२०८३ बैशाख २०

Author: Senior Editor Nima

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता

खेलकुद, समाचार
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने-गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो। राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे। Advertisement सम्झौता अनुसार सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी सेवा, २४ सै घण्टा रक्तसंचार सेवा, २४ सै घण्टा फार्मेसी सेवा, २४ सै घण्टा रेडियोलोजी-इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), २४ सै घण्टा प्याथोलोजी ल्य...
कार्यदल बैठकबाट निस्किएका शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं

कार्यदल बैठकबाट निस्किएका शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं

देश, राजनीति
नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ। केही घन्टादेखि जारी छलफलमा आज सहमति खोज्ने प्रयास भइरहेको छ। Advertisement केहीबेरअघि बैठकबाट निस्किएका कार्यदलका सदस्य लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताए। ‘बैठक बसिरहेको छ। सम्भवत: आजै टुंग्याउँछौं,’ उनले भने। पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए। नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।  ...
नेपालसँग ओलीले विपक्षी गठबन्धन छोडेर आफूलाई सहयोग गर्न भने, जेठ २ मा फर्किने कुरै गरेनन्

नेपालसँग ओलीले विपक्षी गठबन्धन छोडेर आफूलाई सहयोग गर्न भने, जेठ २ मा फर्किने कुरै गरेनन्

देश, राजनीति, समाचार
नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ। उनीहरूको भेटअघि पार्टीभित्रको विवाद समाधानका लागि बनाइएको कार्यदल ब्युँताएर दोस्रो तहका नेताबीच लगातार तीन दिन छलफल भएको थियो। समस्याबारे कार्यदलमा विस्तृत छलफलप भएपछि ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो। भेटवार्तामा दुबै नेताले आ-आफ्नो अडान नछोडेकाले कुनै ठोस सहमति हुन नसकेको स्रोतले जानकारी दियो। Advertisement भेटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाललाई विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। उनले  पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने विषयमा कुनै प्रस्ताव नराखेपछि नेता नेपाल सहमत नभएको स्रोतले बतायो। ‘तपाईंहरू विपक्षी गठबन्धनमा लाग्नुभयो। त्यसलाई छोड्नुपर्छ। ...
पारिश्रमिक नपाएपछि मजदुरले बन्द गरे नेपाल टेलिकमको टावर, तीन जिल्लामा फोन सेवा अवरुद्ध

पारिश्रमिक नपाएपछि मजदुरले बन्द गरे नेपाल टेलिकमको टावर, तीन जिल्लामा फोन सेवा अवरुद्ध

देश, समाचार
नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि यो टावर निर्माण गरिएको थियो। टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए। Advertisement हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन्। मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ। झण्डै रु दुई लाख ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन्। करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए। टावर नहुँदा आर्थि...
तीन पेनाल्टी विफल पारेका अर्जेन्टिनाका गोलकिपरको मेसीले गरे प्रशंसा

तीन पेनाल्टी विफल पारेका अर्जेन्टिनाका गोलकिपरको मेसीले गरे प्रशंसा

खेलकुद
गोलकिपर इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गर्‍यो।  निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जसमा गोलकिपर मार्टिनेजले तीन पेनाल्टी विफल पारे।  Advertisement पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई इंग्लिस क्लब एस्टन भिल्लाबाट व्यवसायिक खेल खेल्ने मार्टिनेजले विफल परेका थिए।  गत महिना मात्र राष्ट्रिय टिममा डेब्यू गरेका २८ वर्षीय मार्टिनेज नायक सावित भएपछि अर्जेन्टिनाले अर्को कोपामा फाइनलमा स्थान बनायो।  अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ।  'हामीसँग एमी छन्, उनी असाधरण छन्,' मेसीले गोलकिपर इमिलियानोको प्रशंसा गर्दै भने,'हामीले उनी...
‘बालापन र जवानी अभिनयमै बित्यो’

‘बालापन र जवानी अभिनयमै बित्यो’

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौँ — नेपाली फिल्मको इतिहास जतिकै लामो छ अभिनेत्री भुवन चन्दको फिल्म करिअर । भुवन नेपालकी प्रथम अभिनेत्री । नेपाली फिल्मको उमेरभन्दा बुढो छ उनको अभिनय यात्रा । बाल्यकालदेखि नै रंगमञ्चमा जोडिन् । बुबा उस्ताद भैरवबहादुर थापा उनलाई सँगै रेडियो नेपाल लैजान्थे । बाल–कार्यक्रममा सहभागी हुन्थिन् उनी । त्यहाँ उनलाई सबैले छोरी भनेर बोलाउँथे । एकदिन बालकृष्ण समले नाटकका लागि बालकलाकार खोजिरहेको कुरा बुबाले थाहा पाएछन् । उनैले भुवनलाई बालकृष्णको नाटकमा अभिनय गर्न लगाए । बुबाकै कारण समको निर्देशनमा तयार भएको ‘अन्धवेग’ मा अभिनय गरिन् । नाटकमा शान्ति मास्केको छोरीको भूमिका निर्वाह गरिन् । भुवनलाई एकिन छैन उनी त्यतिबेला कति उमेरकी थिइन् । भन्छिन्, ‘खोइ त्यस्तै ४/५ वर्षकी थिएँ कि ! बुबाले मलाई साइकल पछाडि राखेर नाटक गर्ने ठाउ...
१४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच हुँदैछ उपाधि भिडन्त, यस्तो छ तथ्यांक

१४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच हुँदैछ उपाधि भिडन्त, यस्तो छ तथ्यांक

खेलकुद
ब्राजिल र अर्जेन्टिना फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। दक्षिण अमेरिकी देशबीच फुटबलमा पुरानो दुश्मनी छ।  दुवै देशका समर्थक एकअर्काप्रति आक्रामक हुने गरेका छन्। यस्तै दुई देशका खेलाडीको तुलना गरेर समर्थकहरु कहिल्यै थाक्दैनन्। सन् १९१४ यता दुई टिमबीच अहिलेसम्म १०५ आधिकारिक खेल भएका छन्। फिफाका अनुसार ब्राजिलले ४१ खेलमा जित हात पार्दा अर्जेन्टिना ३८ खेलमा विजयी भएको छ। २६ खेल बराबरीमा सकिएका छन्। अर्जेन्टिनाले ब्राजिलको पोस्टमा १६० गोल गरेको छ। यस्तै ब्राजिलले १६३ गोल विपक्षीको पोस्टमा छिराएको छ।  Advertisement दुई टिमबीच विश्वकपको खेलमा चार खेल भएको छ। जसमा ब्राजिल २ खेलमा विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। अर्जेन्टिना भने एक खेलमा मात्र विजयी भएको छ।  कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिलबीच २९ खेल भएका छन्...
सरकारले तोकेको प्रयोगशालाको पिसिआर देखाउँदा पनि विमानस्थलबाटै फर्काइए कुमाल

सरकारले तोकेको प्रयोगशालाको पिसिआर देखाउँदा पनि विमानस्थलबाटै फर्काइए कुमाल

देश, समाचार
नवलपरासीका बाबुराम कुमालले स्वास्थ्य मन्त्रालयले जारी गरेको एक सूचना पढेका थिए- विदेश जानेको हकमा सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय बेड क्षमता भएका अस्पतालमा आधारित 'ए' वर्गका निजी प्रयोगशालामा कोभिड–१९ पिसिआर परीक्षण गर्न सकिने। यो सूचना पढेपछि दक्षिण कोरिया रोजगारीमा जाने तयारीमा रहेका उनले कीर्तिपुरस्थित टियु बायोटेक कोरोना प्रयोगशालामा पिसिआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो। बाबुरामको कोरिया जाने टिकट सोमबारको थियो। पिसिआर रिपोर्ट लिएर उनी त्रिभुवन विमानस्थल पुगे। विमानस्थलले उनको रिपोर्ट हेरेर भित्र पठायो। उनले बोर्डिङ पास भने पाएनन्। Advertisement कतार एयरलाइन्समार्फत कोरिया जान लागेका उनलाई नेपालका लागि कोरियाली राजदूतावासले मान्यता दिएका चार ल्याबबाट पिसिआर गराए मात्रै प्रवेश पाइने भन्दै फर्काइयो।  ...
असार २९ गते शिक्षामन्त्री श्रेष्ठसहित रूपा सुनारलाई सर्वोच्चले बोलायो

असार २९ गते शिक्षामन्त्री श्रेष्ठसहित रूपा सुनारलाई सर्वोच्चले बोलायो

देश, समाचार
सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ।  सञ्चारकर्मी सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाइ उनी विरूद्धको जाहेरी दर्ता गर्न माग गर्दै दिएको रिटमा बहस गर्न दुवै पक्षलाई बोलाएको हो।  न्यायाधीश कुमार रेग्मीको इजलासले यो मुद्दामा अग्राधिकार दिएर पेशी तोक्न र विपक्षीलाई १५ दिन भित्र लिखित जवाफ बुझाउन भनेको छ। अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन्।  Advertisement ‘जातको आधारमा व्यक्ति विरूद्ध छुवाछुतको भेदभाव...
असार २५ र २६ गते ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

असार २५ र २६ गते ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

देश, समाचार, स्वास्थ्य
चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ। मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो। पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सूचनामार्फत जानकारी गराएका छन्। गोदावरीमा शुक्रबार खोप लगाइने गोदावरी नगरपालिकाका १४ वडाबाटै उक्त खोप शुक्रबार लगाइने भएको छ। खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नम्बर १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय र आनन्दवन अस्पताल, वडा नम्बर...