


नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवा आइतबार भारत गएकी छन्।
Advertisement


आरजु फलोअपका लागि नयाँदिल्लीस्थित अस्पताल गएको उनको सचिवालयले जनाएको छ।
‘उहाँ फलोअपका लागि जानुभएको हो। सोमबार अस्पतालमा परीक्षण गर्ने तयारी छ,’ सचिवालय स्रोतले भन्यो, ‘उहाँ माघ ४ गते स्वदेश फर्कने कार्यक्रम छ।’

गत साउनमा आरजुको दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरसम्बन्धी शल्यक्रिया गरिएको थियो।
उनले नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट गर्ने वा नगर्नेबारे जानकारी नभएको आरजुको सचिवालयका एक सदस्यले बताए।






