२०८२ माघ १५

Author: Senior Editor Nima

नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

SYM शुद्ध सकारात्मकता, देश, समाचार, स्वास्थ्य
चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन्।   राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो। बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गरेकी थिइन्। Advertisement राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच  झन्डै पौने घन्टा कुरा भएको थियो।  कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल  सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्।...
को हो त आदर्शका बुवाको मृत्युको दोषी? साधारण नागरिक हुनु पाप हो?

को हो त आदर्शका बुवाको मृत्युको दोषी? साधारण नागरिक हुनु पाप हो?

देश, समाचार
सोमबार मोबाइलमा आदर्श मिश्राको एउटा भिडियो हेरेको थिएँ। उनले भिडियोमा नारायणी अस्पतालमा डायलासिस मेसिन बिग्रिएको र अब आफ्नो बाबालाई कहाँ लगेर उपचार गर्नू भनेर चिन्ता प्रकट गरेका थिए। ‘सम्बन्धित निकायले वास्ता गर्दैन, नारायणी अस्पतालको मेसिन बनाउन पोखराबाट इन्जिनियर आउनुपर्ने रे! कहिले आउने हो नि थाहा छैन’ भन्दै आँखाभरि असह्य पीडा लुकाउँदै एउटा भिडिओ सामाजिक संजालमा राखेका थिए। हिजो मंगलबार मोबाइल हेर्दा ‘आदर्श मिश्राको बाबाको निधन’ भन्ने समाचारले फेसबुकको वाल ढाकिसकेको रहेछ। त्यो समाचारले स्तब्ध बनायो। छोरोले मेरो बाबालाई बचाउछु भन्ने आश जीवितै राख्दाराख्दै पनि बाबाको सास जीवित रहन सकेन। एकाएक मेरो कानमा आदर्शले मेरो बाबालाई ‘के गरौँ?’ भन्ने त्यो गुहार र उसको मुहारमा देखिएको त्यो विवशता र सहाराहीनता तछाडमछाड गर्दै झलिक्न थाले। यो घटनाको लागि जिम्मेवार को? कस्ले जवाफ द...
सर्वोच्च अदालत बोलाएर पत्रकारलाई ‘केरकार’ गर्न मिल्छ?

सर्वोच्च अदालत बोलाएर पत्रकारलाई ‘केरकार’ गर्न मिल्छ?

देश, समाचार
सर्वोच्च अदालत प्रशासनले समाचारको विषयमा अनलाइनका प्रधान सम्पादकलाई कार्यालयमै बोलाएर ‘केरकार’ गरेको छ। नेपाल समय अनलाइनका प्रधान सम्पादक नारायण अमृत र इमेज खबर अनलाइनका प्रधान सम्पादक राजन कुइँकेललाई मंगलबार सर्वोच्च प्रशासनले ‘केरकार’ गरेको हो। यो कार्यमा सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थी, मुद्दा शाखाका बाबुराम दाहाल, सूचना अधिकारी देवेन्द्र ढकाल र सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेल संलग्न थिए। सम्पादकलाई अनौपचारिक छलफल गरौं भनी बोलाउने काम पौडेलले गरेका थिए। पौडेलले बोलाएपछि अमृत र कुइँकेल नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीलाई साथै लिएर सर्वोच्च गएका थिए। पुगेपछि दुबै सम्पादकलाई प्रकाशित समाचारको प्रमाण के हो भनी खोजिएको थियो। प्रमुख विपक्षी पाँच राजनीतिक दलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ब...
खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीले गरिन् भारतीय समकक्षीलाई अनुरोध

खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीले गरिन् भारतीय समकक्षीलाई अनुरोध

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गरेकी छन्। मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए। पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिएको उनले बताए। Advertisement 'कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको छ। यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गर्नुभएको हो,' उनले भने। नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ। राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन्। भारतले यसअघि १० लाख खोप अनुदान दिएको...
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

देश, राजनीति
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरू भएको छ। बुधबार बिहान साढे ८ बजे बोलाइएको बैठक एक घन्टा ढिला सुरू भएको एमाले सुदूरपश्चिमका सचेतक तारा लामा तामाङले बताए। बैठकमा २० जना सासंद सहभागी छन्। सभामुखबाहेक अरू तीन जना सांसद बैठकमा उपस्थित भएका छैनन्। आजको बैठकमा ओली पक्षका रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट अनुपस्थित छन्।  संसदीय दलका नेता प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बैठक आह्वान गरेका हुन्। सोमबार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपछि दलको बैठक बसेको छ। बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। Advertisement केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरिसकेको भए पनि प्रदेशमा एमालेका बहुमत सांसद माधव नेपाल पक्ष...
लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

देश, समाचार
आज लुम्बिनीमा २५६५ औं बुद्ध जयन्ती मनाइएको छ। कोरोनाभाइरस महामारीका कारण पहिलेजस्तो यसवर्ष धुमधामले बुद्धजयन्ती मनाइएन। पहिले राष्ट्र प्रमुख, सरकार प्रमुख तथा बुद्ध र लुम्बिनीसँग सरोकार राख्ने विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा र्‍यालीसहित बुद्ध जयन्ती मनाइन्थ्यो।  यसवर्ष भने धेरै मानिस जमघट भएनन्। सामान्य रूपमै बुद्धजयन्ती मनाइयो। लुम्बिनी बिकास कोषले औपचारिकताको लागि २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाएको हो ।  Advertisement कोषका सदस्यसचिव सानुराजा शाक्यले कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण गतवर्ष जस्तै यसबर्ष पनि बुद्ध पूजा पाठ, दीप प्रज्वलन र परित्राण पाठ गरेर मनाइएको बताए। यस्तै साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। आ...
काठमाडौंमा निषेधाज्ञा एक साता थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

काठमाडौंमा निषेधाज्ञा एक साता थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

देश, समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।  भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन।  'सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ,’ उनले भने।  भट्टराईले निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गरिने बताए। 'निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाही पनि हुन्छ,’ सिडिओ भट्टराईले भने।  केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्‍याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएक...
दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह

दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह

देश, समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ। सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो। यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। ...
बिरामी बोक्न अटोलाई ‘एम्बुलेन्स’ बनाएका हज्जु भन्छन्- आशिर्वाद नै कमाइभन्दा ठूलो

बिरामी बोक्न अटोलाई ‘एम्बुलेन्स’ बनाएका हज्जु भन्छन्- आशिर्वाद नै कमाइभन्दा ठूलो

देश, स्वास्थ्य
२७ वर्षका हज्जु अलीको सुर्खेतको वीरेन्द्रनगरमा आफ्नै मोबाइल पसल छ। त्यतिमात्र होइन उनले अटो रिक्सा किनेर भाडामा चलाउन दिएका छन्। कोरोना महामारीको दोस्रो लहरपछि वैशाख १४ देखि सुर्खेत प्रशासनले निषेधाज्ञा जारी गर्‍यो, यता उनको पसल बन्द भयो। मान्छे घरभित्रै बस्न थालेपछि अटो रिक्सा चल्ने कुरै भएन। हज्जु लकडाउनको केहीपछि चिनजानका एक बिरामीका आफन्तलाई पुर्‍याउन अटोरिक्सा लिएर कर्णाली प्रदेश अस्पताल पुगेका थिए। केहीबेर रोकिए। उनले अस्पतालबाट घर हिँडेका र अस्पताल पुर्‍याउन बिरामी र उनीहरूका आफन्तले अटो रिक्सालाई पैसा तिरेको देखे। बिरामी र बिरामीका आफन्तले रिक्साचालकसँग बार्गेनिङ गरेको दृष्यले उनको मन खायो। कतिको त खल्तीमै रिक्साले मागेजति पैसा पनि हुन्नथ्यो। उनीहरू मायालाग्दो गरी चालकलाई हेर्थे। कोभिड-१९ को संक्रमण फैलिरहेका बेला संक्रमितलाई अस्पताल लैजान...
माधव नेपालको अपिल- ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राजको स्थापना गरौं

माधव नेपालको अपिल- ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राजको स्थापना गरौं

देश, राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीबाट निष्काशन गरेका वरिष्ठ नेता माधवकुमार नेपालले ओली सरकारालई बढारेर मुलुकमा कानुनी राजको स्थापना गर्न अपिल गरेका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा अपिल जारी गर्दै नेपालले ओली समूहले आफूहरूलाई गरेको कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको बताएका छन्। उनले आफूले पार्टी एकतालाई कायम राख्न सकेजति प्रयास गरे पनि ओलीले प्रतिशोध साँधेको बताए। ओलीले व्यक्तिगत स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरेको पनि बताएका छन्। यस्तो छ नेपालको अपिलको पूर्ण पाठ: कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता - नेपालका कम्युनिष्ट पार्टीहरू एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस् , जनजीविका, जनताको हित, स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा एवम् समाजवाद उन्मुख काम गरून् भन्ने चाहन्छन्। तर जनअपेक्षा विपरीत केपी ओल...