२०८३ बैशाख २०

Author: Senior Editor Nima

बाराही हस्पिटालिटीले ल्यायो ‘मनसुन अफर’

बाराही हस्पिटालिटीले ल्यायो ‘मनसुन अफर’

कभर स्टोरी, देश
काठमाडौं ।  बाराही हस्पिट्यालिटीले मनसुन अफर सुरु सुरु गरेको छ । चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आवास पोखरा र बाराही काठमाडौंमा मनसुन अफर सुरू भएको हो । चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा दुई रात तीन दिनको खानासहितको बसाइको प्याकेज बुक गर्दा जिप सफारी, सनडाउनर र गाउँ भ्रमण निःशुल्क पाइने कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । उक्त प्याकेजको प्रतिव्यक्ति २३ हजार ५०० रहेको छ । अफर बाहेकको मूल्य भने ३३ हजार हो । २३० रोपनीमा फैलिएको लग्जरी रिसोर्टमा ३९ वटा कटेज रुम र प्राइभेट स्विमिङपुलसहितको स्विट भिल्ला रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जनजिकै रहेको लजमा स्विमिङ पुल, स्पा समेत रहेको छ भने साँझमा स्थानीय थारु र कुमाल संस्कृति समेत हेर्न डाइरेक्टर थापाले बताए । पोखरा लेकसाइडमा रहेको होटल बाराहीमा जोडीको लागि दुई रात तीन दिन...
युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

देश, समाचार
काठमाडौं । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट साझेदारका रुपमा सहकार्य गर्ने भएको छ । सरकार, राष्ट्रिय युवा परिषद्, वाग्मती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई)ले संयुक्त रुपमा युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना गर्दै छन् । सम्मेलनको यो तेस्रो संस्करण हो । यसका लागि बुधबार सम्मेलनका मूल आयोजक कमिटीका संयोजक विशाल गैरे र वर्ल्डलिंक कम्युनिकेसनका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वर्ल्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको वातावरण निर्माणका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालको भनाइ छ । यस्तै, एनबीआईका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुला...
सहकारीहरूको अनुगमन नगरेको भन्दै सरकारको आलोचना

सहकारीहरूको अनुगमन नगरेको भन्दै सरकारको आलोचना

राजनीति
काठमाडौं । प्रमुख राजनीतिक दलका नेताले सहकारी संस्थाहरुको अनुगमन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का नेता खगराज अधिकारी, नेकपा (माओवादी केन्द्र)का नेता लिलामणी पोखरेललगायतले कडा कानुन र अनुगमनमा कडाइ नगरेका कारण सहकारी संस्थाहरुमा विकृति भित्रिएको भन्दै सरकारको आलोचना गरे । एमालेका नेता अधिकारीले सरकारले ध्यान नदिएका कारण सहकारी संस्थाहरुमा विकृति भित्रिएको आरोप लगाए । उनले सहकारी संस्थाहरुको उचित परिचालन हुने गरी कानुन संशोधन गर्न पनि सरकारसँग माग गरे । सरकारले सहकारी संस्थाहरुलाई आवश्यक सहुलियत र सुविधाहरु पनि उपलब्ध गराउनुपर्ने नेता अधिकारीको भनाइ थियो । उनले केही सहकारी संस्थाहरुको कमजोरीलाई लिएर सबै सहकारी उ...
त्रिवि सेवा आयोगको अध्यक्षमा डा. भट्टराई नियुक्त 

त्रिवि सेवा आयोगको अध्यक्षमा डा. भट्टराई नियुक्त 

राजनीति
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास केन्द्रीय विभागमा प्राध्यापनरत डा. भट्टराईलाई गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त अध्यक्षले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । उनी त्रिवि इतिहास केन्द्रीय विभागका प्रमुख पनि हुन् । ...
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

देश, समाचार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख नौ हजार ८५० रुपैयामा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
एमालेको मञ्चमा अब अध्यक्ष ओलीको मात्र फोटो

एमालेको मञ्चमा अब अध्यक्ष ओलीको मात्र फोटो

राजनीति
नेकपा (एमाले) ले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न परिपत्र गरेको छ। सोमबार बसेको पार्टी सचिवालयले मञ्च सञ्चालन, प्रयोगसम्बन्धी निर्णय गरेको भन्दै उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा अध्यक्षको मात्र फोटो राख्ने बताएका हुन्। ‘हिजो एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको हालैको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गर्नुभयो। उहाँको उद्घोषलाई हलभरि उपस्थित सयौंको संख्याका उद्यमी, व्यवसायी र आमन्त्रित विभिन्न तह तथा तप्काका व्यक्तिहरूले ताली बजाएर स्वागत गर्नुभयो,’ उनले भनेका छन्। ...
एमाले लुम्बिनीको प्रदेश अधिवेशनमा १ हजार प्रतिनिधि, खानेबस्ने प्रबन्ध आफैं गर्नुपर्ने

एमाले लुम्बिनीको प्रदेश अधिवेशनमा १ हजार प्रतिनिधि, खानेबस्ने प्रबन्ध आफैं गर्नुपर्ने

राजनीति
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका सहभागी प्रतिनिधिले खानेबस्ने प्रबन्ध आफैं मिलाउनु पर्ने भएको छ। एमालेको लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवलमा हुँदै छ। सोही महाधिवेशनमा सहभागी हुन आउने रुकुम पूर्व र रोल्पाका प्रतिनिधि बाहेक अन्य १० जिल्लाका प्रतिनिधिले आफ्नो बस्ने र खाने व्यवस्था आफैं गर्नुपर्ने छ। ‘रोल्पा र रुकुम पूर्वका प्रतिनिधिलाई बस्ने र खाने व्यवस्था आयोजनाले गर्ने छ, अरू १० जिल्लाका प्रतिनिधिलाई भने आयोजकको तर्फबाट खाने बस्ने व्यवस्था गरिएको छैन उहाँहरू आफैंले व्यवस्था गर्नुपर्ने छ,’ एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं अधिवेशन आयोजक समितीका संयोजक राधाकृष्ण कँडेलले भने। अधिवेशनका लागि सहभागी प्रतिनिधीसँग न्यून शुल्क लिने र बस्ने खाने व्यवस्था पनि प्रतिनिधि स्वयंले गर्नुपर्ने निर्णय गरिएको कँडेलले बताए।&nbs...
दोरम्बा जाँदै प्रधानमन्त्री प्रचण्ड

दोरम्बा जाँदै प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार (आज) रामेछापको दोरम्बा जाँदै छन्। दोरम्बा स्मृति दिवस र पार्टीका अरू गतिविधिमा सरिक हुन रामेछाप जान लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। ‘आज दोरम्बा स्मृति दिवस पनि हो। पार्टीका अरू कार्यक्रमहरू पनि छन्,’ उनले भने। तत्कालीन सरकार र नेकपा (माओवादी)बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो। दोस्रो युद्धविरामकै सयमा आजकै दिन, साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो। युद्धविराम उल्लंघन गर्दै तल्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना कार्यकर्ता मारिएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ। ...
मधेश प्रदेश लोक सेवा आयोगले माग्यो १७ जना अधिकृत

मधेश प्रदेश लोक सेवा आयोगले माग्यो १७ जना अधिकृत

देश, समाचार
मधेश प्रदेश लोक सेवा आयोगल १७ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। बिहीबार सूचना जारी गर्दै आयोगले एघारौं र नवौं तहको अधिकृतका लागि दरखास्त आह्वान गरेको हो। एघारौं तहको अधिकृतमा एकजना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट खुला प्रतिस्पर्धाबाट छान्ने भएको छ। त्यस्तै अप्राविधिक तर्फ तीन जनामा एकजना खुला, एकजना मधेशी महिला र एकजना दलित महिला मागेको छ। त्यस्तै प्राविधिक तर्फ सिभिल इन्जिनियर, जियोलोजी, हाइड्रोलोजी र  शिक्षातर्फ पनि जनशक्ति माग गरेको छ। स्वास्थ्य तर्फ कन्सल्टेन्ट सर्जन, अर्थोपेडिक सर्जन, रेडियोलोजिष्ट, साइक्याट्रिस्ट, पिडियाट्रिसियन, एनेस्थेसियोलोजिस्ट, अब्सटेट्रिक्स एन्ड गाइनोकोलोजिस्ट लगायतका विभिन्न विधामा जनशक्ति आह्वान गरेको हो।  अधिकृत एघारौं तहका लागि दरखास्त शुल्क १ हजार ५ सय र नबौं तका लागि  १ हजार दुई सय शुल्क निर्धारण गरिएको छ। समा...
रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख, स्नातक उत्तीर्ण भएको हुनुपर्ने

रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख, स्नातक उत्तीर्ण भएको हुनुपर्ने

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग त्यहाँ रहने पदाधिकारी र सदस्यहरू माग गरेको छ। पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७ वटै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन लागेको हो। पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने उसले बताएको छ। ‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्...