२०८१ जेष्ठ ४

कर्पोरेट

गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि

गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार, स्वास्थ्य
एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् ।  सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका छन् ।  Advertisement फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे । फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे...
भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित

भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित

अर्थतन्त्र, कर्पोरेट, देश, विदेश / एन.आर.एन, समाचार
भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् । मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुरका कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेका छन् । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ । Advertisement भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारत...
रिचार्जर एप ‘बेस्ट ई-कमर्स प्लाटफोर्म’ पुरस्कार बाट सम्मानित : ११००० नेपाली युवाको भोटको परिणाम

रिचार्जर एप ‘बेस्ट ई-कमर्स प्लाटफोर्म’ पुरस्कार बाट सम्मानित : ११००० नेपाली युवाको भोटको परिणाम

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, नेपाली ब्रान्ड
नेपालको पहिलो पंक्तिमा पर्ने ई-कमर्स रिचार्जर एप 'बेस्ट ई-कमर्स प्लाटफोर्म' पुरस्कार बाट पुरस्कृत भएको छ। युवा जनमानसको बीचमा रही काम गर्दै आएको अग्रणी संस्था 'अलाइ फर टीनस इन्टरनेशनल' ले अनलाइन माध्यम बाट ४ ई- कमर्स कम्पनीहरुका बीच प्रतिस्पर्धा आयोजना गरेको थियो। चार कम्पनीमा दराज, सस्तो डिल, दरबारमाट र रिचार्जर रहेका थिए। उक्त प्रतिस्पर्धाका ११०५३ कुल भोट मा ५१% भन्दा बढी भोट रीचार्जर एपले पाई विजेता रहेको प्रतिस्पर्धा निरीक्षक एलाई फर टीन इन्टरनेशनलका प्रबंधक मंजिल लामा बताउँछन्। अलाई फर टीन इन्टरनेशनलका संस्थापक तथा प्यारेन्ट कम्पनी ' ए.एफ.टी.आई कर्पोरेशन ' का सिइओ श्रद्धेश आचार्य भन्छन, ' बिजेता अन्तिम दिन सम्म निश्चित थिएन। म बेला बेला मंजिल सरलाई सोध्थे : कसले जित्न सक्छ ? उनको अन्तिम दिन सम्म उत्तर आउँथ्यो ," निश्चित छैन सर जी! निक्कै रमाइलो छ।" आचार्...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार नाफा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो । Advertisement नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ । मट्टितेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा छ । साभार: रातोपाटी ...
कञ्चनपुरका चिनी मिललाई उखु अभाव

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
३ फागुन, कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ । दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन । उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए । ‘किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ’, उनले भने, ‘नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।’ विश्वका सबैभन्दा उन्नत उखु...
स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा दैनिक ३०० भन्दा बढी किसान स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि आउने गरेका छन् । हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ ।  हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नं ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ । “नगरपालिकाले निर्माण गरेका सेड अलि अग्ला छन्, यसलाई व्यवस्थित गर्न आवश्यक छ”, टीकापुर–४ अस्नेहरीका राजेश चौधरीले भने, “हाटबजारमा घरमा उत्पादन भएको तरकारी ल्याएर बिक्री गर्न सहज भएको छ । थोरै बारीमा खेती गरेका किसानले आफूलाई बढी भएको तरकारीसमेत बिक्री गर्न सजिलो भएको छ ।” Advertisement टीकापुर–१ वनगाउँ दक्षिणपुरुवाकी जुग्रीदेवी चौधरीले चार कठ्ठा जग्गामा तरकारी खेती गरेमा वर्षभरि हाटबजारमा तरकारी बिक्री गरेर गुजारा चल...
सीमावर्ती बजारका व्यापारी पलायन हुँदै

सीमावर्ती बजारका व्यापारी पलायन हुँदै

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।   झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उनको भनाइ छ । उनले भने, “नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।” Advertisement झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमाव...
सुन र चाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुन र चाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  Advertisement महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।   यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको हो । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  साभार: रातोपाटी ...
सुनचाँदी व्यवसाय धरासायी हुने कागारमा

सुनचाँदी व्यवसाय धरासायी हुने कागारमा

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । सुनचाँदी व्यवसायीहरुले कोभिड–१९ का कारण लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । सुनचाँदी व्यवसायलाई सरकारबाट कुनैपनि राहतका कार्यक्रम नआएको, बैंकको किस्ता तथा ब्याज तिर्न समस्या भएको र घरभाडा बुझाउन समस्या भएको र यही अवस्था रहेमा धरासायी हुने अवस्थामा पुग्ने बताएका छन् । Advertisement यस्तै लकडाउन खुलेपछि पनि सुनको भाउमा उच्च वृद्धि हुँदा व्यापार कम भएकाले समस्या उत्पन्न भएको बताएका छन् । हामीले शुक्रबार सुनचाँदी व्यवसायी महासंघको आठौं महाधिवेसन तथा तेस्रो साधारणसभामा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं आएका सुनचाँदी व्यवसायीहरुलाई कोभिडको कारण सुनचाँदी व्यवसायमा कस्तो प्रभाव परेको छ भनेर सोधेका छौं । साभार: रातोपाटी ...
Reecharger app ले ल्यायोे मोटोरोला को उत्कृष्ट दुई स्मार्ट फोन

Reecharger app ले ल्यायोे मोटोरोला को उत्कृष्ट दुई स्मार्ट फोन

अर्थतन्त्र, कर्पोरेट, देश, नेपाली ब्रान्ड, समाचार
नेपाली ई कमर्स एप ' रीचार्जर एप ' ले नेपाल मा मोटोरोला को कम्बाक गराएको छ। मोटोरोला को मोटो ई ७ प्लस र मोटो जी ९ प्ले नामक स्मार्टफोन रिचार्ज एप ले ग्राहक हरु का लागि उपलब्ध गराएको छ। Advertisement उक्त स्मार्टफोन अर्डर गर्न का लागि रिचार्जर एप डाउनलोड गरी अडर गर्न सक्नु हुने छ। APP LINK :Reecharger - Get 100% CASH POINT उक्त फोनहरु को विस्तृत जानकारी यस भिडियो लिंक मा : https://fb.watch/2yxkzWYBmU/ ...