२०८३ बैशाख २०

Author: Senior Editor Nima

नेपालमा केही हुँदैन भन्ने होइन, गरे हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : पुन 

नेपालमा केही हुँदैन भन्ने होइन, गरे हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : पुन 

राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ ।  ‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तरक्रियामा कृषि, पर्यटन, ऊर्जा, जलश्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलश्रोत र बाणिज्यसहित विज्ञिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए । कार्यक्रमका प्रमुख वक्ता विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले स्वदेशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताए । औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनले बताए । पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्य...
संसद् खुलाउन राष्ट्रपतिको सक्रियता

संसद् खुलाउन राष्ट्रपतिको सक्रियता

देश, राजनीति, समाचार
प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षपछि प्रमुख प्रतिपक्ष एमाले अध्यक्षसँग राष्ट्रपतिको छलफल, सर्वदलीय बैठक बोलाउने तयारी काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसद्को अवरोध खुलाउने विषयमा सहजीकरण गरेका छन् । त्यसअघि पनि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छलफल गरेका थिए । पौडेलले संसद्को अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउने मनस्थितिसमेत बनाइरहेको शीतल निवास स्रोतले बतायो । लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसद्प्रति जनतामा नकारात्मक प्रभाव पर्ने भन्दै पौडेलले एमाले अध्यक्ष ओलीलाई जिम्मेवारी भइदिन आग्रह गरेका छन् । ओलीले सत्तारूढ दलसँग राख्दै आएको न्यायिक जाँचबुझ आयोग गठनको विषय राष्ट्रपतिसँग पन...
पुस्तक चोर्न पाइने पुस्तकालय

पुस्तक चोर्न पाइने पुस्तकालय

शिक्षा, समाचार
दार्जिलिङ — नेपालीभाषी बाहुल्य भारत, पश्चिम बंगालभित्रको दार्जिलिङमा अलग राज्य ‘गोर्खाल्यान्ड’ को माग उठेको शताब्दी नाघिसक्यो । बेला–बेला बल्दै, निभ्दै गर्ने आन्दोलनको आगो सन् २०१७ मा जुनदेखि १ सय ५ दिन दन्कियो । यातायात, कलकारखानादेखि स्कुल, कलेज सबै ठप्प थिए । जनजीवन अस्तव्यस्त थियो । गोर्खाल्यान्डको इपिसेन्टर दार्जिलिङदेखि करिब ३४ किलोमिटर टाढाको चियाबारी गाउँ पोख्रेबुङकी शिक्षक सिर्जना सुब्बा भने आन्दोलनको चटारोबीच विद्यार्थी पढाइरहेकी थिइन् । स्कुल त बन्द थियो । तर, भर्खरै गाडी बेचेर खाली भएको ग्यारेजलाई पुस्तकालयमा परिणत गरेकी थिइन् । त्यही पुस्तकालय आन्दोलनताका ‘कोचिङ सेन्टर’ बन्यो । ‘मेरा धेरै पुस्तक कोठामा अट्ने अवस्था थिएन,’ सिर्जनाले सुनाइन्, ‘खासमा आफूले पढिसकेका पुस्तक साझा गर्ने योजनाकै कारण पुस्तकालय बनेको हो ।’ इतिहासमै सबभन्दा लामो समय चलेको गोर्खाल्यान्ड ...
५५ वर्षदेखि हाटबजार

५५ वर्षदेखि हाटबजार

उद्यमशीलता, देश, समाचार
९० वर्षीया फूलमायाले गुजारा मात्र चलाएकी छैनन्, दुई छोरीको बिहे गरिदिइन्, घर–जमिन जोडिन्, अहिले नातिसमेत पाल्दैछिन् झापा — भोजपुरको दलगाउँबाट लालाबाला च्यापेर तराई झापा झर्दा उनी पुग नपुग ३४ वर्षकी थिइन् । छोरीलाई स्कुल नपढाउने जमानाकी उनको बिहे २० वर्षकै उमेरमा भएको थियो । दुई छोरी च्यापेर ‘गरिखान’ ५६ वर्षअघि मधेश झरेको उनले सुनाइन् । त्यस बेला औलोको प्रकोप थियो । तर, उनलाई यसको परवाह भएन । एउटै चिन्ता थियो– ‘लालाबालासहित आफ्नो पेट कसरी पाल्ने ?’ धुलाबारीमा डेरा लिएर कामको खोजीमा भौंतारिइन् । एक दिन कसैले भनेछ, कसैको नोकरी गर्नुभन्दा आफैं व्यापार गरेको बेस । व्यापारका लागि पुँजी चाहिन्थ्यो । मजदुरी र सरसापटी गरेर केही रकम जुटाइन् । अनि थालिन्– चुरा, पोते, धागो र ढाका टोपीको व्यापार । ‘पैसा जुटाउन र व्यापार सिक्न एक वर्षजति लाग्यो,’ मेचीनगर–९ धुलाबारीकी ९० वर्षीया फूलमायाले ...
रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूत छनको भेटवार्ता

रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूत छनको भेटवार्ता

देश, समाचार
काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत छन सोङले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलगायतका नेतालाई भेटेका छन् । बुधबार राजदूत छनले रास्वपा कार्यालय वनस्थली पुगेर सभापति लामिछानेलगायतका नेतालाई भेटेका हुन् । भेटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । त्यस्तै उत्तरी सीमा क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पहल गर्ने पनि राजदूत छनले प्रतिबद्धता गरेको रास्वपाको भनाइ छ । भेटमा सभापति लामिछानेले रास्वपा 'एक चीन नीति'प्रति अडिग रहेको बताएका थिए । भेटमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावललगायतका नेतासमेत सहभागी थिए । ...
चिनियाँ सैनिक टोली आउँदै

चिनियाँ सैनिक टोली आउँदै

समाचार
काठमाडौँ — चिनियाँ जनमुक्ति सेना(पीएलए) को एउटा टोली आज नेपाल आउने भएको छ । बुधबार पीएलएअन्तर्गतको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको हो । उनी बोर्डर डेलिगेसन टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार चिनियाँ टोली बुधबार आएपछि प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त टोली भदौ ३ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ । ...
डेपुटी गभर्नर भन्छिन्– जो सुकैले ऋण लिएपछि तिर्नै पर्छ

डेपुटी गभर्नर भन्छिन्– जो सुकैले ऋण लिएपछि तिर्नै पर्छ

देश, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिमिल्सिनाले सबैले ऋण लिएपछि तिर्नु पर्छ भन्ने चेतना फैलाउनु पर्ने बताएकी छन् । लघुवित्तका ऋणीको ऋण मिनाहा हुन्छ भन्दै कोही पनि हिँड्न नहुने उनले बताइन् । बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा लघुवित्त पनि नियम मिचेर लगानी गर्न उत्साहित हुन नहुने तिमिल्सिनाले बताइन् । “केही लघुवित्तले गर्दा लघुवित्तको इमेज बिग्रयो । एउटै व्यत्तिलाई धेरै लघुवित्तले ऋण दिँदा पनि समस्या निम्तिएको हो,” उनले भनिन्, “तर, यसरी कारोबार गर्ने १२÷१३ प्रतिशत लघुवित्त छन् । महिला आर्थिक सशक्तीकरणका लागि लघुवित्तलाई खुकुलो छोडेका हौँ । अहिले लघुवित्तलाई राष्ट्र बैंकले सुधार गर्न केही कसेको हो ।” लघुवित्त स्वनियमनमा सञ्चालन हुनु पर्ने पनि उनको भनाइ...
संसद्को गतिरोध खुलाउन सत्तारूढ दलबीच छलफल

संसद्को गतिरोध खुलाउन सत्तारूढ दलबीच छलफल

राजनीति
काठमाडौं । सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गरिरहेको अवरोध खुलाउनेबारे छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन् ।  बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए । ...
कोसीमा कांग्रेसका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

कोसीमा कांग्रेसका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

राजनीति
विराटनगर ।‌ नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् ।‌ मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।‌ मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।‌ प्रदेशसभाको बैठक भदौ १ गते बोलाइएको छ । ...
मेसीको आगमनयता इन्टर मियामीको शतप्रतिशत जित

मेसीको आगमनयता इन्टर मियामीको शतप्रतिशत जित

खेलकुद
पहिलोपटक लिग्स कपको फाइनलमा प्रवेश काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले लगातार छैटौँ खेलमा गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा फिलाडेल्फियाविरुद्ध ४–१ को सहज जित निकाल्दै मियामी क्लब इतिहासमा पहिलोपटक लिग्स कपको फाइनलमा प्रवेश गरेको हो । इन्टर मियामीको जितमा जोसेफ मार्टिनेज, लियोनल मेसी, जोर्डी अल्बा र डेविड रुइजले गोल गरे । खेलको तेस्रो मिनेटमा नै मार्टिनेजले गरेको गोलबाट मियामीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा कप्तान मेसीको गोलबाट मियामीले अग्रता दोब्बर बनाएको थियो । मैदानको मध्य भागबाट बल अघि बढाएका मेसीले १८ यार्ड बक्सभन्दा बाहिरबाट गरेको लामो प्रहार गोल भएको थियो । पहिलो हाफको इन्जुरी समयमा अल्बाले गोल गरेपछि मियामीले ३–० को सहज अग्रता बनाएको थियो । फिला...