२०८१ बैशाख २६

एनआईसी एसिया बैंकले ल्यायो तीन आर्कषक कर्जा योजना




काठमाडौं । एनआईसी एसिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।


Advertisement


ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्ने उद्देश्यका साथ बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोडसम्म रुपैयाँको अठोट घर कर्जा योजना ल्याएको छ ।

२५ वर्षसम्मको कर्जा अवधि रहेने अठोट घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा पाउन सक्ने बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न कर्जा सुविधा पाउन सक्ने छन् ।

यसका साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्थासमेत बैंकले गरेको छ ।



ग्राहकको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखरुपैयाँ देखि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।

अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकको भनाइ छ ।

साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरूले सञ्चालित वा नयाँ व्यवसायहरूको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सकिने बताइएको छ ।

बैंकले न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्ने दाबी गरेको छ । यस कर्जामा एक वर्षको भुक्तानी अवधि रहेको र वार्षिक रूपमा नवीकरण गर्न सकिने बैंकले जनाएको छ ।

Copy link
Powered by Social Snap