चितवन जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने
चितवनकाे साैराहास्थित हाेटल जंगल सफारी लजले ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। जसअन्तर्गत ४ हजार रुपैयाँमा तीन रातका लागि हाेटलकाे काेठा उपलब्ध हुनेछ।
जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धन लक्ष्य गरी अफर सार्वजिनक गरिएकाे बताए।
Advertisement
‘कोभिड-१९ महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न केही सहयाेग पुगाेस् भन्ने उद्देश्यले याे अफर ल्याएका हाैं,’ घिमिरेले भने, ‘कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको छ। यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ यो योजना ल्याएका हौ।’
घिमिरेका अनुसार याे अफरअन्तर्गत होटलका कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई बयष्क र एक बच्चा बस्न पाउनेछन्। यो अफरमा सहभागी हुन पर्यटकले असार महिनाभरि प्याकेज खरिद गर्नुपर्ने हुन्छ। आफूल...









