२०८२ मंसिर २८

Author: Senior Editor Nima

लुम्बिनीको नेतृत्वबारे ओलीको निर्देशन– आजै समाधान निकाल्नूस्, भोलि बिहान घोषणा मै गरूँला 

लुम्बिनीको नेतृत्वबारे ओलीको निर्देशन– आजै समाधान निकाल्नूस्, भोलि बिहान घोषणा मै गरूँला 

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लुम्बिनी प्रदेश नेतृत्वको समस्या समाधान गर्न केन्द्रीय सचिवालयका नेताहरूलाई निर्देशन दिएका छन् । शनिबार बुटवलमा प्रदेश अधिवेशन उद्घाटन गर्दै उनले उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेलका नाममा अनावश्यक अभ्यास नगर्न पनि चेतावनी दिए । “दुवैजना (विष्णु र शंकर)को भनाइ सुनेँ, उहाँहरू सुदृढ एकता चाहिन्छ, एकताबद्ध भएर अघि जानुपर्छ, त्यसको कुनै विकल्प छैन भनिरहनुभएको छ भने उहाँहरूको नाममा अनावश्यक अभ्यास नगरौँ,” ओलीले भने । उनले फलानो नेताको आशीर्वाद भन्ने कुरा गर्न नहुनेमा जोड दिए । नेतृत्वका लागि आफ्नो इच्छा भए नाम बताउन आग्रह पनि गरे । एमालेका १९ सचिवालय सदस्यमध्ये लुम्बिनीमा उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् । ...
देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार : लिङदेन

देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार : लिङदेन

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए । अहिले देशको अवस्था असामान्य भएको भन्दै उनले जनताको दैनिकीप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गरे । कार्यक्रममा राप्रपाका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताले पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । ...
प्रचण्डलाई ओलीको प्रश्न– एमाले खरानीको डल्लो हो र पहिरो जान ? 

प्रचण्डलाई ओलीको प्रश्न– एमाले खरानीको डल्लो हो र पहिरो जान ? 

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । यही भदौ १४ गते प्रधानमन्त्री प्रचण्डले सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रतिपक्ष दलमा धाँजा फाटेको भन्दै विस्फोट हुन सक्ने टिप्पणी गरेका थिए । “प्रचण्डले थाहा पाउनुपर्ने नि, एमालेमा पहिरो जान्छ कि जाँदैन ! उहाँहरूलगायत धेरैले एमाले सिध्याउन खोज्दा एमालेले ज्यान फुरर्र पार्दा धुलो, पानी सबै उड्यो । एमाले जहाँको त्यहीँ छ,” शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै ओलीले भने ।  एमाले खरानीको डल्लो हो र पहिरो जाने भन्दै उनले प्रश्न पनि गरे । “एमालेमा पहिरो जान्छ ? कच्ची माटाको ढिस्को हो एमाले ? महान् उद्देश्य बोकेर हिँडेको पार्टी खरानीको डल...
जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

राजनीति
झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए । “जनतामा ठूलो छटपटी छ, आक्रोश छ,” उनले भने, “जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफूलाई बदलेका छन्, देश र जनतालाई केही पनि गरेनन् भन्ने आमआक्रोश बढिरहेको छ, यो निराशा कुराले होइन, काम र परिणामले चिरेर कांग्रेसले नै सही नेतृत्व गर्न सक्छ भन्ने साबित गर्नुपर्ने बेला आएको छ ।” महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डैकाण्डले सत्तामा पुगेका बदनाम भइरहेका हुँदा कांग्रेसकै कोही नेताले...
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजनीति
काठमार्डौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । उक्त अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै उनको कर्तव्य निर्वाह गर्न र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।  महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसंघमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै  संयुक्त राष्ट्रसंघक...
जसपाको वाग्मती प्रदेश समितिको अध्यक्षमा गोले

जसपाको वाग्मती प्रदेश समितिको अध्यक्षमा गोले

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल वाग्मती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार बिहान बालकुमारीमा आयोजित पुनर्गठन भेलाबाट जय गोलेको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।  समितिको उपाध्यक्षहरुमा जिमी लामा, राजु महर्जन र प्रतिमा शाही छन् । मुख्य सचिवमा अर्जुन कुँवर चयन भएका छन् । समितिको सचिवहरुमा दावा छिरी शेर्पा, अजय निराला र लक्ष्मी थापा चयन भएका छन् । समितिको अनुशासन आयोगमा शुभरत्न गोले र निर्वाचन आयोगमा रोज मोक्तानलाई चयन गरिएको छ । जसपाको विधानले प्रदेश समिति ५१ सदस्यीय रहने व्यवस्था गरेको छ । ...
अभियान उद्घाटन गर्दै प्रचण्डले भने– एक ढिक्का भए देशकै बलियो पार्टीमा रुपान्तरण हुन सकिन्छ

अभियान उद्घाटन गर्दै प्रचण्डले भने– एक ढिक्का भए देशकै बलियो पार्टीमा रुपान्तरण हुन सकिन्छ

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देश इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।  शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै उनले पार्टी एक ढिक्का भएर अघि बढे चुनौतीको सामना गर्न सकिने बताए ।  “सिंगो पार्टी एक ढिक्का भएर अघि बढ्ने हो भने हाम्रा अघि खडा भएका सबै चुनौती सामना गर्न सकिन्छ र माओवादीलाई देशकै बलियो र भरोसायोग्य पार्टीमा रुपान्तरण गर्न सकिन्छ,” उनले भने ।  प्रचण्डले सरकारले गरेको काम जनताप्रति पुर्याउन नसकिएको बताए । उनले तीन महिने अभियानमा सरकारका काम जनतासमम पुर्याइने र अभियान सफल हुने दाबी गरे ।  सरकारले जनतामा नयाँ आशाको सञ्चार भएको बताए । पार्टीमा पनि आशा र उत्साह बढ्दै गएको उनको भनाइ छ ।  उनले सरकालाई काम गर्न नदिन घेराबन्दी गरिएको भन्दै थप जिम्मेवा...
जनतासँग हामी सुध्रिन चाहन्छौं भन्नुपर्छ : प्रचण्ड

जनतासँग हामी सुध्रिन चाहन्छौं भन्नुपर्छ : प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन निर्देशन दिएका छन् ।  शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै पार्टी नेता तथा कार्यकर्तालाई जनतासँग सुध्रन चाहेको बताउन निर्देशन दिएका हुन् । “जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौं र सुध्रिन चाहन्छौं भन्नुपर्छ,” प्रचण्डले भने, “त्यसका लागि अभियानसहित घरदैलोमा छौं । कमरेड लेनिनले भनेजस्तै तपाईं इमान्दार हुनुहुन्छ भने डराउनु हुँदैन ।” उनले अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा जोड दिनुपर्ने बताए  । प्रचण्डले वेथितिको चाङ भएको बताए । तीन महिने अभियानमार्फत कस्तो विचारको विकास र पार्टी निर्माण गर्ने भन्नेमा जनताको भविष्य रहेको बताए ।  उनले जनतासँग नङ र...
माओवादीको तीन महिने अभियानको उद्घाटन 

माओवादीको तीन महिने अभियानको उद्घाटन 

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुरुवात गरिएको छ । माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन् ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट जुममार्फत ६ हजार ७४३ वडामा एकसाथ अभियान आरम्भ गरेका हुन् । यो अभियानमा माओवादी नेताहरु जनताको घरघरमा पुग्नेछन् । ...
माओवादीको विशेष रूपान्तरण अभियान आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

माओवादीको विशेष रूपान्तरण अभियान आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

राजनीति
माओवादी केन्द्रको कार्यक्रम ‘जनतासँग माओवादी’आजदेखि सुरू हुँदैछ। माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत प्रत्येक वडामा जाने अभियानको सुरूवात अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बाट सुरू गर्नेछन्। गत स्थानीय निर्वाचनमा यो वडा मओवादीले जितेको वडा हो। त्यहीँबाट प्रचण्डले भर्चुअल माध्यमबाट देशका सबै वडामा एकसाथ अभियानको उद्घाटन गर्नेछन्।  तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउनेछन्। त्यही कार्यक्रम अन्तर्गत माओवादीले प्रत्येक स्थानीय तहमा पहिलो चरणको तयारी बैठक सम्पन्न गरिसकेको छ। अभियानका लागि केन्द्रीय पदाधिकारी खटिने क्षेत्र पनि तोकिसकेको छ। जसअनुसार अध्यक्ष प्रचण्ड काठमाडौंको चन्द्रागिरि ...