२०८१ जेष्ठ ४

चन्द्रमापछि सूर्यमा स्याटेलाइट पठाउँदै भारत, आदित्य–एल१ सार्वजनिक




काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आफ्नो अर्को महत्वाकांक्षी मिसन आदित्य–एल१ सार्वजनिक गरेको छ ।


Advertisement


आदित्य–एल१ अन्तरिक्षमा आधारित सूर्यको अध्ययन गर्ने भारतको पहिलो भू–उपग्रह अथवा स्याटेलाइट हो ।

अगस्ट २६ मा यसको प्रक्षेपण गर्ने तयारी इसरोले गरेको छ । इसरोले सोमबार आदित्या–एल१ को पहिलो तस्बिर सार्वजनिक गरेको हो ।

यूआर राव स्याटेलाइट सेन्टर (यूआरएससी) बेंगलुरुमा बनाइएको स्याटेलाइट सतिस धवन अन्तरिक्ष केन्द्र श्रीहरिकोटामा पुर्‍याइएको छ ।



आदित्य–एल१ सूर्यको वायुमण्डलको अध्ययन गर्नको लागि बनाइएको कोरोनाग्राफ अन्तरिक्ष यान हो । यसलाई इसरो र भारतका अन्य अनुसन्धान संस्थाले निर्माण गरेको हो ।

यो स्याटेलाइटलाई पृथ्वी र सूर्य बीचको एल१ बिन्दु वरिपरिको हलो कक्षमा राखिने छ । त्यहाँबाट यसले सूर्यको वायुमण्डल, चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा त्यसको प्रभाव जस्ता अध्ययन गर्नेछ।

सूर्यको अवलोकन गर्न समर्पित पहिलो मिसन भएका कारण भारतीय अन्तरिक्ष एजेन्सीको लागि यो ऐतिहासिक मिसन हुनेछ । भारतले केही दिनअघि मात्रै चन्द्रमामा अवतरण गराउनका लागि चन्द्रयान–३ को प्रक्षेपण गरेको थियो ।

Copy link
Powered by Social Snap