२०८३ कार्तिक १२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै




मन्त्रिपरिषद्को बैठक बस्दै छ। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बिहान ९ बजेलाई बोलाइएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।


Advertisement


उनकाअनुसार मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बिहानलाई सरेको हो।

‘मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएको छ। हिजो नबसेका कारण आज बिहान बस्न लागेको हो,’ उनले भने।



बुधबार बिहान ११ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूको पनि बैठक बस्दै छ।

आज बस्ने बैठकले ६० किलो बढी सुनलगायत प्रकरण जाँचबुझ गर्न उच्चस्तरीय समितिको कार्यादेश र क्षेत्राधिकार तय गर्ने बताइएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap