२०८१ बैशाख २५

कर्णालीको सभामुख गुरुङले लिइन् शपथ




सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।


Advertisement


कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा गोपनीयताको शपथ गराए ।
कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उनले प्रदेश प्रमुख परियारसमक्ष शपथग्रहण गरिन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको तेस्रो बैठकले सभामुख गुरुङलाई बहुमतले निर्वाचित गरेको थियो ।




सत्तारूढ दलका साझा उमेदवारका रुपमा सभामुखमा निर्वाचित गुरुङ नेकपा (एमाले) सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

Copy link
Powered by Social Snap