२०८३ कार्तिक १२

गण्डकी प्रदेशसभा बैठक बस्दै




गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ।

‘बिजनेस’ नभएपछि बैठक दुई पटकसम्म स्थगन भएको थियो।  


Advertisement


आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ। 

सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए। यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो।



प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरूरी सार्वजनिक महत्वका दुई वटा प्रस्ताव पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ। 

प्रदेश सभाको दोस्रो कार्यकाल सुरू भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन। प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेश सभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap