२०८१ बैशाख ११

बैँक/ बीमा

नेप्सेमा थप ५.२४ अंकको गिरावट

नेप्सेमा थप ५.२४ अंकको गिरावट

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार थप ५.२४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको हो ।  गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३ विन्दुमा अड्किएको थियो ।  Advertisement नेप्सेका अनुसार यस दिन कुल २२० कम्पनीका एक करोड एक लाख ३५ हजार २०९ कित्ता सेयर ४६ हजार ३१० पटक किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँको मात्र कारोबार भएको छ । यो गत सोमबारको तुलनामा करिब ३० करोडले कमी हो ।  यस दिन बैंकिङ्ग, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स तथा म्यानु एण्ड प्रो समूह चम्किदा अन्य सबै समूह ऋणात्मक (नेगेटिभ) हुन पुगेका छन् ।  साभार: रातोपाटी ...
सञ्चय कोषको बचत सामाजिक सुरक्षामा सारिने डरले जागिर छाड्दै बैंकका पुराना कर्मचारी

सञ्चय कोषको बचत सामाजिक सुरक्षामा सारिने डरले जागिर छाड्दै बैंकका पुराना कर्मचारी

अर्थतन्त्र, बैँक/ बीमा
सामाजिक सुरक्षा कोषको त्रासले बैंकका पुराना कर्मचारीहरू जागिर छाड्न थालेका छन्। केहीले जागिर छाडिसकेका छन् भने केही छाड्ने तरखरमा छन्। नबिल बैंक मानव संशाधन व्यवस्थापन प्रमुख रोशन कोइरालाका अनुसार बैंकमा आवद्ध करिब आधा दर्जन पुराना कर्मचारीले राजीनामा दिइसकेका छन्।  'सञ्चय कोषमा भएको आफ्नो रकम सामाजिक सुरक्षा कोषमा सार्नुपर्ने डरले उहाँहरूले राजीनामा दिनुभएको हुन सक्छ,' कोइरालाले भने। एभरेष्ट बैंकबाट पनि केही कर्मचारीले राजीनामा दिएको निकट स्रोतले जनाएको छ। Advertisement 'पुराना केही कर्मचारीले राजीनामा दिनुभएको छ। अरू खास कारण होइन, सञ्चय कोषमा भएको रकम झिकेर आफैंले सुरक्षित राख्न खोज्नुभएको हो। सामाजिक सुरक्षा कोषमा त्यो रकम सारिने हो कि भन्ने डर उहाँहरूमा देखियो,' स्रोतले भन्यो। अरू केही बैंकमा पनि यस्तै अवस्था छ। लामो अवधिसम्म काम गरेको क...
‘शैक्षिक प्रमाणपत्र देखाउँदैमा २५ लाख ऋण पाइँदैन’

‘शैक्षिक प्रमाणपत्र देखाउँदैमा २५ लाख ऋण पाइँदैन’

बैँक/ बीमा, शिक्षा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमणपत्र (सर्टिफिकेट) देखाउँदैमा २५ लाख कर्जा नपाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘बजेट कार्यान्वन चुनौति’ विषयक कार्यक्रममा गभर्नर अधिकारीले उक्तयुक्त र विश्वसनीय व्यावसायिक योजना भएमा त्यसको अध्यन गरेर आवश्यक कर्जा पाउने बताए । गभर्नर अधिकारीले विभिन्न अनुगमले व्याज अनुदानमा गएका ३/४ प्रतिशत  कर्जाको गलत प्रयोग भएको पाइएको बताए । “राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको अनुगमन पनि गर्छ भने पहिले सहुलियतपूर्ण कर्जाको यकिन गरेर मात्रै ब्याज अनुदान दिने हो, त्यसको लागि डेपुटी गभर्नरको अध्यक्षतमा विभिन्न मन्त्रालयका अधिकारीको एउटा संयन्त्र बनेको छ,” गभर्नर अधिकारीले भने,“ब्याज अनुदानको सहुलियतपूर्ण कर्जाको गलत प्रयोग गर्नेलाई कारवाही हुन्छ र त्यसको विवरण पनि सार्वजनिक हुन्छ ।” ...
हिमालयन र इन्भेष्टमेन्ट जोडेका पृथ्वी भन्छन्- ८ वटा बैंक भए पुग्छ, आयकर घटाउनुपर्छ

हिमालयन र इन्भेष्टमेन्ट जोडेका पृथ्वी भन्छन्- ८ वटा बैंक भए पुग्छ, आयकर घटाउनुपर्छ

बैँक/ बीमा
दुई ठूला बैंक हिमालयन र इन्भेष्टमेन्ट केही महिनामै एक हुँदैछन्। हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकका नाममा सञ्चालन गर्ने गरी यी दुई बैंकबीच एकीकरण सम्झौता भइसकेको छ। अहिले सम्पत्ति र दायित्वको भित्री मूल्यांकन (डिडिए) लगायत कार्य जारी छ। हिमालयन र इन्भेष्टमेन्ट बैंक एकीकरणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन्, पृथ्वीबहादुर पाँडे। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे हिमालयन बैंकका संस्थापक तथा सञ्चालक समितिका सल्लाहकार हिमालयशमशेर राणाका ज्वाइँ हुन्। तीन दशकअघि हिमालयन बैंक स्थापनामा पनि पाँडेले भूमिका खेलेका थिए। त्यति बेला बैंक खोल्न भनेर उनले राष्ट्र बैंकको जागिर छाडेका थिए। बैंक स्थापनासम्बन्धी फाइल दरबारमै अड्किएका बेला २०४६ को जनआन्दोलन भयो। ‘प्रजातन्त्र पुनर्स्थापनापछि फेरि फाइल बनाएर स्वीकृति लिन अर्थ मन्त्रालय र राष्ट्र बैंक ...
अब बैंकहरूले अत्यावश्यक ५ सेवा मात्रै दिने, सकभर बैंक नआउन सुझाव

अब बैंकहरूले अत्यावश्यक ५ सेवा मात्रै दिने, सकभर बैंक नआउन सुझाव

बैँक/ बीमा
निषेधाज्ञाको अवधिमा पनि उपत्यकाका बैंकहरुमा सर्वसाधारणको भीड बढ्न थालेपछि बैंकहरुले अत्यावश्यक ५ सेवा मात्रै दिने भएका छन्। नेपाल बैंकर्स एसोसिएसनको बैठकले अत्यावश्यक ५ सेवा मात्रै दिने निर्णय गरेको हो। जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक/आइपिएस/आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै प्रदान हुने भएको छ।  संघले अत्यावश्यकबाहेक साधारण कार्यका लागि अहिले बैंकमा नआउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।   संघले विज्ञप्तिमार्फत भनेको छ ‘नेपाल सरकारले अत्यावश्क अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्नुहुन अनुरोध गर्दछौं।’ Advertisement डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै...
ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
२ माघ, काठमाडौं । ऋण लगानीमा ‘क’ वर्गका (वाणिज्य) बैंक भन्दा ‘ख’ वर्गका (विकास) बैंक आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकको मर्जरको नीतिपछि विकास बैंकहरुको संख्या निरन्तर घट्दो क्रममा छन् । पछिल्लो एक वर्षकै अवधिमा पनि विकास बैंकहरुको संख्या १९ मा झरेको छ । धेरै विकास बैंकहरु विलय भए पनि सञ्चालनमा रहेकाले कारोबार विस्तारमा भने आक्रामक उपस्थिति देखाएका छन् । Advertisement नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा चालु आर्थिक वर्षको मंसिर मसान्तमा विकास बैंकहरुले कर्जा लगानी ९ प्रतिशतले बढाएका छन् । जुन वाणिज्य बैंकहरु भन्दा बढी हो । कोरोनाले निकै अप्ठेरो अवस्था सिर्जना हुँदा पनि वाणिज्य बैंक भन्दा तुलनात्मक हिसाबले विकास बैंकले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्त...
युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

युवा विकास सहकारीमा श्रद्धेश आचार्यको “शेयर होल्डर”का रूपमा इन्ट्री

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
ए‌.यफ.टि.आई कर्पोरेशन का सिइओ , यस.वाईयम नेटवर्क का अध्यक्ष तथा युवा उद्यमी श्रद्धेश आचार्य हालै काठमाडौं को बहु प्रतिष्ठित सहकारी संस्था "युवा विकास बहुउद्दे्यीय सहकारी" का प्रमोटर शेयर धनी का रूप मा आबद्ध भएका छन्। युवा विकास सहकारीका अध्यक्ष किसान राई (अलाईव ग्लाइडर) संग आचार्यको लामो समय देखि को सुमधुर सम्बन्ध छ। अलाईव को रीचर्जर याप नामक ई कमर्स साइट को प्रवर्धन आचार्य अन्तर्गत को एक कम्पनी ले गर्न थालेपछि भाइचारा अझ बढेको जनाइन्छ। उक्त सम्बन्ध लाई सहकारी मा नी सुमधुर बनाउन दुबै अग्रसर देखिन्छन्। आचार्य र ग्लाइडर का तस्बिर हामी संग को कुरा मा श्रद्धेश भन्छन "आई लभ सहकारी! मेरो बुवा ले १४ वर्ष अगाडि वीरगन्ज मा एउटा सहकारी स्थापना गर्नु भएको थियो। त्यति खेर म बालक नै थिए तर सहकारी सञ्चालन को शैली देखेर रोचक लाग्थ्यो।" Advertisement ...
बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे

बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे

अर्थतन्त्र, आर्थिक, देश, बैँक/ बीमा, समाचार
सेवाग्राहीलाई चाहिएको बेला रकम झिक्न सजिलो होस् भनेर बैंक तथा वित्तीय संस्थाहरुले ठाउँठाउँमा एटीएम बुथ राखेका हुन्छन् । तर, सोही एटीएम बुथको सेवा प्रभावकारी हुन नसक्दा पछिल्लो समय सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आउन थालेको छ । एटीएममा पैसा झिक्न जाँदा कहिले पैसा हुँदैन त कहिले बिग्रेको अवस्थामा भेटिन्छ । बिग्रेको एटीएम पनि लामो समयसम्म बनेको पाइँदैन । अन्तरबैंकिङ एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था भएसँगै बैंकहरुले एमीएमबाट दिने सुविध पनि प्रभावकारी नबनाएका हुन् । जुनसुकै एटीएम बुथबाट जुनसुकै बैंकको एटीएम कार्ड राखेर पैसा निकाल्दा शुल्क नलाग्ने भएपछि केही बैंकहरुका एटीएमको सेवा प्रवाहमा समस्या भएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था सँगै बैंकहरुले समेत एटिएएम सेवा प्रवाहमा सुस्तता देखाएका हुन् । ललितपुरको बालकुमारीस्थित नबिल बैंकको एटीएम बिग्रेको लामो समय भय...
AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
AIT (Asian Institute of Technology) को PMBF (Professional Masters in Banking and Finance) ले आयोजना गर्न लागेको "सातौं सिइओ टक" मा नबिल बैंकका कार्यकारी प्रमुख अनिल केशरी शाह निमन्तृत भएका छन्। उक्त कार्यक्रम भोलि असाेज २९ गते दिउँसो १:४५ बजे (नेपाली समय) zoom webinar मार्फत हुँदैछ। Advertisement कार्यक्रम को उप शीर्षक "How NABIL future-proofed itself" भएका ले सिइओ शाह ले भविष्य लाई ध्यान मा राखी आफ्नो र नबिल बैंक को कार्य योजना विस्तृत रूप मा सुनाउने छन्। उक्त कार्यक्रम बैंकिङ क्षेत्रमा आबद्ध सम्पूर्ण का लागि प्रभावकारी भएका ले इच्छुक व्यक्ति यस लिंक बाट रजिष्ट्रेशन गर्न सक्नेछन्। https://zoom.us/webinar/register/WN_skZf4HIkS5ewQsbklipa5Q ...
बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका राजेशबावु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–६ घर भएका राजेशबावुलाई चितवनको रत्ननगरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआइजी सहकुल बहादुर थापाले रातोपाटीलाई बताए ।  उच्च अदालत पाटनले ०७७ जेठ ३० मा श्रेष्ठलाई जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो ।  ०७५ मा राजेशबावुले खातामा पैसा नभएको जानी–जानी दिपा थपलियालाई बैंकको चेक दिए । चेक बाउन्स भएपछि प्रहरीले उनीबिरुद्ध बैंकिङ कसुरको मुद्धा चलाएको थियो ।   Advertisement बैंकिङ कसुर तथा सजया ऐन–०६४ को दफा ३ (ग) अनुसारको कसुरमा दफा १५ (१) बमोजिम सजाय तोकिएका उनलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालतमा पेश गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । ...