२०८१ जेष्ठ ७

रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूत छनको भेटवार्ता




काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत छन सोङले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलगायतका नेतालाई भेटेका छन् ।


Advertisement


बुधबार राजदूत छनले रास्वपा कार्यालय वनस्थली पुगेर सभापति लामिछानेलगायतका नेतालाई भेटेका हुन् । भेटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।



त्यस्तै उत्तरी सीमा क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पहल गर्ने पनि राजदूत छनले प्रतिबद्धता गरेको रास्वपाको भनाइ छ । भेटमा सभापति लामिछानेले रास्वपा ‘एक चीन नीति’प्रति अडिग रहेको बताएका थिए ।

भेटमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावललगायतका नेतासमेत सहभागी थिए ।

Copy link
Powered by Social Snap