२०८१ जेष्ठ ३

एमाले लुम्बिनी अधिवेशन : सहमति कि निर्वाचन ?




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्र जारी छ । रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बन्दसत्र भइरहेको छ ।


Advertisement


नेतृत्व कसरी चयन गर्ने भन्ने टुंगो लागेको छैन । सहमति वा निर्वाचन दुवै विकल्प खुला रहेको एक नेताले बताए ।

“नेतृत्वबारे सहमतिमा जाने कि चुनाव हुने भन्ने ‘क्लियर पिक्चर’ आइसकेको छैन,” ती केन्द्रीय नेताले भने ।



प्रदेश अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजाल मुख्य दाबेदार छन् । कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेलनिकट नेता हुन् । रिजाल महासचिव शंकर पोखरेलनिकट मानिन्छन् ।

बन्दसत्रबाट लुम्बिनीमा २०५ सदस्यीय कमिटी चयन गरिनेछ ।

शनिबार अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष पौडेल, महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताले सम्बोधन गरेका थिए ।

Copy link
Powered by Social Snap