२०८३ कार्तिक १२

कोशीमा जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रीको शपथ लिँदै




कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्रीको शपथ लिने भएकी छन्।


Advertisement


मुख्यमन्त्री उद्धव थापाले लिम्बूलाई आज तीन बजे शपथ गराउने कार्यक्रम छ।

सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि थापा साउन १६ मा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए। 

यसअघि सत्ता गठबन्धनका दलहरू कांग्रेस , माओवादी , एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त भैसकेको प्रदेशमा आज जसपा पनि सामेल हुने भएको हो। 



मुख्यमन्त्री थापाले प्रदेशमा कोशी नामविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि आफू सरकारमा सामेल हुन लागेको लिम्बूले बताइन्।

मुख्यमन्त्री थापाले विज्ञप्ति जारी गरेर यस्तो प्रतिबद्धता जनाएका हुन्। 

जसपा सांसद निर्मला लिम्बू यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन्। केन्द्रमा जसपाले   एमालेको साथ छाडेर सत्ता गठबन्धनमा सामेल भएपछि उनले राजीनामा दिएकी थिइन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap