२०८२ चैत्र ६

बैँक/ बीमा

कोरोना बीमा दाबीको अन्योता हट्यो, निजी ल्याबको परिक्षण मान्य हुने

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार, स्वास्थ्य
Credit: CLICKMANDU काठमाडौं । कोराना दाबी भुक्तानी सम्बन्धी अन्योलता हटेको छ । बीमा समितिले समितिले निजी ल्याबको कोरोना पोजेटिभ रिपोर्टलाई मान्यता नदिने भनेसँगै यसमा विवाद उत्पन्न भएको थियो । समितिले कोरोना बीमा निर्देशीकामा सरकारी निकायको परिक्षणमा कोरोना पोजेटिभ आएको रिपोर्टमा मात्र दाबी भुक्तानी दिन कम्पनीहरुलाई दिर्नेशन दिएको थियो । यसमा चौतर्फी विरोध नै भएपनि आइतबार बीमा समितिले बीमा कम्पनीका प्रतिनिधी, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल वीमक संघ लगायतका संस्थाहरुका पदाधिकारीहरु समक्ष छलफल गरेको थियो । छलफलपछि स्वास्थ्य मन्त्रालय अन्तर्गत र मन्त्रालयबाट स्वीकृति लिएका सबै ल्याबहरुबाटगरिएको पोजिटिभ पिसिआर परिक्षण रिपोर्टलाई मान्यता बीमा कम्पनीहरुले दिने सहमति भएको छ । सबै ल्याबहरुबाट परिक्षणमा पोजेटिभ आएर परेका दाबीहरुलाई ७ दिन भित्र भुक्तानी...
जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत

जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDU काठमाडौं । बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नै बीमासम्बन्धी लगानी निर्देशिका जारी गरेको थियो । सो पश्चात कम्पनीहरुले तोकिएको सीमा रहेर कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गामा लगानी गर्ने बाटो खुला गरेको थियो । सो अघिसम्म कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा मात्र लगानी गर्न पाउँथे । हाल बीमा कम्पनीहरुले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा लगानी गरेका छन् । नियामक निकायले लगानीको दायरा बढाए पनि बीमा कम्पनीहरुले भने आफ्नो परम्परागत शैलीलाई नै निरन्तरता दिएका छन् । जीवन बीमा कम्पनीहरु गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ लगान...
नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

अर्थतन्त्र, बैँक/ बीमा
Credit: CLICKMANDU काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले डलर अर्बपतिको सूचिमा समावेश गरेका एकमात्र नेपाली व्यवसायी हुन् विनोद चौधरी । चौधरीलाई अर्बपति बनाउन सबैभन्दा ठूलो भूमिका के ले खेल्यो होला भन्ने जिज्ञासा तपाईंको मनमा आउन सक्छ । किनभने उनी फोर्ब्सको अर्बपतिको सूचिमा परेका पहिलो नेपाली व्यवसायी हुन् । जसकारण उनको चर्चा हुन स्वभाविक नै हो । चौधरीलाई अर्बपतिको सूचिमा पुर्याउन मूख्य भूमिका खेल्ने संस्था हो नविल बैंक । चौधरी र उनको परिवारसँग नविल बैंकको ५० प्रतिशत बढी सेयर स्वामित्व छ । अहिले नविल बैंकको बजार पुँजीकरण ८३ अर्ब ७० करोड ८६ रुपैयाँ रहेको छ । जसका आधारमा चौधरीको ४५ अर्ब रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नविल बैंक हो । अब तपाईंको मनमा अर्को प्रश्न उठ्न सक्छ- चौधरीलाई अर्बपति बनाउन ठूलो भूमिका खेल्ने नविल बैंकले सर्वसाधारण लगानीकर्तालाई के...
धेरै शाखा खोलेरै भए पनि बैंकमा भीडभाड हुन नदिनु : राष्ट्र बैंक

धेरै शाखा खोलेरै भए पनि बैंकमा भीडभाड हुन नदिनु : राष्ट्र बैंक

अर्थतन्त्र, आर्थिक, बैँक/ बीमा
साभार: रातोपाटी काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैंकहरुमा भीडभाड निकै देखिएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘त्यही भएर हामीले धेरै शाखा खोल्नुस्, भर भीडभाड हुन नदिनुस् भनेका हौं’ उनले भने ।  Advertisement राष्ट्र बैंकले सुरुमा प्रतिबैं ८ वटा शाखा खोल्न अनुमति दिएको भए पनि प्रशासनको अवरोधपछि बैंकहरुले एउटा बैंकका ४ वटा शाखा मात्रै खोल्नेगरी सहमति गरेका थिए । राष्ट्र बैंकले अहिले ५० भन्दा बढी कर्मचारी नबढ्ने गरी सम्भव भएसम्म धेरै शाखा खोल्न भनेको छ । राष्ट्र ...
ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण

अर्थतन्त्र, कर्पोरेट, बैँक/ बीमा
साभार: रातोपाटी काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।  एक कार्यक्रमका बीच बैंकको गाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालयउ दयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होम प्रसाद खनाललाई उक्त जनचेतनामूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरे ।  Advertisement उक्त कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त  संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए ।  बैंकको ग...