२०८१ बैशाख १८

खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीले गरिन् भारतीय समकक्षीलाई अनुरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गरेकी छन्।

मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए।

पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिएको उनले बताए।


Advertisement


‘कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको छ। यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गर्नुभएको हो,’ उनले भने।

नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ। राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन्।

भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो। त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन।

Copy link
Powered by Social Snap