२०८२ माघ १६

Author: Senior Editor Nima

हिमालयन र इन्भेष्टमेन्ट जोडेका पृथ्वी भन्छन्- ८ वटा बैंक भए पुग्छ, आयकर घटाउनुपर्छ

हिमालयन र इन्भेष्टमेन्ट जोडेका पृथ्वी भन्छन्- ८ वटा बैंक भए पुग्छ, आयकर घटाउनुपर्छ

बैँक/ बीमा
दुई ठूला बैंक हिमालयन र इन्भेष्टमेन्ट केही महिनामै एक हुँदैछन्। हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकका नाममा सञ्चालन गर्ने गरी यी दुई बैंकबीच एकीकरण सम्झौता भइसकेको छ। अहिले सम्पत्ति र दायित्वको भित्री मूल्यांकन (डिडिए) लगायत कार्य जारी छ। हिमालयन र इन्भेष्टमेन्ट बैंक एकीकरणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन्, पृथ्वीबहादुर पाँडे। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे हिमालयन बैंकका संस्थापक तथा सञ्चालक समितिका सल्लाहकार हिमालयशमशेर राणाका ज्वाइँ हुन्। तीन दशकअघि हिमालयन बैंक स्थापनामा पनि पाँडेले भूमिका खेलेका थिए। त्यति बेला बैंक खोल्न भनेर उनले राष्ट्र बैंकको जागिर छाडेका थिए। बैंक स्थापनासम्बन्धी फाइल दरबारमै अड्किएका बेला २०४६ को जनआन्दोलन भयो। ‘प्रजातन्त्र पुनर्स्थापनापछि फेरि फाइल बनाएर स्वीकृति लिन अर्थ मन्त्रालय र राष्ट्र बैंक ...
सिसिएमसीको सिइओमा पूर्वरथी बालानन्द शर्मा

सिसिएमसीको सिइओमा पूर्वरथी बालानन्द शर्मा

देश
सरकारले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को पुनर्गठन गरेको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अध्यादेशमार्फत् सिसिएमसीको पुनर्गठन गरेको हो। पुनर्गठन गरिएको सिसिएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहनेछ। सिसिएमसीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ। विशेष खालका मुद्दामा डिल गर्न विशेष एजेन्सी प्रभावकारी भएको अनुभवको आधारमा यस्तो व्यवस्था गरिएको भट्टराईले जानकारी दिएका छन्।   Advertisement शर्मालाई सचिव सरहको राजनीतिक नियुक्ति गरिएको हो। कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ। यसलाई आपतकाल घोषणा गरेर सेना पर...
देउवालाई प्रधानमन्त्री नियुक्त गर्नेलगायत विपक्षी दलले सर्वोच्चसँग राखे चार माग

देउवालाई प्रधानमन्त्री नियुक्त गर्नेलगायत विपक्षी दलले सर्वोच्चसँग राखे चार माग

देश, राजनीति
विपक्षी पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्। विपक्षीका १४६ सांसद आफैं पुगेर सोमबार सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन्। रिटमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीसामु पेश गरिएको हस्ताक्षरको आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन्। सांसदहरू अहिले सर्वोच्च अदालतमा आफ्नो हस्ताक्षर सनाखत गरिरहेका छन्।  निवेदनमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। निवेदकहरूले समर्थन गरेको प्रतिनिधि सभा सदस्यमध्येका शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा राष्ट्रपतिद्वारा दुबैको दाबी नपुग्ने ...
सर्वोच्चले लामबद्ध सांसदको फोटो खिचेर राख्यो रेकर्ड

सर्वोच्चले लामबद्ध सांसदको फोटो खिचेर राख्यो रेकर्ड

देश, राजनीति
सोमबार, आफूले समर्थन गरेका प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा १ सय ४६ सांसद आफैं लामबद्ध भए। नेपाली इतिहासमै पहिलो पटक बहुमत सांसद सरकार गठनका लागि सर्वोच्च अदालतको रिट दर्ता शाखा अघि लामबद्ध भएको यो दृष्य विरलै देख्न पाइन्छ। यसको तस्बिर सर्वोच्च अदालत आफैंले पनि खिचेर राखेको छ। सासंदहरू रिट दर्ता शाखा अघि हस्ताक्षर सनाखत गर्न लाइनबद्ध भएपछि अधिकृत प्रह्लाद भण्डारी क्यामेरा लिएर सर्वोच्च परिसरमा निस्किए। उनी सर्वोच्च अदालतका फोटोग्राफर नै हुन्। सर्वोच्च अदालतले आयोजना गरेका कार्यक्रमदेखि  विशेष समारोहमा उनले फोटो खिच्ने गर्छन्।  सोमबार उनले सर्वोच्च अदालत अघिको बगैँचाबाट लामबद्ध सांसदको फोटो खिचे। ‘यसरी सांसदहरू लाइन लागेको पहिलो पटक होला। यस्तो फोटो त कहिले खिच्न पाइन्छ र?,’ उनले त्यहाँ वरिपरि उभिएका मान्छेसँग भनिरहेका थ...
हामी ज्युँदै छौं, १४६ सांसद सर्वोच्च आयौं: गगन थापा

हामी ज्युँदै छौं, १४६ सांसद सर्वोच्च आयौं: गगन थापा

राजनीति
नेपाली कांग्रेसका नेता गगन थापाले ५४ प्रतिशत सांसद सर्वोच्च अदालत आएको बताएका छन्। १४६ जना सांसद सोमबार दिउँसो सर्वोच्च आएको भन्दै उनले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए। ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्‍यो,’ सर्वोच्च अदालत परिसरमा पत्रकारहरूसँग थापाले भने, ‘पटकपटक अदालत आउनु दुर्भाग्य हो।’ Advertisement अदालतले आफैँले केही महिनाअगाडि गरेको ब्याख्या र संविधानको धारा अध्ययन गर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुने उनले बताए। ‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा श-शरीर आयौं,’ उनले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन। अदालतप्रति हाम्रो भरोसा छ।’ कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी ५ दलका सांसद आज सर्वोच्चमा रिट लिएर गएका छन्। बहुमत हुँदाहुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्री निय...
रिट निवेदनमा सनाखत गर्न १४६ सांसदको सर्वोच्चमा लाइन

रिट निवेदनमा सनाखत गर्न १४६ सांसदको सर्वोच्चमा लाइन

देश, राजनीति
आफूहरूले समर्थन गरेका नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको उल्टै प्रतिनिधि सभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका सांसद अहिले सर्वोच्च अदालतमा रिट हाल्न गएका छन्। Advertisement रिट निवेदनमा सनाखत गर्न १४६ सांसद अहिले सर्वोच्च अदालत परिसरमा लाइन लागेका छन्। नेकपा एमालेका सांसद झपट रावलले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न १४६ सांसदले हस्ताक्षर गरेको र उनीहरू अहिले आफ्नो सनाखत गर्न सर्वोच्चमा लाइन लागेको बताए। ...
सात मन्त्रालय लिएर ओली सरकारमा जाने तयारीमा जसपाका महन्थ-राजेन्द्र पक्ष

सात मन्त्रालय लिएर ओली सरकारमा जाने तयारीमा जसपाका महन्थ-राजेन्द्र पक्ष

देश, राजनीति
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ। उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन्। आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र छ। अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाएकोले सरकारमा जानुपर्ने निश्कर्षमा अध्यक्ष ठाकुर र नेता महतो छन्। प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आग्रह गरिरहे पनि वातावरण बल्ल बनेको जसपाका एक कार्यकारिणी समिति सदस्यले सेतोपाटीलाई बताए। ‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन्। अब हाम्रो छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ,’ अध्यक्ष ठाकुरनिकट जसपाका ती ने...
‘सरकारले हामीलाई भत्ता नदिए हुन्छ तर बिरामीलाई अक्सिजन पुर्‍याइदेओस्’

‘सरकारले हामीलाई भत्ता नदिए हुन्छ तर बिरामीलाई अक्सिजन पुर्‍याइदेओस्’

देश, स्वास्थ्य
बिरामीलाई दिइरहेको अक्सिजन सिलिन्डर जब रित्तिन थाल्छ, स्वर्णिम क्षेत्रीको मुटुको ढुकढुकी बढ्न थाल्छ। उनी बुटवल धागो कारखानामा रहेको कोरोना अस्पतालकी नर्स हुन्। जब आफैंले औषधि दिइरहेका बिरामी अक्सिजन अभावमा छटपटिन्छन्  उनका आँखा भरिन्छन्। 'बिरामी मृत्युको मुखमा जान लाग्दैछन् भन्ने थाहा हुँदाहुँदै पनि केही गर्न नसकेकोमा त्यसपछि छटपटी आफ्नै सुरू हुन्छ,' उनले भनिन्,'बिरामीको सकस देखेर हाम्रा आँखा भरिन्छन्।' वैशाख २९ गते एकै पटक ५ जना बिरामीको अक्सिजन अभावमा मृत्यु भएको घटनापछि उनी सिलिन्डर खाली हुन थालेपछि आत्तिन थालेकी छन्। ‘अब अक्सिजन सकिँदै छ भन्ने थाहा पाएपछि बिरामीहरू मलाई बचाइदिनुस् भनेर रून थाल्नुहुन्छ, अक्सिजनकै लागि बिरामीका आफन्तले गरेको अनुनय देख्दा उकुसमुकुस भइन्छ, त्यही पनि सकेको गर्छौं,’ स्वर्णिम भन्छिन्। भैरहवाकी स्वर्णिमले बिएससी नर्सिङको अध्...
आम्दानी र खर्चको गणित मिलाउँदैमा नतिजा दिँदैन बजेटले

आम्दानी र खर्चको गणित मिलाउँदैमा नतिजा दिँदैन बजेटले

अर्थतन्त्र, देश
नेपालमा पहिलोपटक सुवर्णशमसेरले २००८ सालमा बजेट प्रस्तुत गरेका थिए। यसपालि ३३ औं अर्थमन्त्री विष्णु पौडेलबाट बजेट आउँदैछ। विगतको अनुभवले भन्छ, यसले पनि कुनै चमत्कार गर्ने छैन। सामान्यजनका सोचहरू तत्कालीन घटनाहरूबाट बढी प्रभावित हुन्छन्। अहिले हामीलाई प्रभावित गरिरहेको विषय कोरोना महामारी हो। बजेट तर्जुमा र कार्यान्वयनमा हाम्रा सरकारहरू इमानदार र जवाफदेही भइदिएको भए, कम्तीमा हामीलाई कोरोनाले यति धेरै दुःख दिने थिएन, धेरै मान्छेले ज्यान गुमाउनु पर्ने थिएन।  यसअघिका लगातार तीन आर्थिक वर्ष युवराज खतिवडाले बजेट प्रस्तुत गरे। धेरैको आशाविपरित 'धुरन्धर' अर्थशास्त्रीले ल्याएका ती बजेटले पनि काम गरेनन्। यसले संकेत गर्छ, बजेट अर्थशास्त्रीय प्राविधिक विषय मात्र होइन, यसमा राजनीति र अरू धेरै तत्व मिसिएका हुन्छन्। बजेटमा लोकप्रिय राजनीतिका तत्व हाबी भए भने जनताले धेरै दुःख पाउ...
देशभरका ३५ अस्पतालमा आइसियू र भेन्टिलेटर जोड्न स्वास्थ्य मन्त्रालयले झन्डै ३ अर्ब दिने

देशभरका ३५ अस्पतालमा आइसियू र भेन्टिलेटर जोड्न स्वास्थ्य मन्त्रालयले झन्डै ३ अर्ब दिने

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ अस्पताललाई आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। 'जम्मा ३ सय ६० वटा आइसियू, १ सय ८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा लिक्विड अक्सिजन ट्यांक जडान गर्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन  गरिएको छ,' प्रवक्ता गौतमले भने। ३५ वटा अस्पतालमध्ये सबैभन्दा धेरै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ करोड ८० लाख रुपैयाँ विनियोजना गरिएको छ। यस्तै सबैभन्दा कम गंगालाल अस्पताल, मनमोहन कार्डियो, भरतपुर अस्पताललाई विनियोजन गरिएको छ। यी तीन वटै अस्पताललाई समान ८० लाख रुपैयाँ विनियो...