२०८३ बैशाख २०

Author: Senior Editor Nima

दुई बुँदे सहमति– असोज ५ गतेमात्रै आयोग गठन

दुई बुँदे सहमति– असोज ५ गतेमात्रै आयोग गठन

राजनीति
काठमाडौं । साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख सचेतकहरुबीच भएको दुई बुँदे सहमतिपछि संसद् सञ्चालन हुने निश्चित भएको हो । सहमतिअनुसार सरकारले असोज ५ गतेमात्रै न्यायिक आयोग गठन गर्नेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले असोज २ गते अनुसन्धान सक्ने भएकाले त्यसपछि मात्रै आयोग गठन गर्ने निर्णय भएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रहरीको अनुसन्धानलाई प्रभाव नपार्ने गरी आयोग गठन गर्न सबै सहमत भएको बताए । “प्रहरीले अहिलेको अनुसन्धानमा मुद्दा चलाउने काम गर्छ,” लेखकले भने, “यसमा कुनै प्रभाव पर्नेछैन । त्यसपछि अरु सुन तस्करीका घटनालाई छानबिन गर्नका लागि आयोग गठन गर्ने सहमति भएको छ । असोज ५ गते आयोग गठन गर्ने र आयोगले त्यही दिनबाट काम थाल्नेछ ।” ...
दलहरूबीच जुट्यो सहमति, सदन चल्ने

दलहरूबीच जुट्यो सहमति, सदन चल्ने

राजनीति
काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ ।  सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको ती नेताले जानकारी दिए ।  “आजको बैठक चल्छ । सहमति पत्र एकछिनमा सार्वजनिक हुनेछ,” उनले भने । ...
पोखरामा कांग्रेस प्रदेश सभापति सम्मेलन गर्ने तयारी

पोखरामा कांग्रेस प्रदेश सभापति सम्मेलन गर्ने तयारी

राजनीति
नेपाली कांग्रेसले प्रदेश सभापतिहरूको सम्मेलन गर्ने भएको छ। कांग्रेस गण्डकी प्रदेशको संयोजनमा प्रदेश सभापतिहरूको सम्मेलन यही भदौमा पोखरामा गर्ने तयारी गरिएको हो। गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सभापति शेरबहादुर देउवालाई प्रदेश सभापति सम्मेलनको जानकारी गराइसकेका छन्। प्रदेश सभापति सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने तय भइसकेको छ।  भदौ १६ र १७ गते सम्मेलनका लागि सभापति देउवाले समय दिइसकेका छन्।  तर कार्यक्रमको औपचारिक निर्णय भने गण्डकी प्रदेश समितिले गर्न बाँकी छ। कांग्रेस गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले सम्मेलनको औपचारिक निर्णय गर्न बाँकी रहेको बताए। कांग्रेसमा ७ प्रदेश समितिमा महाधिवेशनबाट चुनिएका ७ जना सभापति छन्। ...
एकीकृत समाजवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्न सुरु

एकीकृत समाजवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्न सुरु

राजनीति
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु भएको छ । मंगलबारदेखि ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमा आज (बुधबार) छलफल जारी रहनेछ । पार्टीका केन्द्रीय सदस्यहरुले विभिन्न प्रतिवेदनमाथि आफ्ना धारणा राख्न सुरु गरेका छन् । बैठक आज बिहान ८ बजेदेखि सुरु भएको हो । मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत ...
प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाने भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा आयोजना हुने, संयुक्त राष्टसंघको महासभामा सहभागी हुन भ्रमण स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ...
विदेशबाट फर्केर गर्न थाले फूल खेती, भन्छन्- खुसी पैसाले मात्र मिल्दो रहेनछ!

विदेशबाट फर्केर गर्न थाले फूल खेती, भन्छन्- खुसी पैसाले मात्र मिल्दो रहेनछ!

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, देश, समाचार
इमानदारीपूर्वक कमाउन लगन चाहिन्छ। अझ बढी अठोट र योजना चाहिन्छ। यही सूत्र आत्मसात गरेर व्यवसायी बनेका छन् रोल्पाका लोकेन्द्र रोका मगर। २०६० सालको दशक, मुलुकमा सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो। तत्कालीन विद्रोही नेकपा माओवादीको उद्गम थलो मानिने रोल्पामा जनजीवन कठिन भयो। अशान्तिकै कारण लोकेन्द्रको पनि पढाइ छुट्यो। राज्य वा विद्रोही पक्ष कतै नलागी बस्छु भन्न पनि असम्भव हुँदै गयो। युवाहरूको जीवन खुकुरीको धारमा थियो। गाउँमा बसेर कुनै हानी नहोओस्, बरू केही कमाइ होओस् भनेर बुबा, श्रीमती र दिदीहरूले उनलाई विदेश जान सुझाए। उनका एक छोरा पनि जन्मिसकेका थिए। अनि परिवारै छाडेर, २०६० सालमा, २० वर्षको उमेरमा लोकेन्द्र रोजगारीका लागि खाडी मुलुक कतार गए। द्वन्द्वको आगो दन्किरहेको समयमा देश छोड्दै गर्दा लोकेन्द्रले भने जीवनमा खुसीको फूल फुलाउन...
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला गरिने

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला गरिने

देश, समाचार
भक्तपुर । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ । डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ । यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादे...
कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

राजनीति, समाचार
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन्। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको  संयोजकमा नियुक्त गरेका हुन्। अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुन्। खातीले यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गरेका थिए। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष बनेसँगै खाली रहेको संयोजक पदमा खातीलाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

राजनीति
मन्त्रिपरिषद्को बैठक बस्दै छ। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बिहान ९ बजेलाई बोलाइएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। उनकाअनुसार मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बिहानलाई सरेको हो। ‘मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएको छ। हिजो नबसेका कारण आज बिहान बस्न लागेको हो,’ उनले भने। बुधबार बिहान ११ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूको पनि बैठक बस्दै छ। आज बस्ने बैठकले ६० किलो बढी सुनलगायत प्रकरण जाँचबुझ गर्न उच्चस्तरीय समितिको कार्यादेश र क्षेत्राधिकार तय गर्ने बताइएको छ। ...
बागमतीमा मन्त्री बनेको तीन महिनापछि चित्रकारले पाए विभागीय जिम्मेवारी

बागमतीमा मन्त्री बनेको तीन महिनापछि चित्रकारले पाए विभागीय जिम्मेवारी

देश, राजनीति, समाचार
बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त भएको झन्डै तीन महिनापछि रामकृष्ण चित्रकारले विभागीय जिम्मेवारी पाएका छन्। उनलाई  मंगलबार भूमि, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो। चित्रकारलाई विभागीय जिम्मेवारी दिन उक्त मन्त्रालय सिर्जना गर्ने सहमति साउन २१ गते नै भएपनि दुईसाता पछिमात्रै उनले कार्यभार सम्हालेका हुन्। योसँगै बागमतीमा मन्त्रालयको संख्या १२ पुगेको छ। शालिकराम जम्मकट्टेल मुख्यमन्त्री नियुक्त हुँदा मन्त्रालय संख्या १४ बाट घटाएर ११ पुर्‍याएका थिए। पछि कांग्रेस नेतृत्वको गठबन्धन बिउँतेपछि भागबन्डा मिलाउन मन्त्रालय थप्नुपर्ने अवस्थामा पुगेका हुन्।   अब बागमतीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, उर्जा तथ...