१० लाख पर्यटक भित्र्याएको वर्ष २०२३, सरकारी लक्ष्यभन्दा बढी आगमन
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ। एक वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या १० लाख नाघेसँगै लक्ष्य पूरा भएको हो।
यसअघि सन् २०१९ मा अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख ९७ हजार १९१ पर्यटक भित्रिएका थिए। कोभिडपछि सन् २०२० मा दुई लाख ३० हजार, सन् २०२१ मा डेढ लाख र २०२२ मा ६ लाख १४ हजार पर्यटक घुम्न आएका थिए।
सन् २०२३ मा भने सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। वर्षभरिमा १० लाख १४ हजार ८७४ पर्यटक घुम्न आएका छन्। पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ०७४ र फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक भित्रिएका छन्। मार्चमा पर्यटकको संख्या बढेर ९९ हजार ४२६ पुगेको थियो।
त्यस्तै अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ पर्यटक आएका छन्। अगष्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार ०१२ पर्य...









