२०८३ बैशाख २१

Author: Senior Editor Nima

प्रदेशसभा-१: उपसभामुख सिर्जना दनुवारले लिइन् शपथ

प्रदेशसभा-१: उपसभामुख सिर्जना दनुवारले लिइन् शपथ

राजनीति
प्रदेश नं १ का नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारले शपथ ग्रहण गरेकी छन्। शनिबार सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा उनलाई शपथ खुवाएका हुन्। सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नंं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत)को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएकी दनुवारलाई सोही नियमावली अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो। प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश मन्त्रिपरिषद्का सदस्य, निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभाका सदस्यको शपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो। उपसभामुख दनुवारले आजै पदभार ग्रहण गरेकी छन्। ...
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेट

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेट

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारूढ दलका शीर्ष नेतासँग छलफल गर्दैछन्। शनिबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए। उनीहरूबीच पनि मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको थियो। प्रधानमन्‍त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए। प्रतिनिधि सभामा उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए। दुई जना नेताहरूले भने उनको विपक्षमा मत दिएका थिए। ...
गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित

गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित

राजनीति
गण्डकी प्रदेशको सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। उनले ३२ मत पाएर सभामुख चयन भएका हुन्। गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो। कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो। उनले २६ मत प्राप्त गरिन‍्। सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए। नेकपा(एमाले)बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन्। यस्तै कांग्रेसका एक जना सदस्य पनि अनुपस्थित रहे। सभामुखमा निर्वाचित भएका धितात मंसिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। उन नेकपा(माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा गोरखा जिल्ला...
<strong>पूर्वसचिव आचार्यको दाबी– नेपालमा कानुनमै रहेर भ्रष्टाचार गर्न सकिन्छ</strong>

पूर्वसचिव आचार्यको दाबी– नेपालमा कानुनमै रहेर भ्रष्टाचार गर्न सकिन्छ

राजनीति
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव रामकुमार आचार्यले नेपालमा भ्रष्टाचार हुनुका मुख्य कारणमध्ये भ्रष्टचारमैत्री कानुन पनि रहेको तर्क गरेका छन् । शुक्रबार आफैँले लेखेको 'नेपालमा भ्रष्टाचार : कारण र निवारण' नामक किताबको विमोचन कार्यक्रममा पूर्वसचिव आचार्यले नेपालमा कानुनमै रहेर भ्रष्टाचार गर्न सकिने अवस्था रहेको बताएका हुन् । "भ्रष्टाचार कानुन छलेर गरिने अपराध हो । तर नेपालमा केही यस्ता पनि प्रचलित कानुनहरू छन्, जसको प्रयोग गरेर कानुनबमोजिम नै भ्रष्टाचार गर्न मिल्छ," उनले भने ।भ्रष्टाचारजन्य कार्यलाई कानुनले अपराधको रूपमा परिभाषित नगर्दा भ्रष्टाचार गरेपनि सजिलै पन्छिन सकिने अवस्था रहेको उनको दाबी छ । उनले भ्रष्टाचार छानबिनका लागि बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्टाचारमा सामेल भएको दृष्टान्त दिँदै आयोगको विश्वसनीयतामा पनि प्रश्न उठाएका छन् । आचार्यल...
<strong>एमाले सुध्रिदैन, अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउँछौँ : माधव नेपाल</strong>

एमाले सुध्रिदैन, अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउँछौँ : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पुरानै विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताएका छन् । शुक्रबार नेता घनश्याम भुसाललाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले एमाले नसुध्रिने निष्कर्षमा आफ्नो पार्टी र भुसाल पुगेको बताए । साथै अन्य नेताहरू पनि एमाले छाड्दै आउने दाबी उनको छ । उनले नेकपा (एकीकृत समाजवादी)लाई अब 'हाम्रो र राम्रो पार्टी' बनाउने पनि धारणा राखे । कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन इमान्दार कम्युनिस्टहरूलाई गोलबद्ध बनाएर एकताबद्ध रूपमा अघि बढ्ने उनको भनाइ छ । उनले विगतको समीक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढीकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापित गर्ने पनि बताए ।  एकीकृत समाजवादी प्रवेश गरेका भुसालले एमाले परित्याग गर्दै गत मंसिर ४ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्...
लुम्बिनी प्रदेश सरकारले माघी दिवस मनाउने, माघ २ गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले माघी दिवस मनाउने, माघ २ गते सार्वजनिक बिदा

राजनीति
लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ। यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा समेत दिएको छ। शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी समेत दिइएको छ। प्रदेश सरकारका मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी समेत सहभागी रहेको उक्त बैठकमा माघी महोत्सवका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत समेत गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्...
सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न कहाँ अड्कियो हलो?

सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न कहाँ अड्कियो हलो?

राजनीति
सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न हलो अड्किएपछि दलहरूले अहिलेको सत्ता गठबन्धन भत्काउन खोजिएको आरोप लगाएका छन्। प्रतिपक्षी दलले सभामुखको निर्वाचन गराउन नचाहेको उनीहरूको आरोप छ। निर्वाचनपछि चुनिएर आएका सांसदहरूले पुस १५ गते शपथ लिएपछि १८ गते सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो। कानुन अनुसार नेपाली कांग्रेसबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षता बसेको सो बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गर्‍यो। संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिनुपर्ने हुन्छ। त्यसैले माघको २ गतेभित्र सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचित भइसक्नुपर्ने छ। पुस २७ गते निर्वाचन तालिकाअनुसार प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य रावल र सत्तापक्षले भागबण्डा गरेर माओवादीको भागमा परेकाले सोही दलका भ...
विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद विस्तारमा अलमल

विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद विस्तारमा अलमल

राजनीति
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाए। विश्वासको मत पाएको तीन दिनसम्म पनि प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। उनले तीन जनाबाहेक अरू मन्त्रीलाई जिम्मेवारीसमेत दिएका छैनन्। प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बिष्णु पौडेल, भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रवि लामिछाने छन्। एमालेका तर्फबाट मन्त्री बनेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानले अहिलेसम्म कुनै जिम्मेवारी पाएका छैनन्। मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्डले बिहीबार सत्ता गठबन्धनको बैठक बोलाएका थिए। गठबन्धनका कतिपय नेताहरू काठमाडौं बाहिर भएकाले बैठक बस्न सकेन। शुक्रबार पनि गठबन्धनको बैठक तय भएको छैन। प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने छलफल गरिरहेका छन्। पुस ११ गते प्रधानमन्त्रीक...
राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार संघ अध्यक्षमा अधिकारी

राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार संघ अध्यक्षमा अधिकारी

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट वैदेशिक रोजगार व्यवसायीको काठमाडौंमा भएको भेलाबाट राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ गठन गरेको छ। भिष्मराज अधिकारीको अध्यक्षतामा संघ गठन भएको हो। संघको सचिवमा अरूणकुमार सिंह महतो रहेका छन्। सदस्यमा प्रदीप कार्की, लोकनाथ रिमाल, डिल्लीराम भुर्तेल, महेन्द्र पालुङ्गा, सूर्यकुमार श्रेष्ठ, डिल्लीप्रसाद सुवेदी, नवराज गिरी र रमेश आचार्य रहेका छन्।निकट भविष्यमा बृहत भेला गरेर संघको विस्तार गरिने राप्रपाका सम्पर्क समाज विभागका प्रमुख गोपाल दाहालले बताए। ...
<strong>मुख्यमन्त्रीको चाहना सात मन्त्रालय, तर भागबन्डामै कम्तीमा नौ पुग्ने</strong>

मुख्यमन्त्रीको चाहना सात मन्त्रालय, तर भागबन्डामै कम्तीमा नौ पुग्ने

राजनीति
पोखरा । सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका नेकपा (एमाले)का नेता खगराज अधिकारी मंगलबार नै काठमाडौं पुगे । त्यहाँ उनले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमात्र नभएर एमाले नेतृत्वको गठबन्धनको सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटे । मुख्यमन्त्री नियुक्त भएलगत्तै उनी काठमाडौं जानुको अर्थ शिष्टाचार भेटमात्र नभएर विस्तार गर्न बाँकी मन्त्रिपरिषद्को विषय पनि थियो । प्रदेश सरकारहरुमा अहिले मन्त्रालयको संख्या घटाउने एक किसिमको होडबाजी नै चलेको छ । संविधानले प्रदेश सरकारलाई कूल प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ । त्यही प्रावधानलाई टेकेर गण्डकीमा सुरुमा रहेका सातवटा मन्त्रालयलाई बढाएर १२ वटासम्म बनाइएको थियो । गण्डकीमा मात्रै नभएर सातै प्रदेश सरकारले संविधानले तोकेको अधिकतम सीमासम्...