२०८३ कार्तिक १२

Author: Senior Editor Nima

कोसी सरकारविरुद्धको रिट : आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोसी सरकारविरुद्धको रिट : आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।  आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो । रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ । रिटमा पेसी पनि इजलासबाटै तोकिएको एमालेका तर्फबाट कोसी प्रदेशसभा सदस्य रहेका रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । कोसी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका हिक्मत कार्कीले रिट दायर गरेका थिए ।  ...
एमाले लुम्बिनी अधिवेशन : सहमति कि निर्वाचन ?

एमाले लुम्बिनी अधिवेशन : सहमति कि निर्वाचन ?

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्र जारी छ । रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बन्दसत्र भइरहेको छ । नेतृत्व कसरी चयन गर्ने भन्ने टुंगो लागेको छैन । सहमति वा निर्वाचन दुवै विकल्प खुला रहेको एक नेताले बताए । “नेतृत्वबारे सहमतिमा जाने कि चुनाव हुने भन्ने ‘क्लियर पिक्चर’ आइसकेको छैन,” ती केन्द्रीय नेताले भने । प्रदेश अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजाल मुख्य दाबेदार छन् । कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेलनिकट नेता हुन् । रिजाल महासचिव शंकर पोखरेलनिकट मानिन्छन् । बन्दसत्रबाट लुम्बिनीमा २०५ सदस्यीय कमिटी चयन गरिनेछ । शनिबार अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष पौडेल, महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताले सम्बोधन गरेका थिए । ...
सर्वोच्चदेखि जिल्ला अदालतसम्म ९९ न्यायाधीश रिक्त 

सर्वोच्चदेखि जिल्ला अदालतसम्म ९९ न्यायाधीश रिक्त 

देश, राजनीति, समाचार
काठमाडौं । न्यायको सर्वमान्य सिद्धान्तले भन्छ– ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो ।’ सर्वोच्च अदालतमै यतिखेर करिव २८ हजार मुद्दाको चाङ लागेको छ ।  त्यसमा पनि एक वर्ष, दुई वर्ष होइन दश वर्ष भन्दा बढी समय गुजारेका मुद्दा समेत छिनोफानोे हुन सकिरहेको छैन । सर्वोच्च प्रशासनका अनुसार, यो आर्थिक वर्ष सकिँदासम्म दश वर्ष पूरा हुने मुद्दाको संख्या १९४ छ ।  सर्वाेच्च अदालतमै समयमै न्यायाधीश नियुक्त हुन नसक्दा मुद्दाको चाप बढेको हो । यतिखेर सर्वोच्च अदालतमै सात न्यायाधीश पद खालि छ ।  संविधानमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहन्छन् । प्रारम्भिकबाहेक सर्वोच्चमा संयुक्त इजलासबाट मुद्दाको सुनुवाई गर्ने अभ्यास छ । यो अभ्यास हेर्दा पाँच न्यायाधीशको संवैधानिक र तीन न्यायाधीशको पूर्ण तथा पाँच न्यायाधीशको बृहत पूर्ण इजलासबाहेक सामान्य इजलास बस्दा पनि सात वटा मात्र बेञ्च...
तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

राजनीति
काठमाडौं । तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ । बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरूको प्रस्तुति र छलफल हुनेछ । त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुति हुनेछ  । बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा छलफल हुनेछ । ...
मधेस प्रदेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

मधेस प्रदेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिका आठै जिल्लामा आज (आइतबार) विस्तारित बैठक बस्दै छ । पार्टी विस्तार तथा सुदृढिकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको थियो । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ । जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेशकुमार साह, सिरहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मलाकुमारी यादव र जितेन्द्रकुमार यादवले जिम्मेवारी पाएका छन् । त्यस्तै, सर्लाहीमा रामपृत पासवान र नीराकुमारी साह, रौतहटमा रामबाबुकुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिलकु...
कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज

राजनीति
काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज (आइतबार) हुँदै छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो । यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो । कोसी प्रदेशका मुख्...
कूटनीतिक संवादबाटै नक्सा विवाद समाधान गर्न चाहन्छौं: परराष्ट्र मन्त्री साउद

कूटनीतिक संवादबाटै नक्सा विवाद समाधान गर्न चाहन्छौं: परराष्ट्र मन्त्री साउद

राजनीति
परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले कुटनीतिक संवाद गरेर नक्सा विवाद समाधान गर्ने बताएका छन्। ओखलढुंगामा कांग्रेस जिल्ला कार्यसमितिको सभाहलमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साउदले कुटनीतिक संवाद र छलफलबाट नक्सा विवाद समाधान गर्न चाहेको बताए। ‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौं, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कूटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने, ‘सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ।’ नक्सा र सीमा विवाद कुटनीतिक वार्ताबाटै समाधान गरिने उनले बताए। ‘नक्सा संसदबाट पास गरेपछि सम्बन्धित देशहरूमा गयो कि गएन भनेर मन्त्रालयमा बुझ्दा गइसकेको जानकारी पाइएन,’ उनले भने, ‘त्यसबेला जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठा...
महासचिव पोखरेलको नेतृत्वमा एमालेको २२ सदस्यीय टोली चीन प्रस्थान

महासचिव पोखरेलको नेतृत्वमा एमालेको २२ सदस्यीय टोली चीन प्रस्थान

राजनीति
महासचिव शंकर पोखरेलको नेतृत्वमा नेकपा एमालेका २२ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल  नेतृत्वको प्रतिनिधिमण्डल शनिबार बेलुका ९ बजे चीन प्रस्थान गरेको हो। भ्रमण टोलीमा महासचिव पोखरेलसहित  स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु  राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन्। त्यस्तै केन्द्रीय सदस्यहरू रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बड...
एमाले नेता हावा खाइरहेका छन् : माधव नेपाल

एमाले नेता हावा खाइरहेका छन् : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेका एमाले नेता आफैँ सोत्तर भइरहेका र हावा खाइरहेका उनको भनाइ छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको जिकिर गरे । अरू पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झन्डालाई बुलन्द गर्ने काम आफूहरू गरिरहेको उनले बताए । पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको उनले उल्लेख गरे । “कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन, ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन्,” अध्यक्ष नेपालले भने, “तपाईंहरू द...
१६५ निर्वाचन क्षेत्रमा कांग्रेस रूपान्तरण अभियान सञ्चालन गरिँदै

१६५ निर्वाचन क्षेत्रमा कांग्रेस रूपान्तरण अभियान सञ्चालन गरिँदै

राजनीति
काठमाडौं । ‘नेपाली कांग्रेस रूपान्तरण अभियान’लाई निरन्तरता दिने निर्णय गरिएको छ । डा. शेखर कोइरालापक्षीय केही नेताले यो अभियान चलाइरहेका छन् । शनिबार काठमाडौंमा बसेको ती नेताको बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरिएको हो । यही भदौ २४ देखि आउँदो कात्तिक २४ गतेसम्म १६५ निर्वाचन क्षेत्रमा दुईमहिने रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । भदौ २४ गते काभ्रे क्षेत्र नम्बर–२ बाट दुईमहिने अभियानको सुरुआत गरिने एक नेताले जानकारी दिए । ...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125