२०८३ बैशाख २१

Author: Senior Editor Nima

लुम्बिनीमा सभामुख/उपसभामुखको आज मनोनयन, भोलि निर्वाचन 

लुम्बिनीमा सभामुख/उपसभामुखको आज मनोनयन, भोलि निर्वाचन 

राजनीति
लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुख चुन्नका लागि आज दलहरूले मनोनयन दर्ता गराउँदै छन्। प्रदेशसभा सचिवालयले दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम दर्ता गर्न यसअघि नै सूचना जारी गरिसकेको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे गर्ने कार्यतालिका छ। सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने कानुनी व्यवस्था छ। मंगलबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको सुरूमा सभामुखको उम्मेदवारी प्रस्ताव हुनेछ। सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको निर्वाचन प्रक्रिया सुरू हुनेछ। सत्ता गठबन्धनबाट सभामुखमा नेकपा माओवादी केन्द्रबाट पाल्पाको निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित तुलाराम घर्तीलाई र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गुल्मीकी समानुपातिक सांसद मेनुका खाण केसीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सांसद इन...
मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम मंगलबार

मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम मंगलबार

राजनीति
मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ। आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो। प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोलि मंगलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए। मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो ...
प्रमुख प्रतिपक्षी दलको नेतामा नेमकिपाको दाबी

प्रमुख प्रतिपक्षी दलको नेतामा नेमकिपाको दाबी

राजनीति
१ माघ, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी गरेको छ । पहिलो, दोस्रो, तेस्रोदेखि दशौं स्थानसम्मको दलले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेमकिपाका सांसद प्रेम सुवालले आफूहरु एघारौं ठूलो दल भएको भन्दै विपक्षी दलको नेतामा दाबी गरेका हुन् । ‘नियम अनुसार नै नेमकिपा प्रमुख प्रतिपक्षी दलको नेता हो । नियमावली मिच्ने कार्य हुनुहुँदैन’ सुवालले भने, ‘कानुन बनाउने थलो संसदले नियम मिच्दैन भन्ने विश्वास छ । केही गरी गलत बाटोमा लाग्यो भने विपक्षी दलको नेता माग्दै अदालत जान बाध्य हुन्छौं ।’ ४ मंसिरमा सम्पन्न आम चुनावबाट संसदमा १२ वटा दलले प्रतिनिधित्व जनाएका छन् । त्यसमध्ये १० वटा दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र प...
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार महेश दासलाई

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार महेश दासलाई

राजनीति
१ माघ, वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको हो । गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापना भएको पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए । पुरस्कृत पत्रकार महेश दास हाल एभीन्यूज टेलिभिजनको मधेस प्रमुख, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रेस सल्लाहकार, नेकपा एमाले वीरगञ्ज महानगरपालिकाको उपाध्यक्ष लगायतका...
<strong>कर्णालीको सभामुख गुरुङले लिइन् शपथ</strong>

कर्णालीको सभामुख गुरुङले लिइन् शपथ

राजनीति
सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिएकी छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा गोपनीयताको शपथ गराए ।कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उनले प्रदेश प्रमुख परियारसमक्ष शपथग्रहण गरिन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको तेस्रो बैठकले सभामुख गुरुङलाई बहुमतले निर्वाचित गरेको थियो । सत्तारूढ दलका साझा उमेदवारका रुपमा सभामुखमा निर्वाचित गुरुङ नेकपा (एमाले) सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । ...
जसले नेपाली ब्रान्डलाई पुर्‍याइन् ‘लन्डन फेसन वीक’ मा

जसले नेपाली ब्रान्डलाई पुर्‍याइन् ‘लन्डन फेसन वीक’ मा

उद्यमशीलता, नेपाली ब्रान्ड
गत सेप्टेम्बर १६ मा 'लन्डन फेसन वीक' मा थुप्रै फेसन ब्रान्डले आफ्ना डिजाइनदार लुगा पेस गरे। प्रतिष्ठित मानिने उक्त कार्यक्रममा संसारका कुनाकुनाबाट नाम चलेका फेसन डिजाइनरले आफ्ना नयाँ र मौलिक डिजाइन लुगाफाटा प्रस्तुत गर्ने अवसर पाउँछन्। औपचारिक रूपमा त्यो कार्यक्रममा नेपाली डिजाइनरले त्यो मौका पाएका थिएनन्। सेप्टेम्बर १६ मा भएको उक्त कार्यक्रममा भने अवसरको त्यो ढोका 'मिशुस' ब्रान्डका लागि खुल्यो। यो ब्रान्ड मिशु श्रेष्ठको हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली डिजाइनरका कपडा कमै पुग्ने अवस्थामा मिशुस लन्डन फेसन वीकमा देखिँदा मिशुलाई गर्व अनुभव भएको छ। 'लन्डन फेसन वीकमा सहभागी हुने सपना थियो। तर यति छिट्टो हुन्छ भन्ने सोचेकै थिइनँ,'कुरा गर्दै मिशुले भनिन्, 'एकदमै खुसी लागेको छ। पहिलो पटक औपचारिक रूपमा सहभागी हुनु भनेकै गर्वको कुरा हो। मेरो लागि मात्र होइन देशकै लागि पनि गौर...
आरजु राणा नयाँ दिल्लीमा

आरजु राणा नयाँ दिल्लीमा

राजनीति
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवा आइतबार भारत गएकी छन्। आरजु फलोअपका लागि नयाँदिल्लीस्थित अस्पताल गएको उनको सचिवालयले जनाएको छ। ‘उहाँ फलोअपका लागि जानुभएको हो। सोमबार अस्पतालमा परीक्षण गर्ने तयारी छ,’ सचिवालय स्रोतले भन्यो, ‘उहाँ माघ ४ गते स्वदेश फर्कने कार्यक्रम छ।’ गत साउनमा आरजुको दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरसम्बन्धी शल्यक्रिया गरिएको थियो।उनले नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट गर्ने वा नगर्नेबारे जानकारी नभएको आरजुको सचिवालयका एक सदस्यले बताए। ...
<strong>गण्डकी प्रदेश सभामुखले लिए शपथ</strong>

गण्डकी प्रदेश सभामुखले लिए शपथ

राजनीति
सभामुख पदमा निर्वाचित भएपछि अभिवादन गर्दै कृष्णप्रसाद धिताल प्रदेशसभामा भवनमा । पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई शपथ गराएका छन् । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदलगायत व्यक्तिको उपस्थिति थियो । सभामुख धिताल गोरखा–१ ‘क’बाट निर्वाचित सांसद हुन् । आज सम्पन्न निर्वाचनमा उनले ३२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा २६ मत खसेको थियो । धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गरेका थिए । ...
नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख

नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख

राजनीति
नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा शनिबार पनि सत्तापक्षले सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन गर्न सकेको छैन। गठबन्धनप्रति विश्वास नलागेकाे भन्दै नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेर निर्वाचनमा सहभागी नभएको हाे। मन्त्री बनाउने विषयमा सहमति नै नगरीकन दुई जना मन्त्रीलाई मुख्यमन्त्रीले नियुक्त गरेकाे भन्दै नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छ। सभामुख चयनका लागि दाेस्राे पटक भएको निर्वाचनबाट पनि सभामुखका लागि बनेका उम्मेदवारले बहुमत नपाएपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउन सकेकाे छैन। सभामुख चयनका लागि शनिबार बेलुका ६ बजे प्रदेश सभाकाे बैठकबाट सभामुखका लागि निर्वाचन भएको थियाे। निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन कार्य पूरा नभएको हाे। आज भएको चुनावमा कांग्रेसका सभामुख पदका उम्मेदवार मानबहादुर रावलले पक्षमा २२ र विपक्षमा २२ मत पाए। नागरिक उ...
गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले लिए शपथ

गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले लिए शपथ

राजनीति
गण्डकी प्रदेशका सभामुखमा कृष्णप्रसाद धितालले शपथ लिएका छन्। प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै निवास सिमलचौरमा एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो। सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुन्। शनिबार सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २६ मत खसेको थियो। नेकपा (माओवादी केन्द्र) का फणिन्द्र देवकोटाको प्रस्ताव र नेकपा (एमाले)का रोशन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गरेका थिए। धिताललाई ...