२०८३ बैशाख २०

Author: Senior Editor Nima

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने– पार्टी पार्टीजस्तो छैन, पुनर्निर्माण आवश्यक छ

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने– पार्टी पार्टीजस्तो छैन, पुनर्निर्माण आवश्यक छ

राजनीति
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पुनर्निर्माण आवश्यक भएको बताएका छन् । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यो केन्द्रीय समिति बैठकले साँचो अर्थमा कम्युनिष्ट पार्टी निर्माणका लागि पुनर्निर्माणको थालनी गर्नुपर्ने बताए । पार्टीभित्र नेता कार्यकर्ता र विशाल समिति संरचना भए पनि माओवादी पार्टी पार्टीजस्तो नभएको गुनासो गरे । “देशको राजनीतिमा देखिएको विभिन्न र विचारको परिवेशका बारेमा, विगतको समीक्षा गर्ने र आउने दिनमा एक्सन ओरेन्टेड भएर जानु आवश्यक छ,” प्रचण्डले बैठकलाई सम्बोधन गर्दै भने, “मैले बेला मौकामा भन्ने गरेको छु, नेता कार्यकर्ताको विशाल समिति छ, पार्टी चाहिँ पार्टी जस्तो भएको छैन । साँचो अर्थमा कम्युनिष्ट पार्टी बनाउन पुनर्निर्माणको थालनी गर्नुछ ।” उनले पार...
कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे हुने

कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे हुने

राजनीति
विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण बुधबार अपराह्न ५ बजे हुने भएको छ । दलहरुबीच जारी बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण सरेको हो । मुख्यमन्त्री थापाले दलहरु आपसी छलफलमा रहेकोले पूर्वनिर्धारित समय फेरबदल भएको बताए । मन्त्रीहरुको कार्यविभाजनसहित आजै टुंगो लागेपछि मात्रै शपथ हुने बताइएको छ । थापा गठबन्धन सम्बद्ध चार दलको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।‌ ...
नेपालगञ्जका सिनेमा हलमा करोडौँ लगानी

नेपालगञ्जका सिनेमा हलमा करोडौँ लगानी

देश, समाचार
नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन् । बागेश्वरी चलचित्र मन्दिरले क्युएफएक्ससँगको समन्वयमा हल आधुनिकीकरण गरेर आधुनिक प्रविधिअनुसार सञ्चालन गरिरहेको बेलामा रु २५ करोड बढीको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ थपिएकोे छ । “यो एउटा सिनेमा हलमात्रै होइन, नेपालगञ्जमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो”, सिने रोयलका प्रबन्ध निर्देशक डा राहुल थापाले भन्नुभयो, “समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट मनोरञ्जन दिन खोजिएको...
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गर्नुभयो । ‘‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्”, उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के...
गड्यौला मल उत्पादनमा जुट्दै भोजपुरका किसान

गड्यौला मल उत्पादनमा जुट्दै भोजपुरका किसान

देश, समाचार
रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् । कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ । कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन् । उनीहरुलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउनुहुन्छ । गड्यौला मलको...
मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने

मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने

देश, समाचार
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गर्नुभएको आह्वानको समय सीमा आज समाप्त हुँदैछ । उहाँले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गर्नुभएकामा आज अपराह्न ५ सो समय समाप्त हुँदैछ । उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपा नेपालका एक सांसद छन् । गठबन्धन इतरतर्फ नेकपा (एमाले)का ४० र राप्रपाका छ जना सांसद एक ठाउँमा देखिएका छन् । कूल ९३सदस्यमा बहुमत पु¥याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भ...
विचार- नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा

विचार- नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा

देश
–नेत्र सुवेदी ‘प्रयास’ “कति सुन्दर र विशाल छ रारा लोभ्याउँछ यसले संसार सारा मर्दछन् थकाई अनि बेचैनी हराउँछन् दुःख चिन्ता सारा नेपालकै आकृतिमा फैलिएको छ हेर प्रकृतिको अनुपम उपहार रारा” राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ । यहाँको प्रकृतिले हरेकलाई आ–आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ । यस स्तम्भकारको मनमा पनि माथिका पङ्क्ति छचल्किन पुगे । धेरै पहिलेदेखिको चाहना हुँदाहुँदै पनि गत असारको पहिलो साता मात्रै पहिलोपटक देशको सबैभन्दा ठूलो ताल भनेर चिनिने मुगु जिल्लामा पर्ने रारा ताल पुगेर प्रत्यक्ष नियाल्ने र स्पर्शसमेत गर्ने अवसर मिल्यो । जीवनमा एकपटक रारामा पुग्ने धेरैको धोको हुन्छ तर कमैलाई यो अवसर जुट्छ । सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लाको खलङ्गासम्म पुग्ने कर्णाली राजमार...
राष्ट्रियसभा बैठक ः ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल

राष्ट्रियसभा बैठक ः ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल

राजनीति
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ । सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गर्नुभएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । सो संशोधन राष्ट्रियसभाले स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि अघि बढ्नेछ । विधेयक टेबुल गर्नुअघि मन्तव्य दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्काे केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको हो भन्नुभयो । अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उहाँले आगामी दिनमा अध्यादेशको अवध...
हिंसा पीडितलाई मनोसामाजिक परामर्श सहित निःशुल्क उपचार

हिंसा पीडितलाई मनोसामाजिक परामर्श सहित निःशुल्क उपचार

देश, समाचार
गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई एकद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।” केन्द्रमार्फत पीडितहरुको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा प्रत्याभूत गराएर मात्र घर फर्काउने गरिएको उहाँले बताउनुभयो । “स्वास्थ्य अवस्था ठिक भएका हिंसापीडितलाई उपचारपछि घर पठाउने गरिएको छ, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भन्नुभयो, “चाहे घरे...
पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान

पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान

देश, समाचार
पर्यटकीय क्षेत्रको विकास गर्न पदयात्रा कार्यक्रम सुरु गरिएको छ । पाल्पाको तानसेनमा ओझेलमा परेका तर पर्यटन क्षेत्रको सम्भावना बोकेका क्षेत्रको खोजी गर्दै पदयात्रा अभियान कार्यक्रम थालनी भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले साउन महिनाको प्रत्येक शनिबार पर्यटकीय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम सुरु गरेको हो । पहिलो दिन तानसेनबाट चण्डी भञ्ज्याङ हुँदै बौघापोखराथोकसम्म पदयात्रा गरिएको छ । साउन महिनाको पहिलो शनिवारबाट पदयात्रा अभियान थालनी गरिएको नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्रचुर सम्भावना बोकेका धेरै ठाउँ छन्, विकास अभाव, प्रचारप्रसार नहुँदा ओझेलमा परिरहेका छन्, ती क्षेत्रको विकास गरी मुख्य पर्यटकीय गन्तव्यस्थल बनाउन पदयात्रा अभियान कार्य सुरु गरिएको छ ।” उहाँका अनुसार यो अभि...