२०८३ कार्तिक १२

उच्चस्तरीय समिति बनाएर भ्रष्टाचारविरुद्ध छानबिन गरौं : नेसपा अध्यक्ष भट्टराई




बुटवल — नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति बनाएर पञ्चायतकालका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको भ्रष्टाचार विरुद्धका मुद्दाहरु छानबिन गर्न आग्रह गरेका छन् ।


Advertisement


बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको प्रमुख कार्यकारी माथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताए । देशमा अस्थिर सरकार भएका कारण भ्रष्टाचारीमाथि अहिले उठेका विषयमा कारबाही हुनेमा शंका गर्ने प्रसस्त ठाउँ रहेको बताए । त्यस्तो हुन नदिन अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति बनाएरै भ्रष्टाचारविरुद्ध छानबिन हुनुपर्ने उनले दोहोराए ।

भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गरे । ‘अहिले प्रकान्तरले छानबिनका कुरा आएका हुन् । उहाँहरु निल्नु न ओकल्नुमा हुनुहुन्छ, ’ भट्टराईले अघि भने, ‘उहाँहरु नडराउनु भए हुन्थ्यो, म त भ्रष्टारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु ।’ माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनु पर्ने बताउँदै उनले विगतका आयोग जस्तो नभइ बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने बताए ।



संसद्‌मा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उनले उल्लेख गरे । एमालेको माग सैद्धान्तिक ढंगले ठिक भएको बताउँदै उनले भने, ‘सबैलाई छानबिन गर्न सक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’

ललिता निवास प्रकरणको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष भट्टराईले यस प्रकरणमा आफूबाटै अनुसन्धान भए आफू सबैभन्दा धेरै खुसी हुने बताए । आफू व्यक्तिगत रुपमा जोडिएको नभइ प्रधानमन्त्री भएका बेला गरेको केही निर्णयले असर गरेको भन्ने सुनेका बताउँदै उनले भ्रष्टाचार विरुद्धको छानबिनमा जोकेहीमाथि अनुसन्धान गर्न सरकार डराउन नहुने बताए । ‘भ्रष्टाचारविरुद्ध मेरा हरेक क्रियाकलाप छानबिन होस्, म तयार छु,’ उनले भने ।

अध्यक्ष भट्टराईले उच्चस्तरीय निष्पक्ष छानबिन समिति कार्यकारी पदमा रहेका सबै व्यक्तिको क्रियाकलाप र सम्पत्ति छानबिन गर्न आग्रह गरे । ‘भ्रष्टाचारी पत्ता लगाउने हो र भ्रष्टाचार रोक्ने हो भने पुराना मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपति उपराष्ट्रपतिसम्मको छानबिन गर्ने उच्चस्तरीय संयन्त्र बनाएर काम गरौं । बल्ल सही नतिजा देखिने छ ।’

नेता भट्टराईले कानुनमा अपराधीलाई उन्मुक्ति दिने छिद्रहरू रहेको बताउँदै सरकारले खुट्टा नकमाइ भ्रष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्ने बताए । ‘तर अहिले आफू सत्ता बाहिर रहँदा भ्रष्टाचार विरुद्धको ठूला कुरा गर्ने र ठूला दलका नेता अरु लेनदेनमा मिलेर मुद्दा ओझेलमा पार्ने काम भइरहेको छ । त्यस्तो नहोस्,’ उनले भने ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap