२०८३ बैशाख २०

Author: Senior Editor Nima

बढी प्रतिफल दिन लाग्दा लघुवित्तमा समस्या निम्तियो : कार्यकारी निर्देशक नेपाल

बढी प्रतिफल दिन लाग्दा लघुवित्तमा समस्या निम्तियो : कार्यकारी निर्देशक नेपाल

देश, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्त वित्तीय संस्थाले गरिबको नाममा लिएको पैसाले सेयरधनीलाई बढी प्रतिफल दिन लाग्दा समस्या आएको बताएका छन् । बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बढी नाफा कमाउन खोज्दा लघुवित्तले केही उत्तरदायित्व भुलेको बताए । “लघुवित्तलाई सेयर बजारमा सुनको अन्डा दिने कम्पनीको रूपमा चिनाइयो । यो गलत हो । सेयर खेलाडीहरूको हाबी पनि भयो,” उनले भने, “सेयरधनीलाई बढी प्रतिफल दिन लाग्दा लोन बढाउने र उठाउने काम मात्र भयो । यो गलत हो । ऐनका कारण राष्ट्र बैंक टुलुटुलु हेरेर बस्न बाध्य भयो ।” ‘भेस्टेड इन्ट्रेस्ट’ भएकाहरूले चाहँदैमा ऐन संशोधन हुने गरेकोले पनि समस्या निम्तिएको उनले बताए । कोभिडपछि लघुवित्तका प्रतिनिधि जनमानसमा...
साउदी गएका नेइमार भन्छन्– खेलकुदको नयाँ इतिहास लेख्ने चाहना छ

साउदी गएका नेइमार भन्छन्– खेलकुदको नयाँ इतिहास लेख्ने चाहना छ

खेलकुद, समाचार
काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्धित भएका छन् । बार्सिलोनाका पूर्वखेलाडी नेइमारलाई अल हिलालले ९० मिलियन युरोमा अनुबन्धित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् । अल हिलालले मंगलबार राति नेइमारलाई आधिकारिक रुपमा सार्वजनिक गरेको हो । “मैले युरोपमा धेरै कुराहरु हासिल गरेँ र विशेष समयलाई खुसीसाथ बिताएँ । तर, म सधैँ विश्वव्यापी खेलाडी बन्न, नयाँ चुनौतीसामू र नयाँ अवसरमा आफूलाई परीक्षण गर्न चाहन्थेँ,” हिलालसँगको सम्झौतापछि नेइमारले भने । यसै सिजन पीएसजीको नयाँ प्रशिक्षकका रुपमा आएका लुइस एनरिकेको आगामी योजनामा नेइमार समेटिएका थिएनन् । नेइमार सन् २०१७ मा कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । “म खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु । र, यस समय साउदीको लिगम...
गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभा बैठक बस्दै

राजनीति
गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। ‘बिजनेस’ नभएपछि बैठक दुई पटकसम्म स्थगन भएको थियो।   आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ।  सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए। यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो। प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरूरी सार्वजनिक महत्वका दुई वटा प्रस्ताव पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ।  प्रदेश सभाको दोस्रो कार्यकाल सुरू भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन। प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेश सभामा अर्थ तथा विकास, सार...
भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्‍डले दिए समकक्षी मोदीलाई बधाई

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्‍डले दिए समकक्षी मोदीलाई बधाई

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्। मंगलबार परेको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै मोदीलाई बधाई एवं शुभकामना दिएका हुन्।  उनले प्रधानमन्त्री मोदीसँगै भारतका जनतालाई पनि शुभकामना व्यक्त गरेका छन्।  ‘भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु,’ उनले लेखेका छन्।  https://twitter.com/PM_nepal_/status/1691326379152019456?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1691326379152019456%7Ctwgr%5Ebb8a52f762908dcfaf989f3880f12302d2301208%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F ...
नयाँ-नयाँ काम गर्न एमालेबाट बिदा लिएको हुँः केशव स्थापित

नयाँ-नयाँ काम गर्न एमालेबाट बिदा लिएको हुँः केशव स्थापित

राजनीति
गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नेकपा (एमाले) को केन्द्रीय कमिटीबाट बिदा लिएका छन्।  राजनीतिकर्मी र विवादित व्यक्तित्वको समानान्तर छवि बनाएका स्थापित नेकपा (एमाले) फर्किएको करिब ८ वर्षपछि पुनः निष्क्रिय बसेका छन्। एमालेको सोमबार बसेको सचिवालय बैठकले उनीसहित सिराहका प्रदोदनारायण यादवलाई बिदा दिने निर्णय गरेको छ। एमालेको सक्रिय राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेपछि उनीसँग हामीले कुराकानी गरेका छौं। सुरूमा उनले पार्टीबाट बिदा लिएको स्वीकार गर्न चाहेनन्। ‘कसले भन्छ मलाई समेत थाहा नभएको कुरा,’ उनले अस्वीकार गर्दै भने। तर पार्टीका नेताहरूले नै जानकारी गराएको भनेपछि ‘यो त मैले पो भन्नुपर्थ्यो’ भन्दै कारण बताउन थाले। पार्टीको सक्रिय राजनीतिलाई केही समयका लागि बिसाएर अध्ययन र थाती रहेका केही काम गर्न...
उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति यादव चीन प्रस्थान

राजनीति
काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादव पहिलो विदेश भ्रमणको रुपमा चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य चलिरहँदा उपराष्ट्रपति यादवको नेतृत्वमा एक टोली त्यसतर्फ गएको हो । मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण गत बुधबार स्वीकृत गरेको थियो । उपराष्ट्रपति यादवको भ्रमण साउन २९ देखि भदौ ४ सम्म एक साताको हुनेछ । उपराष्ट्रपति यादव चीनको कुनमिङमा आयोजना हुने सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा सहभागी हुनेछन् । उनको टोलीमा शिक्षामन्त्री अशोक राई, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत अधिकारीहरू सहभागी छन् । ...
एमजीले ल्यायो एक्सचेन्ज अफर, जुनसुकै गाडी ईभीसँग साट्न मिल्ने

एमजीले ल्यायो एक्सचेन्ज अफर, जुनसुकै गाडी ईभीसँग साट्न मिल्ने

देश, समाचार
काठमाडौं । एमजी अर्थात् मोरिस ग्यारेज मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विशेष एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १००औँ वार्षिकोत्सवको अवसरमा एमजीले यो अफर ल्याएको हो । यसअन्तर्गत ग्राहकहरूले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ । पारामाउन्ट मोटर्सले एमजी मोटर्सको १००औँ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण नेपाली ग्राहकहरूलाई साथ र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ । साउन २६ देखि भदौ २४ सम्म चल्ने अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्ने कम्पनीको भनाइ  छ । ...
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, "अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायमा आत्मविश्वास पैदा हुनेगरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे–जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाउँ।" "निजी क्षेत्रलाई विश्वासम...
एमडीएमएसमा फोन दर्ता गर्न ६७ हजारले दिए निवेदन

एमडीएमएसमा फोन दर्ता गर्न ६७ हजारले दिए निवेदन

समाचार
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा कागजात देखाएर विदेशबाट ल्याएको फोनको आईएमईआई नम्बर दर्ता गर्न करिब ६७ हजारले आवेदन दिएका छन् । प्राधिकरणको सोमबारसम्मको तथ्यांकअनुसार विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटको आईएमईआई नम्बर दर्ता गर्न यतिको संख्यामा मानिसहरूले आवेदन दिएको हो । विदेशबाट आएका व्यक्तिले आफ्नो पासपोर्टको विवरण, कुन देशबाट नेपाल फर्केको भन्नेलगायत अराइभल विवरण राखेपछि फोनको आईएमईआई नम्बर दर्ता हुन्छ । हालसम्म करिब ६७ हजार आवेदकमध्ये करिब ४८ हजारको फोनको आईएमईआई नम्बर दर्ता भइसकेको र करिब १८ हजारको चाहीँ कागजात नमिल्दा दर्ता भइनसकेको प्राधिकरणले जनाएको छ । एक करोड नाघ्यो दर्ता नभएको आईएमईआई नम्बरप्राधिकरणले एमडीएमएसमा दर्ता नभएको आईएमईआई संख्या एक करोड नाघेको बताएको छ । धेरैजसो एउटै फोन...
आईएसएल क्लब चेन्नाईयन एफसीसँग नेपालको त्रिभुवन आर्मी पराजित

आईएसएल क्लब चेन्नाईयन एफसीसँग नेपालको त्रिभुवन आर्मी पराजित

खेलकुद, समाचार
काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी दुरान्द कपको दोस्रो खेलमा इन्डियन सुपर लिग (आईएसएल) खेल्ने चेन्नाईयन फुटबल क्लबसँग ३–० ले पराजित भएको छ । सोमबार भारतको कोक्राझारस्थित साई सेन्टर रंगशालामा सम्पन्न खेलमा चेन्नाईयनलाई सहज जित दिलाउन फारुख चौधरी, रहिम अली र मोहम्मद रफिकले गोल गरे । खेलको २२‍‍‍औँ मिनेटमा फारुख चौधरीले गरेको गोलबाट चेन्नाईयनले अग्रता बनाएको थियो । ४०‍‍‍औँ मिनेटमा रहिम अलीले टोलीको अग्रता दोब्बर बनाए । यही गोलमा चेन्नाईयनले पहिलो हाफमा आर्मीविरुद्ध २–० को अग्रता बनाएको थियो । यस्तै, ८३‍‍‍औँ मिनेटमा मोहम्मद रफिकले गोल गर्दै चेन्नाईयनको अग्रतालाई ३–० मा पुर्‍याएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा चेन्नाईयनले सहज जित निश्चित गर्‍यो । आर्मीविरुद्धको जितसँगै दुई खेलबाट ६ अंक जोडेको चेन्नाईयन एफसी समूह ‘ई’बाट प्रतियोगिताको क्वार्ट...