माइलेज दिने

अर्थतन्त्र, आर्थिक, कभर स्टोरी
यतिबेला नेपाली बजारमा दर्जन बढी अटो कम्पनीहरू विद्युतीय सवारी साधन भित्र्याउँदै छन्। विद्युतीय सवारीप्रति ग्राहकहरूको आकर्षण पनि बढ्दो छ।   नेपाली बजारमा पाइने विभिन्न ब्रान्डमध्ये कोमकीका स्कुटरले पनि राम्रो स्थान पाइरहेको छ। कम्पनीले हाल दर्जन बढी मोडलको स्कुटर तथा विद्युतीय सवारी साधन बजारमा उपलब्ध गराउँदै छ। नेपालका लागि कोमाकी विद्युतीय स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्रालि हो।  कम्पनीले हालै बजारमा डिटी ३००० बजारमा सार्वजनिक गरेको छ। भारतीय बजारमा यो स्कुटर गत जेठमा सार्वनिक भएको हो। कम्पनीले डिटी ३००० हाइ स्पीड सेग्मेन्टअन्तर्गत सार्वजनिक गरेको हो। यसमा ६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ।  यो स्कुटरलाई जम्मा ४ देखि ५ घण्टामा पूरा चार्ज गर्न सकिन्छ। यसमा जडित ब्याट्रीले एक पटकको पूर...
उद्योगले भरिए भैरहवा र सिमरा सेज, के–के छन् सुविधा?

उद्योगले भरिए भैरहवा र सिमरा सेज, के–के छन् सुविधा?

अर्थतन्त्र, आर्थिक
भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आएको छ। दुवै सेजका सबै प्लट उद्योगले भरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए।  'अहिले दुवै सेजको प्लट सबै अकुपाई भइसक्यो,' उनले भने, 'एक वर्ष भित्रमा उनीहरूले उत्पादन सुरू गर्छन्।' ५२ विगाह क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा ६९ वटा प्लट छन्। जसमा १० अर्ब २१ करोड रूपैयाँ लगानीको ३२ वटा उद्योग सञ्चालन हुने भएका छन्।  यस सेजमा एउटा प्लट ६ हजारदेखि १२ हजार वर्ग मिटरका छन्।  ती उद्योगले कुल ११ अर्ब रूपैयाँ बरारबरको निर्यात गर्ने जनाएको प्राधिकरणका कार्यकारी निर्देशक भट्टले जानकारी दिए। त्यसमध्ये भाडा–वर्तनका लागि २० करोड रुपैयाँ वैदेशिक लगानी आएको छ।  सेजमा सञ्चालित उद्योगले तीन हजारभन्दा बढीलाई रोजगारी दिने बताइएको छ।  ...
कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

आर्थिक, कर्पोरेट
२३ साउन, काठमाडौं । अनियमित ढंगले करको दर हेरफेर प्रकरणमा ‘फेस सेभ’ गर्न अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयबाट सुटुक्क बाहिरिए । त्यही प्रकरणमा मुछिएका राजस्व सचिव कृष्णहरि पुष्कर  कर्ण भने मन्त्रालयभित्रै अर्को चौका दाउ हेर्दैछन् । करको दर हेरफेरको विषय भएकाले यो प्रकरणमा मरासिनीमाथि जति नैतिक प्रश्नहरू थिए, उस्तै प्रश्नबाट घेरिएका व्यक्ति हुन्, पुष्कर पनि । तर, सरकारले कत्ति पनि अप्ठ्यारो नमानी १९ साउनको मन्त्रिपरिषद् बैठकबाट तिनै पुष्करलाई तत्कालका लागि भन्दै अर्थसचिवको जिम्मेवारी सुम्पिएको छ । यसअघि नै नैतिक प्रश्नहरूमा कमजोर साबित भइसकेका उनी यतिमै चित्त बुझाउनेमा छैनन् । उनले जसरी पनि अर्थसचिवमा कायम रहने ‘लबिइङ’ बढाएको मन्त्रालय स्रोत बताउँछ । स्रोतका अनुसार, अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्वहाली पुष्करको लागि वरदान सावित हुने अवस्था छ । त्यसका लागि हालसाल...
काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक

काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक

अर्थतन्त्र, आर्थिक
२२ साउन, जुम्ला। जुम्लामा उत्पादन हुने जुम्ली अर्ग्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् । काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्ग्यानिक जिल्लाको पहिचान सङ्कटमा पर्ने भएकाले ढिलोमा भदौ दोस्रो सातादेखि सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरिएको जिल्लाका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । पातारासीले तीजलाई लक्षित गर्दै भदौ ८ गतेदेखि स्याउ टिप्ने र अनुकूलताअनुसार बिक्री गर्ने पालिकास्तरीय निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । भदौ ८ गतेअघि जोसुकै किसानले स्याउ टिपेको भेटिए...

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

आर्थिक
२१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको साइकल खरिद अनियमिततामा मुख्यमन्त्री र प्रमुख सचिवहरुलाई उन्मुक्ति दिएर प्रदेश सचिव (सहसचिव) सहितका कर्मचारीलाई मात्रै भ्रष्टाचार मुद्दा दायर गरेको खुलेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरिदको निर्णयमा कागजी रुपमा प्रत्यक्ष संलग्न नभएकाले मुख्यमन्त्री लालबाबु राउत जोगिएका छन् भने मातहतका कर्मचारीलाई अधिकार प्रत्यायोजन गरेको भरमा तीनजना प्रदेश प्रमुख सचिव (निजामती सेवाका सचिव) भ्रष्टाचारको आरोपबाट उम्किएका छन् । अख्तियारले प्रदेश सचिव (निजामती सेवाका सहसचिव) यामप्रसाद भूसालसहित केही कर्मचारी र सप्लायर्सलाई मात्रै १० करोड ३३ लाख रुपैंया विगो मागदावी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । तर भूसालभन्दा माथि रहेका मुख्यमन्त्री र प्रदेश सचिवहरु निर्णय प्रक्रियामा संलग्न भएपनि भ्रष्टाचारको आ...
इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !

इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !

अर्थतन्त्र, आर्थिक
१९ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार साँझ ढुवानी रोक्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो । बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा वृद्धिका लागि गरेको आग्रह निगमले अस्वीकार गरेपछि आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष खगेश्वर बोहराले बताए । आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले १६ साउनदेखि हवाई इन्धनको अग्रिम ढुवानी पीडीओ (अग्रिम खरिद अनुमति) नलिने, २० गतेदेखि सबै खाले इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र २१ गतेदेखि देशैभरको पेट्रोलियम ढुवानी रोक्ने उल्लेख थियो । माग सम्बोधनका लागि दुई दिनको मात्रै सीमा दिएर घोषणा भएको आन्दोलन दोस्रो दिनमै व्यवसायीले फिर्ता लिए । निगम सञ्चालक समितिका एक सदस्य व्यवसायीले उक्साहटमा आन्दोलन घोषणा गरेको बताए । ‘बढेको मूल्यका कारण आर्थिक रुपल...
आयात कस्दा भन्सार महसुलमा धक्का, आन्तरिक आय पनि कमजोर

आयात कस्दा भन्सार महसुलमा धक्का, आन्तरिक आय पनि कमजोर

अर्थतन्त्र, आर्थिक
१६ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा राजस्व र अन्य प्राप्तिबाट ११ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ संकलनको लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म संकलन भने ११ खर्ब १६ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको भएको छ । सो वर्ष सरकारले प्राप्त हुने भनि अनुमान गरेको आयको मात्र ९४.५६ प्रतिशत उपलब्धि हो । लक्ष्य अनुसार सरकारले आय गर्न नसक्नुमा आर्थिक वर्षको अन्तिम चौमासमा विलासिताका वस्तुको आयातमा गरिएको कडिकडाउको प्रभाव हो । त्यसो त आन्तरिक राजस्व समेत लक्ष्य अनुसार उठ्न सकेन । आयकर समेत कमजोर हुँदा समग्रमा सरकारको आय प्रभावित बनेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । सरकारले गत आवमा २ खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ बराबर भन्सार महसुल संकलन हुने अनुमान गरेको थियो । आर्थिक वर्षको अन्त्यमा २ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ मात्र संकलन भएको छ...
फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

अर्थतन्त्र, आर्थिक
१२ साउन, काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्ववाला मातृ कम्पनी मेटाले इतिहासमै पहिलोपटक विज्ञापनबाट हुने आम्दानीमा गिरावट बेहोरेको छ । सन् २०२२ को मे देखि जुलाई सम्मको त्रैमासिक अवधिमा मेटाको विज्ञापन बिक्रिबाट हुने आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । मेटाको विज्ञापन बिक्रिमा भएको गिरावट इतिहासमै पहिलोपटक भएको बताइएको छ । यो त्रैमासिक अवधिमा मेटाको कूल आम्दानीमा १ प्रतिशत गिरावट आएर २८ अर्ब ८० करोड डलर कायम भएको छ । जुन महिनामा औषतमा हरेक दिन १ अर्ब ९७ करोड मानिसले फेसबुक लगइन गरेका छन् । मार्च महिनामा यो संख्या १ अर्ब ९६ करोड थियो । त्यस्तै मेटा कम्पनीका कुनै एउटा एप प्रयोग गर्ने दैनिक प्रयोगकर्ताको संख्या जुन महिनामा २ अर्ब ८८ करोड पुगेको रिपोर्टमा उल्लेख छ । मार्च महिनामा यो संख्या २ अर्...