२०८१ जेष्ठ ७

सानेपामा नेविसंघका दुई पक्षले गरे एक अर्काविरुद्ध नाराबाजी




काठमाडौं । नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर विवाद देखिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा तदर्थ समितिको पक्ष र विपक्षमा नाराबाजी भएको छ । 


Advertisement


असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेकाले विरोध गर्नुपरेको बताएको छ । असन्तुष्ट पक्षले बुधबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति घोषणा कार्यक्रम राखेको थियो ।

तर, नेविसंघका अर्को समूहले नाराबाजी गर्दै असन्तुष्ट पक्षको भेला रोक्न खोजेको थियो । दुईपक्षबीच विवाद भएपछि प्रहरीले पार्टी कार्यालयमा दुवै समूहलाई प्रवेशमा रोक लगाएको थियो ।



दुवै पक्षले कार्यालयको गेटबाहिर एक अर्काविरुद्ध नाराबाजी गरेका थिए ।

नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ ।

Copy link
Powered by Social Snap