२०८१ बैशाख २५

अर्थतन्त्र

प्रतितोला रु एक हजारले घट्यो सुनको मूल्य

प्रतितोला रु एक हजारले घट्यो सुनको मूल्य

अर्थतन्त्र
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । ...
चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै

चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै

अर्थतन्त्र, आर्थिक
‘ग्लोबल मनी विक–२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ । युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ । नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् । युवामा वित्तीय ज्ञान र सीपमार्फत व्यावहारिकरूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिने ...
प्रतितोला रू छ सयले बढ्यो सुनको मूल्य

प्रतितोला रू छ सयले बढ्यो सुनको मूल्य

अर्थतन्त्र
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख चार हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० वृद्धि भई रू एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । ...
अर्थतन्त्रलाई चलायमान बनाइनुपर्छ : अर्थविद् नेपाल

अर्थतन्त्रलाई चलायमान बनाइनुपर्छ : अर्थविद् नेपाल

अर्थतन्त्र
अर्थविद् डा गोविन्द नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (जेजन) ले आज आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तरक्रियामा उहाँले पाँच वर्ष सरकार सञ्चालन हुनसक्ने परिस्थिति निर्माण भएकाले अर्थतन्त्र गतिशील हुने विश्वास व्यक्त गर्नुभयो । अर्थविद् डा नेपालले विद्यमान आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सुधार गरी विकासको आधार तयार गरेर जनताको आवश्यकता पूर्तिमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रको सूचक राम्रो छैन, लगानी पनि बढेको छैन, सार्वजनिक सेवा पनि सुधारोन्मुख छैन, त्यसैले योजनाबद्ध सुधारका कार्यक्रम ल्याउन जरुरी छ । सेवाप्रवाहलाई नागरिकमैत्री बनाइनुका साथै आत्मनिर्भरता र उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ ।” सेजनका अध्यक्ष जनार्दन बरालले मुलुकको...
कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो

कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो

अर्थतन्त्र
पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् । खेतीसँगै किसानले अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ उत्पादन र निर्यात पनि गर्न थालेका घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाका उच्च भेगमा बस्ने किसानले जङ्गलबाट अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ बनाउन थालेको पाइएपछि उपयुक्त क्षेत्र छनोट गरी तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोसाईले बताउनुभयो । घरेलु कार्यालयले केही दिनअघिदेखि पाथीभरा याङवरक गाउँपालिकाको तिरिङ्गेमा अर्गेलीबाट कागज बनाउन चाहिने कच्चा पदार्थको उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेक...
Nepal exports cement worth approx Rs 170 million in last seven months

Nepal exports cement worth approx Rs 170 million in last seven months

अर्थतन्त्र
Nepal has exported cement worth around Rs 170 million in the last seven months of the current fiscal year. Nepal exported cement and clinker equivalent to Rs 167 million 33 thousand in the last seven months, it is stated in the statistics made public by the Department of Customs. In the seven months' period, clinker worth Rs 106 million 377 thousand and cement worth Rs 60 million 656 thousand was exported.The Department said 151 thousand 158 tonnes clinker and 153 thousand 493 tonnes cement has been exported during the period. Two Nepali cement industries have been exporting Nepali brand cement to India with the government's announcement in the current fiscal year's budget of exception in export. Palpa Cement has been exporting the 'Tansen' brand cement since July 8, 202...
Madhya Bhotekoshi Hydropower Project sees 95 percent completion

Madhya Bhotekoshi Hydropower Project sees 95 percent completion

अर्थतन्त्र, आर्थिक
The 102-megawatts-capacity Madhya Bhotekoshi Hydropower Project has neared its completion. Developed by the Chilime Hydropower Company, a subsidiary of the Nepal Electricity Authority, the run-of-the-river project is under construction at a speedy pace with the aim of completing it in next four months, said the project officer, adding that so far, 95 percent construction work has been completed. Almost all construction work has been over, while remaining work of building walls and other security related infrastructures remains, it has been said. Works like concrete lining in the tunnel, and fitting equipment at turbines, generators and control rooms are underway. It may be noted that the project got a delay due to various problems. Started in 2013 with the completion dea...
आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

अर्थतन्त्र, देश
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताउनुभयो । मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उल्लेख गरिएको उहाँले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्व र विशेषतालाई प्रवद्र्धनका लागि उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त...
सामान्य घट्यो सुनको मूल्य

सामान्य घट्यो सुनको मूल्य

अर्थतन्त्र, आर्थिक
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला रू एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । ...
स्वादका लागि चर्चित बागलुङको आलु

स्वादका लागि चर्चित बागलुङको आलु

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, आर्थिक
बलेवा, १७ फागुन (रासस) ः कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउनुहुन्छ । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ । ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्...