२०८३ बैशाख २०

Author: Senior Editor Nima

देउवाले बोलाए संसदीय दलको समितिको बैठक

देउवाले बोलाए संसदीय दलको समितिको बैठक

राजनीति
२५ साउन, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए । कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाल समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन । ...
सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घट्यो

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घट्यो

देश, समाचार
२५ साउन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाला सुनको प्रतितोला मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँमा तोकिएको थियो । ...
तीन हजार दर्शकमाझ टोकियोमा गुञ्जियो नेपथ्य

तीन हजार दर्शकमाझ टोकियोमा गुञ्जियो नेपथ्य

मनोरञ्जन / कला
काठमाडौं । चर्चित लोकरक ब्याण्ड नेपथ्यले जापानको राजधानी टोकियोमा सांगीतिक कन्सर्ट गरेको छ । तीन हजारभन्दा बढी दर्शकलाई नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन प्रदान गर्‍यो । मंगलबार बेलुकी तोयोसु पिट हलमा ‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’बाट प्रस्तुति सुरु भएको थियो । त्यसको लगत्तै गायक अमृत गुरुङले किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजबीच ‘कोशी पानी’ गाउन सुरु गरे । त्यसपछि ‘भेंडाको ऊनजस्तो’ले दर्शकलाई अझै रोमाञ्चित बनायो । त्यसपछि नेपथ्यले आफ्नो  सर्वकालीन हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल माहोलमा पूर्णतया कब्जा जमायो । प्रस्तुतिका बीच अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे । ‘यो तीन दशकभन्दा लामो यात्रामा तपाईंहरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच सांगीतिकदेखि लिएर मिलन बिछोडसम्म...
किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

खेलकुद
२५ साउन, काठमाडौं ।नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । अभिलाषा, माहिका र सुनिरा चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । किङ्स कप अक्टोबर १६ देखि २१ तारिखसम्म बहराइनमा हुँदैछ । यो प्रतियोगितामा विगतमा नेपालले उमेर समूहमा सहभागिता जनाउने गर्दै आएको हो । तर यस पटक भने नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास ‘बी’ मा अपग्रेड गरेपछि नेपाललाई सिनियरस्तरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले जानकारी गराए । पहिले नेपाल क्लास ‘सी’ मा थियो । ...
बाढीपीडितलाई राहत दिन मधेश सरकारले ८ जिल्लामा दस/दस लाख पठाउने

बाढीपीडितलाई राहत दिन मधेश सरकारले ८ जिल्लामा दस/दस लाख पठाउने

देश, समाचार
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दस/दस लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम पठाउने निर्णय गरेको जानकारी दिए। ‘प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ । त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ,’ उनले भने, ‘यसका अतिरिक्त एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरणको काम गर्ने निर्णय पनि गरिएको छ। त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्राष...
कर्णालीका मुख्यमन्त्री शर्मा स्विट्जरल्यान्ड जाने

कर्णालीका मुख्यमन्त्री शर्मा स्विट्जरल्यान्ड जाने

देश, समाचार
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्विट्जरल्यान्डको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शर्माको स्विट्जरल्यान्ड भ्रमण स्वीकृति गरेको हो । स्विट्जरल्यान्डको जुरिचमा आयोजना हुन लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा त्यसतर्फ जान लागेका हुन् । कार्यक्रम जुरिचमा भदौ १५ देखि १६ गतेसम्म हुनेछ । ...
अब बहुमत आए सदनबाटै पहिचानका आधारमा कोसीको नामकरण हुन्छ : प्रधानमन्त्री

अब बहुमत आए सदनबाटै पहिचानका आधारमा कोसीको नामकरण हुन्छ : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामकरण हुने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसअघि आफूहरूले पहिचानका आधारमा प्रदेश कायम गर्ने प्रयास गर्दा बहुमत नभएकाले असफल भएको बताए ।उनले अहिलेको घटनाक्रमले नयाँ चेतना पैदा भएको र त्यही चेतनाको बलमा पहिचानसहितको प्रदेशको नामकरण गर्न सकिने धारणा राखे । १ नम्बर प्रदेशलाई कोसी प्रदेश नामकरण गर्नु अगाडि आफूले किरात प्रदेश राख्न उचित हुने धारणा राखेको उनले बताए । प्रचण्डले कोसी प्रदेश नामकरण भइसकेपछि भएको आन्दोलनमा आफूले पनि चासो राखेको र पहिचान र अधिकारको आन्दोलनको नेता हुनुको नाताले आन्दोलनको क्रममा सहादत प्राप्त गर्नेलाई सहिद घोषणा र क्षत...
राष्ट्र संघीय समिति सिडमा तेस्रो कार्यकालका लागि उमेदवारी दिँदै बन्दना राणा 

राष्ट्र संघीय समिति सिडमा तेस्रो कार्यकालका लागि उमेदवारी दिँदै बन्दना राणा 

राजनीति
काठमाडौं । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड)मा बन्दना राणाले तेस्रो कार्यकालका लागि उमेदवारी दिने भएकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिडको तेस्रो कार्यकालका लागि उमेदवारी दिन स्वीकृति दिने निर्णय गरेको हो । सन् २०२५ देखि २०२८ सम्मका लागि नेपालको तर्फबाट सिडमा राणाले उमेदवारी दिने छिन् । राणा यसअघि दुईपटक लगातार सिडमा निर्वाचित भइसकेकी छन् । उनको दोस्रो कार्यकाल सन् २०२४ सम्म रहेको छ । राष्ट्रसंघका सदस्यमध्ये १८६ राष्ट्रले सिडलाई अनुमोदन गरेका छन् । ...
सानेपामा नेविसंघका दुई पक्षले गरे एक अर्काविरुद्ध नाराबाजी

सानेपामा नेविसंघका दुई पक्षले गरे एक अर्काविरुद्ध नाराबाजी

देश, समाचार
काठमाडौं । नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर विवाद देखिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा तदर्थ समितिको पक्ष र विपक्षमा नाराबाजी भएको छ ।  असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेकाले विरोध गर्नुपरेको बताएको छ । असन्तुष्ट पक्षले बुधबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति घोषणा कार्यक्रम राखेको थियो । तर, नेविसंघका अर्को समूहले नाराबाजी गर्दै असन्तुष्ट पक्षको भेला रोक्न खोजेको थियो । दुईपक्षबीच विवाद भएपछि प्रहरीले पार्टी कार्यालयमा दुवै समूहलाई प्रवेशमा रोक लगाएको थियो । दुवै पक्षले कार्यालयको गेटबाहिर एक अर्काविरुद्ध नाराबाजी गरेका थिए । नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ । ...
नारायणकाजीको गुनासो– राम्रा कामको कसैले स्टाटस लेखेनन्

नारायणकाजीको गुनासो– राम्रा कामको कसैले स्टाटस लेखेनन्

राजनीति
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै दुखेसो पोखेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् । “गरेका कामको प्रचार भएन । राम्रा काम पनि भएका छन्,” उनको भनाई थियो, “पार्टी कार्यकर्ता कसैले स्टाटस लेखेनन् । प्रधानमन्त्रीसँग सल्लाह गरेरै अघि बढेको हो । यसको पार्टीले स्वामित्व लिनुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई छाडिदैन ।”  ...