२०८२ मंसिर २७

Author: Senior Editor Nima

एमाले लुम्बिनीको चुनावः ५ पदाधिकारीमा १५ जनाको उम्मेदवारी

एमाले लुम्बिनीको चुनावः ५ पदाधिकारीमा १५ जनाको उम्मेदवारी

राजनीति
सर्वसम्मत नेतृत्व चयन हुन नसकेको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पदाधिकारीका लागी १५ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा निवर्तमान अध्यक्षसमेत रहेका पाल्पाका राधाकृष्ण कँँडेल र प्युठानका हरि रिजालको उम्मेदवारी परेको छ। कँँडेल र रिजालले आइतबार राति नै उम्मेदवारी दर्ता गरेका थिए भने केही पदाधिकारीका उम्मेदवारले सोमबार बिहान पनि उम्मेदवारी दिएका हुन्। उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै अनुप बराल र बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन्। सचिव पदका लागि दुईजनाको उम्मेदवारी परेको छ। निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार सचिवमा दाङका  लक...
एमालेको लुम्बिनी प्रदेश अधिवेशन: हरि रिजालको उम्मेदवारीविरूद्ध उजुरी

एमालेको लुम्बिनी प्रदेश अधिवेशन: हरि रिजालको उम्मेदवारीविरूद्ध उजुरी

राजनीति
बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षका उम्मेदवार हरि रिजालको उम्मेदवारीमाथि उजुरी परेको छ। पाल्पाका राजु श्रेष्ठले रिजालको सदस्यता लुम्बिनी प्रदेशमा नरहेको भन्दै उम्मेदवारी खारेजीको मागसहित निर्वाचन समितिमा उजुरी दिएका छन्। प्युठानको नौवहिनी गाउँपालिका-६ का रिजालको लुम्बिनी प्रदेशमा पार्टीको संगठित सदस्यता नै नरहेको कुरा बाहिरिएपछि उनको प्रतिनिधित्वमा समेत प्रश्न उठेको थियो।  जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेलसँगै  चुनाव लड्ने तयारी गरेका रिजालको काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको तथा उम्मेदवारी स्वत: खारेज हुने एमाले नेताहरू बताउँछन्।  रिजालले मनोनयन दर्ता गर्दा उल्लेख गरेको पार्टीको संगठित सदस्यता नम्बर १७५१ लुम्बिनी प्रदेशमा रेकर्ड नरहेको प्रदेश कार्यालयले जनाएको छ। लुम्बिनी ...
इजिप्ट गए स्वास्थ्यमन्त्री बस्नेत

इजिप्ट गए स्वास्थ्यमन्त्री बस्नेत

राजनीति
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट गएका छन्। मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट गएका हुन्। विश्व सम्मेलनका क्रममा मन्त्री बस्नेतले इजिप्टको स्वास्थ्यमन्त्रीसँग द्विपक्षीत भेटघाट गर्ने र दक्षिण पूर्वी एशियाका स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्ने सम्भावित कार्यक्रम रहेको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए। मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतीका विषयमा मन्त्रीस्तरीय बैठकमा कुरा राख्ने बताइएको छ। मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा पनि इजिप्ट गएका छन्।  मन्त्री बस्नेत आगामी भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ। ...
एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन

एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन

राजनीति
नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष चुन्न आज निर्वाचन हुँदैछ। प्रदेशको नेतृत्व सहमतिमै टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि दुई बलिया दाबेदार राधाकृष्ण कँडेल र हरी रिजाल दुबैले पछि नहट्ने अडान लिएपछि निर्वाचन हुन लागेको हो। प्रदेशको नेतृत्व चयनका लागि आइतबार रातिदेखि नै निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। आज बिहान १० बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ। अध्यक्षका दुई उम्मेदवार कँडेल र रिजालले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन्। अधिवेशनले लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको जुँगाको लडाइँ सतहमा देखिएको छ। अध्यक्षका उम्मेदवार कँडेल पौडेल निकट हुन् भने रिजाललाई महासचिव पोखरेलको समर्थन छ। त्यहाँ अन्य पदाधिकारीका लागि पनि दुबै पक्षले आ-आफ्नो उम्मेदवार उठाउने आकलन छ।    एमालेको प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार रात...
शीतलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

शीतलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

राजनीति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ । ...
शान्तिप्रक्रिया टुंगोमा नपुर्‍याइँदा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत भयो : कल्याण श्रेष्ठ

शान्तिप्रक्रिया टुंगोमा नपुर्‍याइँदा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत भयो : कल्याण श्रेष्ठ

राजनीति
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्तिप्रक्रिया टुंगोमा नपुर्‍याइँदा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुनेमा उनले जोड दिए । पीडितलाई न्यायका लागि प्रतीक्षा गराउन नहुने उनले बताए । उनले शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको उल्लेख गरे । जतिसुकै जनआन्दोलन भए पनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने उनले बताए । “यो देश हाम्रो शान्तिमय देशको रूपमा संसारको मानचित्रमा बसेको देश हो । केही समय हामी द्वन्द्वपीडित देशमा वर्गीकृत छौँ । विश्व मानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौँ । यो शान्तिप्रक्रिया टुंगोमा नपुगेका कारणले यो चित्र हाम्रो निर...
कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा 

कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा 

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ । कोसी सरकारका मुख्यमन्त्री उद्धव थापासहितलाई विपक्षी बनाउँदै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि आजदेखि नियमित सुनुवाइ हुनेछ । यसअघि, यही भदौ ७ गते ईश्वरप्रसाद खतिवडाको इजलासले कोसी सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको थियो । थापाले प्रदेशसभाबाट विश्वासको मत लिने दिन सभाध्यक्षमण्डलका सदस्य नेपाली कांग्रेसका इस्राइल मन्सुरीले बैठक सञ्चालन गरेका थिए । प्रदेशसभामा मतदान हुँदै थियो । मत सच्याउने अवधि सकिएपछि मन्सुरीले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरे । त्यति बेला उनले माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई सभा सञ्चा...
संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछ : प्रधानमन्त्री

संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछ : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट समाधान हुने विश्वास लिइएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । वर्तमान संसद्सभा सुरु भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उनले उल्लेख गरे । सरोकारवालाले उठाएका केही समस्यालाई समितिले समाधान गर्ने आशा लिइएको उनले बताए । उनले संक्रमणकालीन न्यायको सन्दर्भमा संघर्षको प्रकृति, विषय र लोकतन्त्रको स्थापनासँगै सामाजिक परिवर्तनमा खेलिएको भूमिकाबारे विचार गर्न आवश्यक रहेकामा जोड दिए । संघर्षपछि बनाइएको नयाँ संविधानमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई उपलब्धिका रूपमा चिनाउनु प्रमुख एजेन्डा रहेको उनले बताए । उनले ‘जनयुद्ध’कै कारण आर्थिक, सामाजिक र सांस्कृति...
लुम्बिनी एमालेमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

लुम्बिनी एमालेमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

राजनीति
काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आज बिहान निर्वाचनका लागि उमेदवारी मनोनयनको काम भइरहेको छ ।  १० बजेसम्म उमेदवारी दर्ताको समय छ । “त्यसपछि उमेदवारी फिर्ताको समय दिइनेछ । उमेदवारी फिर्ता नभए निर्वाचन हुन्छ,” निर्वाचन आयोगका सदस्य विष्णु खनालले भने ।  अधिवेशनबाट २०५ सदस्यीय कमिटी चयन हुनेछ । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालले उमेदवारी दिएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सहमतिको प्रयास भइरहे पनि उनीहरू एकले अर्कालाई छाड्न मानेका छैनन् ।  ...
राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

राजनीति
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०१ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।  ...