२०८१ जेष्ठ ६

गण्डकी प्रदेश सभामुखले लिए शपथ


सभामुख पदमा निर्वाचित भएपछि अभिवादन गर्दै कृष्णप्रसाद धिताल प्रदेशसभामा भवनमा ।


पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई शपथ गराएका छन् ।


Advertisement


प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।



शपथग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदलगायत व्यक्तिको उपस्थिति थियो ।

सभामुख धिताल गोरखा–१ ‘क’बाट निर्वाचित सांसद हुन् । आज सम्पन्न निर्वाचनमा उनले ३२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा २६ मत खसेको थियो । धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गरेका थिए । 

Copy link
Powered by Social Snap