२०८० चैत्र १६

कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

२२ वैशाख, काठमाडौं । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाएर मात्रै दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न भनिएको छ । भाइजरसहितको हेलमेट लगाउनेले भने फेससिल्ड लगाउनु पर्नेछैन ।


Advertisement


कोरोना संक्रमण बढेपछि कञ्चनपुरमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा अवधिमा प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न खरिद बिक्री गर्न पाइन्छ ।

उपभोग्य सामग्री खरिद गर्न जाँदा फेसशिल्ड, मास्क र ग्लोब्सको प्रयोग नगरी अटेर गर्नेलाई कानूनबमोजिम कारवाही गरिनेसमेत कञ्चनपुर प्रशासनले चेतावनी दिएको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap