२०८२ मंसिर २५

Author: Senior Editor Nima

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । सोमबार कतार, पेरु र कम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । कतारका आवासीय र पेरु र कम्बोडियाका गैरआवासीय राजदूत हुन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी समेतको उपस्थिति थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटेल र्‍याडिसनदेखि शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । ...
राजतन्त्रकालीन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराती

राजतन्त्रकालीन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराती

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किरातीले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बताए । सरकारले पर्यटन ऐनलाई समयसापेक्ष बनाउने गरी काम गरिरहेको बताए । मन्त्री किरातीले पर्वतारोहणको क्षेत्रको विकासका लागि आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिनेसहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गर्न लागेको बताए । पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताउँदै उनले पर्वतारोहण नियमावली संशोधन गर्दा आठ हजार मिटरमाथिको उचाइबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको मह...
अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानुनमन्त्री गुरुङ

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानुनमन्त्री गुरुङ

राजनीति
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरूबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ? भनेर प्रश्न गरेका थिए । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे । सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए । उनले भने, "अब यो न्यायाधीश नियुक्त...
पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव

पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव

राजनीति
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री सुदन किरातीलाई गलत काम नगर्न खबरदारी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् । उनले पर्यटनमन्त्री किरातीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए । देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए । मन्त्रीले पर्यटनसम्बधी नीतिहरू समयअनकुल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामुहिक पहल गर्न समिति तयार रहेको बताए । सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहि दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए । ...
देउवाले शशांकलाई सभापतिमा अघि बढाउन खोजेपछि एक ढिक्का हुँदै इतर पक्ष

देउवाले शशांकलाई सभापतिमा अघि बढाउन खोजेपछि एक ढिक्का हुँदै इतर पक्ष

राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सभापतिमा शशांक कोइरालालाई अघि सार्न खोजेपछि इतर पक्ष एक ढिक्का बन्न थालेको छ।  १४ औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लडेका शेखर कोइराला, गगन थापासँगै अर्कै प्यानलबाट महामन्त्री जितेका विश्वप्रकाश शर्मा र देउवाकै प्यानलबाट महामन्त्री उठेर पराजित भएका प्रदीप पौडेल अहिले एकै ठाउँमा उभिएका हुन्।  उनीहरूले आइतबार पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको निवास बुढानिलकण्ठ इटालीटारमा पहिलो चरणको छलफल गरेका छन्।  छलफलमा सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू पनि सहभागी थिए। आइतबारको छलफलमा अनुपस्थित शेखर भने अर्को चरणको छलफलमा सहभागी हुनेछन्।   संस्थापनइतरका अरू नेता २०७८ मंसिरको १४ औं महाधिवेशनमा पनि सँगैसँगै थिए। महामन्त्री शर्मा र केन्द्रीय सदस्य...
एमाले लुम्बिनी अधिवेशन : उमेदवार रिजालविरुद्ध उजुरी

एमाले लुम्बिनी अधिवेशन : उमेदवार रिजालविरुद्ध उजुरी

राजनीति
काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अध्यक्षका उमेदवार हरि रिजालविरुद्ध उजुरी परेको छ । राजुप्रसाद श्रेष्ठले रिजालको सदस्यता लुम्बिनी प्रदेशको सदस्यता सूचीमा नाम नरहेको भन्दै उमेदवारी खारेज गर्न माग गरेका छन् । “लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदमा उमेदवारी दिएका हरिप्रसाद रिजालको लुम्बिनी प्रदेशअन्तर्गत रहेको सदस्यता सूचीमा नाम समावेश नदेखिएको हुँदा पार्टीको यो प्रदेश सदस्य नै नभएको व्यक्ति अधिवेशन प्रतिनिधि हुन र उमेदवार हुन नमिल्ने भएकाले उमेदवारी खारेज गरिपाउँ,” उजुरीमा भनिएको छ । एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अहिले उमेदवारविरुद्ध उजुरीको समय दिइएको छ । प्युठानका रिजाल केन्द्रीय सदस्य हुन् । लुम्बिनी अध्यक्षका लागि राधाकृष्ण कँडेल पनि अध्यक्षको उमेदवार छन् । ...
भोलिको क्याबिनेटले निजामती विधेयक अघि बढाउँछ : प्रधानमन्त्री प्रचण्ड

भोलिको क्याबिनेटले निजामती विधेयक अघि बढाउँछ : प्रधानमन्त्री प्रचण्ड

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा ऐनमा बाहिरी चलखेल भएको आरोप सत्य नभएको बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । “बाहिरबाट दबाब आएर फेरेको कुरामा सत्यता छैन,” उनले भने, “मन्त्रिपरिषद्‌मा विधेयक प्रस्तुत हुँदा म आफैँले हेरेर यो ओरिजिनल भन्दा केही फरक ढंगले आयो यसको परिमार्जन गरेर लग्नुपर्छ भनेको दुई, तीन दिनपछि आन्दोलनको रूप देखिएको हो ।” उनले संघीय निजामती ऐन भोलि बस्ने क्याबिनेटले अघि बढाउने बताए । “पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो । संभवतः भोलिको मन्त्रिपरिषद्को बैठकबाट पारित गरेर सदनमा जान्छ,” उनले भने । ...
चुच्चे नक्सालाई मान्यता दिलाउन गरिएको पत्राचारबारे मागियो जानकारी

चुच्चे नक्सालाई मान्यता दिलाउन गरिएको पत्राचारबारे मागियो जानकारी

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसद्बाट पारित भएको चुच्चे नक्सालाई मान्यता दिन गरिएको पहलबारे जानकारी गराउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले चीनले जारी गरेको नयाँ नक्सामा चुच्चे नक्सा नसमेटिएको बताए । सो सन्दर्भमा परराष्ट्रमन्त्री एनपी साउदले यसअघिका सरकारले पत्राचार नगरेको आरोप लगाइरहेको उनले उल्लेख गरे । “संसद्बाट एकमतले पारित नक्सालाई मान्यता दिलाउका लागि कुन–कुन देशसँग कु्न–कुन पत्राचार गरेको छ, त्यसको जानकारी संसद्लाई दिइयोस्,” उनले भने । चीनले जारी गरेको नयाँ नक्सामा नेपालतर्फ लिपुलेक, कालापानी समेटिएको छैन । सो विषयमा नेपालमा विरोध भइरहेको छ । ...
कोरोना बिमाको रकम उपलब्ध गराउन एमालेको माग

कोरोना बिमाको रकम उपलब्ध गराउन एमालेको माग

राजनीति
काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले कोरोना बिमाको रकम उपलब्ध गराउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकार कुम्भकर्ण भएको आरोप समेत लगाए । “यो सरकार माटोको तोर्माजस्तो भयो । आइया पनि छैन, आथ्था पनि छैन । विगत चार वर्षदेखि देशका ५० हजारभन्दा बढी नागरिकहरुले गरेको कोरोनावापतको बिमाको ११ अर्ब रकम आजसम्म प्राप्त गर्न सकेको छैन,” बर्तौलाले भने, “सरकारलाई कुनै चासो छैन । कुम्भकर्ण निन्द्रामा पर्यो ।” बिमितले पाउनुपर्ने रकम सरकारबाट प्राप्त गर्ने गरी विशेष रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरे । ...
ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकियो ?

ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकियो ?

खेलकुद, देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न खेलमा क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरिएको रकम किन नदिएको भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले खेलाडीलाई दिने भनेर वाचा गरिएको १७ लाख नदिएको दाबी गरे । “क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ ? पैसा छिटो दिऔँ,” उनले भने, “भोको पेटले राष्ट्रवादलाई कति धान्ने ? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस् ।” ...