२०८३ बैशाख २०

Author: Senior Editor Nima

सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बस्दै

सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बस्दै

राजनीति
काठमाडौं । सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो ।  बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजेका लागि बोलाएका छन् ।  एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन चल्न दिएको छैन । सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो । मंगलबारको बैठकले समितिको विषयमा मस्यौदा बुझाउने र बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको थियो । तर, ओलीको अनुपस्थितिमा बैठक बस्न सकेको थिएन ।   ...
अध्यक्षको प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्ने

अध्यक्षको प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्ने

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठकको पहिलो दिन हिजो अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  बैठकमा लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस भएको छ । आजबाट बैठकमा अध्यक्ष नेपालको प्रतिवेनदमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।  ...
प्रतिनिधिसभाको बैठक बस्दै 

प्रतिनिधिसभाको बैठक बस्दै 

राजनीति
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । संसद् बैठक साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गर्दै आएको छ ।  दलहरूबीच सहमति नजुटे पनि सचिवालयले भने हरेक दिन पुरानै कार्यसूची निकालेर बैठक बोलाउँदै आएको छ ।  सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ । तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।  साउन १० गतेपछि बोलाइएको संसद् बैठक कहिले कार्यसूचीमा प्रवेश नगरी त कहिले सूचना टाँसेर स्थगन भएको छ । ...
नेता/कार्यकर्तालाई जनार्दन शर्माले भने- समयसँगै ‘अपडेटेड’ हुनू

नेता/कार्यकर्तालाई जनार्दन शर्माले भने- समयसँगै ‘अपडेटेड’ हुनू

राजनीति
डायरीमा काम गर्ने रूटिन र दिमागमा योजना नभएको नेता/कार्यकर्तालाई अब माओवादी पार्टीमा सजिलो नहुने माओवादी (केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बताएका छन्। भक्तपुरको ठिमीमा मंगलबार 'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान' कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता शर्माले नेता/कार्यकर्ताले अबको पार्टी आन्दोलनमा आफूलाई समयसँगै 'अपडेट' नगरे 'आउट डेटेड' हुने पक्का भएको बताएका हुन्। बागमती प्रदेशको इन्चार्जको जिम्मेवारीमा रहेका नेता शर्माले फरक प्रसंगमा 'समय बदलिएको तर राजनीतिक दलका नेता कार्यकर्ताहरूले परिवर्तित समयको बहाव समात्न नसकेको विचार राखेका हुन्। शर्माले अभियानका सम्पूर्ण कार्यक्रम स्थानीयलाई केन्द्रमा राखेर बनाउन निर्देशन दिँदै अगाडि भने, 'जनताको कुरा के छ?जनताहरू के चाहन्छन्? सुझाव लिनुस् र सबै अभियानलाई त्यसैको सम्बोधन हुने गरी कार्यक...
चलचित्र बोर्डप्रति मधेश प्रदेश सरकारको बेवास्ता, दुई वर्षमा पनि बनेन नियमावली

चलचित्र बोर्डप्रति मधेश प्रदेश सरकारको बेवास्ता, दुई वर्षमा पनि बनेन नियमावली

देश, समाचार
मधेश प्रदेश सरकारले गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत ‘चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्ड’ स्थापना गरेको दुई वर्ष बित्यो। बोर्डमा एक जना अध्यक्ष र तीन जना सदस्य छन्। बोर्ड स्थापना गर्नुको उद्देश्य चलचित्र निर्माण, प्रदर्शन र वितरण व्यवस्थित गर्ने; चलचित्र निर्माणको इजाजत, जाँच र प्रदर्शन अनुमति दिने; फिल्म सिटी लगायतका भौतिक पूर्वाधार निर्माण, रेखदेख र सञ्चालन गर्ने; चलचित्र फाँटलाई उद्योगका रूपमा विकसित गर्ने, सिनेमा घरलाई इजाजत दिने र नियमन गर्ने रहेको छ। यसैगरी बक्स अफिस लगायत आधुनिक अवधारणा अनुरूपका संरचना निर्माण र सञ्चालन गराउने; भौतिक पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण गर्न सरकारलाई सिफारिस गर्ने; चलचित्रसम्बन्धी गोष्ठी, कार्यशाला, सम्मेलन, भ्रमण आदि गर्ने गराउने र सिर्जनात्मक गतिविधि गर्ने उद्देश्य रहेको छ। यति धेरै उद्देश्य रहे पनि हालसम्म...
रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूले गरे २ विषयमा छलफल

रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूले गरे २ विषयमा छलफल

राजनीति
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका मन्त्रीहरू मंगलबार छलफलमा जुटे। उपप्रधान, रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई छलफलमा निम्त्याएका थिए। अर्थमन्त्री प्रकाशशरण महतबाहेक अरू मन्त्रीहरू छलफलमा सहभागी रहे। अर्थमन्त्री महत क्यानडामा छन्। दाहाल नेतृत्वको सरकारमा कांग्रेसका ९ मन्त्री छन्। उपसभापति खड्का नेतृत्वमा २०७९ चैतमा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी भएको थियो।  खड्काले पार्टीका मन्त्रीहरूलाई छलफलमा बोलाउनुका केही कारण छन्। पहिलो हो- मन्त्रीहरूका कामकारबाही प्रभावकारी भएन भन्ने गुनासो पार्टीभित्रैबाट उठ्नु। दोस्रो, सरकारले ल्याएका संघीय शिक्षा, संघीय निजामतीलगायत विधेयकमा कांग्रेसकै मन्त्रीहरूबाटै फरक धारणा आइरहनु। ...
प्रधानन्यायाधीश श्रेष्ठको योजना : न्यायाधीश नियुक्त गरिहाल्ने, मुद्दाको चाप घटाउने

प्रधानन्यायाधीश श्रेष्ठको योजना : न्यायाधीश नियुक्त गरिहाल्ने, मुद्दाको चाप घटाउने

राजनीति
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिको पक्रिया कुनै पनि बाहनामा ढिलो गर्न नहुने बताएका छन् । मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले आफू न्याय परिषद्को अध्यक्ष भएकाले न्यायाधीश नियुक्तिका लागि भोलिदेखि नै पहल थाल्ने बताएका छन् ।  उनले आफू न्यायालयमा तल्लो तहका समस्याबारे पनि जानकार रहेकाले कर्मचारीलाई उत्साहित बनाएर अघि पनि बताए । "म अधिकृत भएर प्रवेश गरेर प्रधानन्यायाधीश भएको छु । तल्लो तहका समस्यामा म भलिभाँती जानकार छु । उहाँहरूलाई पनि उत्साहित बनाएर अघि बढाउन प्रयास गर्छु," श्रेष्ठले भने ।  तर, न्यायपालिकालाई अत्यन्तै न्यून बजेट छुट्याउने गरिएकाले सहज भने नभएको उनको भनाइ छ । उनले आफूले आवश्यक स्रोत साधनका लागि प्रक्रिया अघि बढाइसके पनि बताए । "तर, न...
पार्टीको झण्डा वा चिह्न प्रयोग गरी फेसबुक पेज नचलाउन कार्यकर्तालाई कांग्रेसको निर्देशन

पार्टीको झण्डा वा चिह्न प्रयोग गरी फेसबुक पेज नचलाउन कार्यकर्तालाई कांग्रेसको निर्देशन

राजनीति
साथै प्रत्येक केन्द्रीय कार्यालयसँग एकरुपता हुने गरी सबै तहका कार्यसमितिलाई एक/एकवटा आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्न पनि कांग्रेसको निर्देशन छ । मिन विश्वकर्मा नेतृत्वको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको जनाएको हो । 'क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचार प्रसार प्रणालीलाई थप प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँग एकरुपता हुने गरी सबै तहका कार्यसमितिले एक एक आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज संचालन गर्न गराउन र पार्टीको नाम, झण्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न गराउन निर्देशन दिने काम भएको छ,' विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले आयोजना गरेको आन्तरिक विशेष अभियानको समीक्षा गर्दै यस्तो बताइएको हो ...
रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : मीन विश्वकर्मा

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : मीन विश्वकर्मा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गरे । समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाइ थियो । नेता विश्वकर्माले नेपाली कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए । उनले भने, "समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ...
उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला

उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन् । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले चाहेको भए आज नै संसद् अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यव्यस्तताका कारण संसद् खुल्न नसकेको बताए । उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाए । सरकारले तस्करहरूको संरक्षण गरिरहेको बताए । “एमाले संसद् सुचारु हुनुपर्छ भन्ने पक्षमा नै छ तर प्रमुख प्रतिपक्षले उठाएको माग उपयुक्त छैन भनेर सरकार अटेर गरेर बसेको छ । हामीले यो माग उठाइरह्यौँ । हिजो बैठकमा एक प्रकारको उच्चस्तरीय छानबिन समिति बनाउन तयार छौँ भनेको छ,” उनले भने, “उच्चस्तरीय छानबिन समिति निर्माण नभइकन...