२०८१ बैशाख १४

अर्थतन्त्र

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढेको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले जानकारी दिनुभयो । “यही असारभित्रै हामीले एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका युवाहरूको सक्रियता र लगानीमा चिस्यान केन्द्र निर्माणको काम तीव्रगतिमा अघि बढेको हो ।” वैदेशिक रोजगारीमा गएर स्वेदश फिर्ता भएका तीन सय २५ युवाहरूले शीतभण्डारमा लगानी गरेका छन् । गण्ड...
संसदमा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ : सांसद यादवको

संसदमा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ : सांसद यादवको

अर्थतन्त्र
सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । “जेठ १५ गते बजेट पेस भयो, हामी बजेटमाथि छलफल गरिरहेका छौँ, सांसदले उठाएका विषय बजेटमा समेटिँदैनन् भन्ने कुरा आइरहेको छ”, उहाँले भन्नुभयो, “बजेट परिमार्जन गर्न नहुने तर वर्षभरि रकमान्तर एवं करका दर हेरफेर गर्ने विसङ्गत अभ्यासलाई अब परिवर्तन गर्नुपर्छ ।” सरकारको नीति तथा कार्यक्रम एवं बजेट तर्जुमाको कार्यतालिका परिवर्तन गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । “माघको अन्तिम साता सरकारको नीति ...
बजेटको प्रभावकारी कार्यान्वयन जरुरी : थापा

बजेटको प्रभावकारी कार्यान्वयन जरुरी : थापा

अर्थतन्त्र
सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उहाँले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले बजेटको आकार ठूलो छ भन्ने वास्तविकतालाई स्वीकार गरी कार्यान्वयनमा गएको खण्डमा परिणाम निस्कनेमा विश्वास व्यक्त गर्नुभयो । “बजेटको आकार ठूलो छ, यो वास्तविक छैन यसलाई ख्याल गरे कार्यान्वयन गरेर परिणाम निकाल्न सक्नुपर्छ”, उहाँले भन्नुभयो “बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन अवास्तविक छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ ।” सांसद थापाले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाइ जनतामा द...
साइलेज उद्योग सञ्चालनमा

साइलेज उद्योग सञ्चालनमा

अर्थतन्त्र, समाचार
दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायक मानिन्छ । साइलेजलाई मेसिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गरिन्छ । गाई भैँसीका लागि साइलेज पौष्टिक आहार हो । उद्योगमा भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०÷५० प्रतिशत लगानी छ । कूल रु ४२ लाख ३५ हजार लागतमा स्थापना भएको सो उद्योगको बुधबार भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले उद्घाटन गर्नुभयो । उहाँले साइलेज उद्योग स्थापनाले यस क्षेत्रका किसानले लाभ प्राप्त ग...
विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ

विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ

अर्थतन्त्र
नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को पहिलो सत्र ‘वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानी’मा बोल्ने विज्ञले सरकारले लगानी भित्र्याउनका लागि नीतिगत सुधारका साथै सरकारको सकारात्मक धारणा बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले नेपालमा लगानी ल्याउनका लागि आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै नेपालमा लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्र मुद्रास्फीतिलगायतका समस्याका बाबजुद पनि स्थिर रहेको अर्थतन्त्रमा कैयन समस्या ह...
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

अर्थतन्त्र
अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाउनु भएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताउनुभएको हो । उहाँले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसदहरुले महत्वपूर्ण सुझाव दिनुभएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाउनुभएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो– “आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुनेछ, वैदेशिक सहायता कम भएको सन्द...
बजेट निर्माणमा दुई पूर्वअर्थमन्त्रीको सुझाव

बजेट निर्माणमा दुई पूर्वअर्थमन्त्रीको सुझाव

अर्थतन्त्र
काठमाडौँ, २५ वैशाख (रासस) : सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि अहिले सङ्घीय संसद्मा यस विषयमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको बर्खे अधिवेशनको आइतबार भएको पहिलो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आव २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्नुभएको उक्त प्रस्तावउपर सदनमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि लगातार तीन दिनसम्म छलफलका लागि समय निर्धारण गर्नुभएको छ । जसअनुरुप आजको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुभएको हो । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद एवं पू...
अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत

अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत

अर्थतन्त्र
अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिनुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताउनुभएको हो । “अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन । यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ । त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।” अर्थतन्त्र सुधारका लागि सबै दल मिल...
विदेश निर्यात हुने पानीको गुणस्तर पारित

विदेश निर्यात हुने पानीको गुणस्तर पारित

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले पारित गरेको हो । विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागका प्रवक्ता ज्योती जोशी भट्टले जानकारी दिनुभयो । विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ । विभागका महानिर्देशक दीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षताम...
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

अर्थतन्त्र, आर्थिक
नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उहाँसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । “उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भन्नुभयो, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ, त्यसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरुको चासो छ ।” छलफलका क्र...