२०८१ जेष्ठ ४

तीन संसदीय समितिको बैठक बस्दै




काठमाडौं । तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।


Advertisement


जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ ।

बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरूको प्रस्तुति र छलफल हुनेछ ।



त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुति हुनेछ  ।

बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा छलफल हुनेछ ।

Copy link
Powered by Social Snap