२०८३ बैशाख २०

Author: Senior Editor Nima

निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई दिइएको रकम खर्च नगर्न सर्वोच्चको आदेश

निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई दिइएको रकम खर्च नगर्न सर्वोच्चको आदेश

राजनीति
सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत र अनिल सिन्हाको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको हो। ‘२०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू/नगराउनू भनि अन्तरिम आदेश जारी गरिएको छ,’ उक्त आदेशमा भनिएको छ। अधिवक्ता त्रिलोकबहादुर चन्दले संघीय संसद सचिवालय समेतलाई विपक्षी बनाई उक्त रिट दायर गरेका थिए। ...
विश्वविद्यालय विधेयक शिक्षा समितिमा पठाइयो

विश्वविद्यालय विधेयक शिक्षा समितिमा पठाइयो

राजनीति
काठमाडौं । नेपाल विश्वविद्यालय विधेयक २०८०, लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको विधेयकलाई छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो । त्यस्तै, बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पनि सदनमा पेस भएको छ । ...
प्रतिनिधिसभाको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर

प्रतिनिधिसभाको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर

राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरेका छन् । जसमध्ये निर्वतमान मन्त्री अमनलाल मोदीलाई लेखा समितिमा परेका छन् । नगिना यादव अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट कानुन समितिमा नाम हेरफेर भएको छ । संगिता मण्डल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सोनु मुर्मु उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, किरणकुमार शाह कानुनबाट महिला तथा सामाजिक मामिला समितिमा हेरफेर भएको छ । कानुन समितिमा रहेका डा. शशांक कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध समिति, रामहरी खतिवडा काुनन समितिबाट राज्यव्यवस्था समिति, रूपमा सोसी चौधरी कानुनबाट कृषि समिति, अब्दुल खान कृषिबाट उद्योग समिति, विमला सुवेदी कृषिबाट कानुन समिति र योगेश...
यी १६ सांसद, जो १० भन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित भएनन्

यी १६ सांसद, जो १० भन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित भएनन्

राजनीति
काठमाडौं । १० वा सोभन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका सांसदहरूको सूचना सभाले स्वीकृत गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेस गरेका थिए । उक्त सूचना बहुमतले स्वीकृत गरेको छ । उपस्थित नहुने सांसदहरूमा दुर्लभ थापा, मनोरमा शेरचन, विनोद चौधरी रहेका छन् । यस्तै, चन्द्र भण्डारी, विनाकुमारी थनैत, वर्षमान पुन, आशा विक रहेका छन् । अनुपस्थित हुनेहरुमा डा. नारायण खड्का, जीवन परियार, विष्णुकुमार कार्की, धवल शमशेर जवरा, किशोरसिंह राठोर, ज्ञानबहादुर शाही, सपना राजभण्डारी, चन्दा चौधरी, एलपी सवा लिम्बू रहेका छन् । ...
कोसी सरकारविरुद्धको रिटमा बिहीबारलाई पेसी तोकियो

कोसी सरकारविरुद्धको रिटमा बिहीबारलाई पेसी तोकियो

राजनीति
काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्ता भएसँगै बिहीबारको पेसी तोकिएको छ । कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्‍याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो । बिहीबार अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि संकटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्‍याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो । ...
गोकुल बाँस्कोटा भन्छन्– रंगमञ्च उठेपछि आयो

गोकुल बाँस्कोटा भन्छन्– रंगमञ्च उठेपछि आयो

राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले सुन तस्करी प्रकरणमा छानबिन आयोग रंगमञ्च उठेपछि आयो भन्दै व्यङ्ग्य गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले तस्करी गराएर ल्याइएको करिब २३ क्विन्टल सुन बाहिर पठाइएको आरोप समेत लगाए । “आउन त आयौ तिमी रंगमञ्च उठेपछि आयो त्यस्तो भो । किनभने यसबीचमा हामीले प्राप्त गरेका सुचना अनुसार करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो । एक क्विन्टल सुन समातियो । ६० केजी भयो क्यारे जोख्दा,” उनले भने । आयोगको प्रतिक्षामा रहेको र त्यसको तथ्यलाई स्वीकार गर्ने बताए । उनले आयोगको माग गरेर एमालेले कसैको कुर्सी हल्लाउन नखोजेको बताए । ...
झण्डै महिना दिनपश्चात् संसद् बैठक सञ्चालन

झण्डै महिना दिनपश्चात् संसद् बैठक सञ्चालन

राजनीति
काठमाडौं । लगभग एक महिनापश्चात् प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो ।  गएको साउन १० गतेबाट एमाले सदन अवरोध गर्दै आएको छ । ब्रेक 'सु'मा लुकाएर ल्याइएको सुन तस्करीमा संलग्नहरूको उच्चस्तरीय छानिबन समिति बनाएर छानबिन प्रकृया अघि नबढाए सदन चल्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको हो । एमाले अवरोधका कारण साउन महिनाको १५, १६, २२, २३, २४, २६ र २९ गते बोलाइएको बैठक बस्न सकेको थिएन । यस्तै भदौ ३ र ५ गतेको पनि बैठक सञ्चालन हुन सकेन । भदौ ६ गते अर्थात् आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको हो । सीआईबीको छानबिनपश्चात् समिति निर्माण गर्ने लिखित सहमति दलहरूबीच भएको छ । ...
रास्वपा सभापति लामिछानेसँग अमेरिकी राजदूत थम्सनले गरे भेटवार्ता

रास्वपा सभापति लामिछानेसँग अमेरिकी राजदूत थम्सनले गरे भेटवार्ता

देश, राजनीति, समाचार
काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । राजदूत थम्प्सनले वनस्थलीस्थित रास्वपा पार्टी केन्द्रीय कार्यालय पुगेर सभापति लामिछानेलाई भेटेका हुन् ।  भेटमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायत उपस्थित थिए । भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावासको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले बताएको रास्वपाले जनाएको छ । ...
अब सदन खुल्छ : पदम गिरी

अब सदन खुल्छ : पदम गिरी

राजनीति
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेत पदम गिरीले अब सदन खुल्ने बताएका छन् । सिंहदरबारमा शीर्ष नेताहरूको बैठकमा दुईबुँदे सहमति भएपछि उनले सदन चल्ने बताए । “सदन खु्ल्छ । स्मुथली जान्छ  । राम्रो कुरा भयो नि । हामीले तस्करी अन्त्य गर्ने, तस्करीलाई कारबाही गर्ने सुनिश्चितता हुने र भविष्यमा यस्ता समस्या नआउन भनेर जिम्मेवारी साथ विषय उठाएका थियौं ,” उनले भने । उनले तथ्य, प्रमाणले भेटेसम्म जुनसुकै तहका व्यक्ति, जुनसुकै दलका नेतालाई कारबाही गर्न अहिलेको निर्णयले सहयोग गर्ने उनको भनाइ छ । आजै प्रतिनिधिसभा बैठक बस्दै छ । ...
बैठक बहिस्कार गरेर कोसी प्रदेशसभाबाट बाहिरिए एमाले र राप्रपा सांसद

बैठक बहिस्कार गरेर कोसी प्रदेशसभाबाट बाहिरिए एमाले र राप्रपा सांसद

राजनीति
विराटनगर । कोसी प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बैठक बहिस्कार गरेका छन् । विश्वासको मत लिने क्रममा सभाध्यक्षको अधिकारको दुरुपयोग भएको भन्दै विपक्षीले विरोध गरेका हुन् । राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला सभाध्यक्ष इसराइल मन्सुरीले बैठक सुरु गर्नासाथ बैठक बहिस्कार गर्दै बाहिर निस्किएका थिए । बैठकको अध्यक्षता गरिरहेका मन्सुरीबाट फेरि असंवैधानिक निर्णय भएकोले बैठक बहिस्कार गर्ने निर्णय भएको भन्दै सिटौला सभा छाडेर निस्किएका थिए । एमाले र राप्रपाका सांसदले बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित भएको घोषणा गरे । ...