२०८३ बैशाख २०

Author: Senior Editor Nima

चन्द्रमापछि सूर्यमा स्याटेलाइट पठाउँदै भारत, आदित्य–एल१ सार्वजनिक

चन्द्रमापछि सूर्यमा स्याटेलाइट पठाउँदै भारत, आदित्य–एल१ सार्वजनिक

समाचार
काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आफ्नो अर्को महत्वाकांक्षी मिसन आदित्य–एल१ सार्वजनिक गरेको छ । आदित्य–एल१ अन्तरिक्षमा आधारित सूर्यको अध्ययन गर्ने भारतको पहिलो भू–उपग्रह अथवा स्याटेलाइट हो । अगस्ट २६ मा यसको प्रक्षेपण गर्ने तयारी इसरोले गरेको छ । इसरोले सोमबार आदित्या–एल१ को पहिलो तस्बिर सार्वजनिक गरेको हो । यूआर राव स्याटेलाइट सेन्टर (यूआरएससी) बेंगलुरुमा बनाइएको स्याटेलाइट सतिस धवन अन्तरिक्ष केन्द्र श्रीहरिकोटामा पुर्‍याइएको छ । आदित्य–एल१ सूर्यको वायुमण्डलको अध्ययन गर्नको लागि बनाइएको कोरोनाग्राफ अन्तरिक्ष यान हो । यसलाई इसरो र भारतका अन्य अनुसन्धान संस्थाले निर्माण गरेको हो । यो स्याटेलाइटलाई पृथ्वी र सूर्य बीचको एल१ बिन्दु वरिपरिको हलो कक्षमा राखिने छ । त्यहाँबाट यसले सूर्यको वायुमण्डल, चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा त्यसको प्रभ...
भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

राजनीति
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न, मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारको अभियानलाई विश्राम नलिई अगाडि बढाउने पक्षमा रहेको बताए ।  मुलुकमा सुशासन कायम गर्ने विषय पूर्वसर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहीनता, ठगी अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने हिसाबले काम गरिरहेको उनले बताए ।  मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानुनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको उनले दाबी गरे । पुरानै गतिमा काम गरेर नपुग्ने निष्क...
एभरेष्ट बैंकले सुरु गर्‍यो ‘फोनट्याग’ नामक अफलाइन पेमेन्ट सेवा

एभरेष्ट बैंकले सुरु गर्‍यो ‘फोनट्याग’ नामक अफलाइन पेमेन्ट सेवा

देश, समाचार
काठमाडौं । एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारले फोनपेसँगको सहकार्यमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट सुविधा ‘फोनट्याग’ सेवा सञ्चालनमा ल्याएको छ । फोनट्यागले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न नचाहने ग्राहकलाई मोबाइल बैंकिङ एपबाट “एनएफसी ट्याग” वा 'सीपीक्यूआर' कोड अथवा ग्राहकले प्रस्तुत गर्ने क्यूआरकोडबाट भुक्तानी गर्न सक्षम बनाउँछ । यसरी गर्न सकिने अफलाइन कारोबारको सीमा प्रतिकारोबार पाँच हजार रुपैयाँ रहेको छ । यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार हाल यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्ट फोनरूमा उपलब्ध रहेको छ । एनएफसी नभएका मोबाइल फोनमा ग्राहकले सीपीक्यूआर कोड अथवा ग्राहकले देखाउने क्यूआर कोड प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाले क...
बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

राजनीति
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । अहिले बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नेताहरुबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । सदनमा जारी रहेको अवरोधको विषयमा पनि छलफल हुने नेताहरुको भनाइ छ ।
७ महिनामा प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर

७ महिनामा प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। २०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र संसदीय दल नेता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यसबीचमा प्रधानमन्त्री दाहालले गठबन्धनसमेत परिवर्तन गरेका थिए। पुसमा नेकपा एमाले, रास्वपा र राप्रपासहित दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनका बेला गत फागुनमा त्यो गठबन्धन छाडेर नेपाली कांग्रेससहित चुनावकै बेलाको गठबन्धनमा फर्केका थिए। प्रधानमन्त्री दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। त्यस्तै २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २९ मा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुनर्गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्यांकले देखाउँछ। पछिल्लो पटक प्रधानमन्त्री...
उपराष्ट्रपति यादव आज चीन जाँदै

उपराष्ट्रपति यादव आज चीन जाँदै

राजनीति
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन जाँदै छन् ।  सातौं चाइना–साउथ एसिया एक्स्पो र २७औं चाइना कुनमिङ इम्पोर्ट एण्ड एक्सपोर्ट (कुनमिङ फेयर) मा सहभागी हुन उनी चीन जान लागेका हुन् ।  एक्स्पो कुनमिङमा बुधबारदेखि सुरु हुँदैछ ।   उपराष्ट्रपतिको चीन भ्रमण टोलीमा उनको श्रीमती चम्पादेवी यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र अन्य उच्च सरकारी अधिकारीहरु रहेका छन् ।   उपराष्ट्रपति यादवले एक्स्पोलाई बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सातौं चाइना–साउथ एसिया एक्स्पोमा नेपाललाई ‘थिम कन्ट्र’को रुपमा राखिएको छ । एक्स्पोमा नेपाल प्याभिलियन रहनेछ जसको उद्घाटन उपराष्ट्रपति यादवले गर्नेछन् । प्याभिलियनमा एक सयभन्दा बढी नेपाली व्यापारीहरुले आफ्ना उत्पादनहरु प्रदर्शनी गर्ने जनाइएको छ ।  उपराष्ट्रपति यादव भद...
कोसी प्रदेशसभा बैठक भदौ १ गते बस्ने

कोसी प्रदेशसभा बैठक भदौ १ गते बस्ने

देश, समाचार
विराटनगर । कोसी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी शुक्रबार १ बजे बैठक बस्ने जनाएको छ । प्रदेशसभाको बैठक गत असार १५ गते अर्को सूचना नहुन्जेलसम्म स्थगित भएको थियो । असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । ...
‘माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन’

‘माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन’

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन् । “...पत्रपत्रिकामा मेरो बारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो,” उनले भने, “गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन । उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा ...
अनितादेवीले लिइन् मन्त्रीको शपथ

अनितादेवीले लिइन् मन्त्रीको शपथ

राजनीति
काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् । यसअघि, नेकपा (माओवादी केन्द्र)का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो । ...
नेपाल र यूएसएआईडीबीच संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न

नेपाल र यूएसएआईडीबीच संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न

राजनीति
काठमाडौं । नेपाल सरकार र काठमाडौंस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)बीच आज संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न भएको छ । दुई निकायहरूबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरूबीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा कार्यक्रम सफल भएको दाबी गरिएको छ । “अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त पोर्टफोलियो समीक्षा २०२३ ले नेपालमा विकासका चुनौतीहरूलाई सम्बोधन गर्न र नेपाली नागरिकहरूको हितका लागि रणनीतिहरूलाई पङ्क्तिबद्ध गर्न संयुक्त प्रयासलाई बढावा दिएको छ,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमले नेपाल सरकार र नेपाली जनतासँगको यूएसएआईडीको साझेदारीमार्फत हासिल भएका महत्त्वपूर्ण उपलब्धिहरूमाथि प्रकाश पार्दै थप सहकार्यका लागि क्षेत्रहरू पहिचान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत ड...