२०८१ बैशाख २१

किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट




२५ साउन, काठमाडौं ।नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ ।


Advertisement


सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

अभिलाषा, माहिका र सुनिरा चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । किङ्स कप अक्टोबर १६ देखि २१ तारिखसम्म बहराइनमा हुँदैछ ।



यो प्रतियोगितामा विगतमा नेपालले उमेर समूहमा सहभागिता जनाउने गर्दै आएको हो । तर यस पटक भने नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास ‘बी’ मा अपग्रेड गरेपछि नेपाललाई सिनियरस्तरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले जानकारी गराए । पहिले नेपाल क्लास ‘सी’ मा थियो ।

Copy link
Powered by Social Snap