२०८३ कार्तिक १२

बागमतीमा मन्त्री बनेको तीन महिनापछि चित्रकारले पाए विभागीय जिम्मेवारी




बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त भएको झन्डै तीन महिनापछि रामकृष्ण चित्रकारले विभागीय जिम्मेवारी पाएका छन्।

उनलाई  मंगलबार भूमि, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो।


Advertisement


चित्रकारलाई विभागीय जिम्मेवारी दिन उक्त मन्त्रालय सिर्जना गर्ने सहमति साउन २१ गते नै भएपनि दुईसाता पछिमात्रै उनले कार्यभार सम्हालेका हुन्।

योसँगै बागमतीमा मन्त्रालयको संख्या १२ पुगेको छ।



शालिकराम जम्मकट्टेल मुख्यमन्त्री नियुक्त हुँदा मन्त्रालय संख्या १४ बाट घटाएर ११ पुर्‍याएका थिए। पछि कांग्रेस नेतृत्वको गठबन्धन बिउँतेपछि भागबन्डा मिलाउन मन्त्रालय थप्नुपर्ने अवस्थामा पुगेका हुन्।  

अब बागमतीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय श्रम, रोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय  र स्वास्थ्य मन्त्रालय रहनेछन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap